
कम्बोडियाले १.५ अर्ब डलरको कोइला परियोजनाको तयारी रद्द
आर्थिक परिवेश१४ मंसिर,नुम्पेन्ह , कम्बोडिया। कम्बोडियाले १.५ अर्ब डलरको कोइला परियोजनाको तयारी रद्द गरेको कम्बोडियाका ऊर्जा मन्त्री केओ रोटानाकले बुधबार एएफपीसँग बताउनुभएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बिहीबार परियोजना रद्द गर्ने घोषणा गर्ने रोटानाकले बताउनुभयो । नुमपेन्हले यसको सट्टा तरलीकृत प्राकृतिक ग्याँस (एलएनजी) आयात गर्न टर्मिनल निर्माण गर्नेछ । “कम्बोडिया सन् २०५० सम्ममा पृथ्वीमा मानव हस्तक्षेपका कारण हुने हरितगृह ग्यास उत्सर्जनलाई शुन्यमा झार्ने विश्व समुदायको प्रतिवद्धता हासिल गर्न सक्दो प्रयास गर्नेछ,” रोटानाकले सामाजिक सञ्जालमार्फत जारी एक सन्देशमा भन्नुभएको छ । “त्यो भन्दा पहिले हाम्रो पहिलो गन्तव्य एकीकृत रणनीतिको भागको रूपमा ऊर्जा दक्षता र विद्युतीकरण कार्यक्रमहरूलाई सन् २०३० सम्ममा कम्तिमा ७०…

बसन्तपुर सबस्टेसन सञ्चालनमा,काेशी काेरिडाेरकाे विद्युत वितरण सहज हुने
आर्थिक परिवेश११ मङ्सिर,काठमाडौं । काेशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मि.उचाइमा निर्माण गरेको २२०÷१३२÷३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ । आयोजना अन्तर्गतनै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनबाटै सञ्चालित छन् । सबस्टेसनहरु निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७५को असारमा २ करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले…

कृषि मन्त्रीबाट बीउ प्रशोधन केन्द्र उद्घाटन,कृषि नै नेपालीकाे जीवन
आर्थिक परिवेश०९ मंसीर,भैरहवा । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि नेपालीहरूको जीवन भएको बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय, भैरहवा, कोटहीमाई गाउँपालिका र श्री नवदुर्गा स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त ९२ लाख ९१५ रुपैयाँ लागतमा बीउ प्रशोधन केन्द्र उद्घाटन गर्दै मन्त्री भुसालले कृषि मानिसका लागि अत्यावश्यक भएको बताउनुभयो । ‘नलगाएर र नखाएर बाँच्न सकिँदैन, त्यसैले कृषि हाम्रो जीवन चक्र र जीवन हो’, उहाँले भन्नुभयो ‘यसैले सरकार कृषि क्षेत्रबाट उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्नुपर्छ भनेर लागेको छ ।’ उहाँले सरकारले कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी गरिबी हटाउने गरी यान्त्रीकरण र बजारीकरण गरिरहेको…

अलैँचीकाे हब बन्दै लमजुङ, किसानले भित्र्याए २४ करोड
आर्थिक परिवेश०९ बेसीशहर, लमजुङ । अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो । आर्थिक वर्ष २०८०/८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन इकाई लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले जानकारी दिनुभयो । यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको छ । अधिकृत मिजारका अनुसार यस वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार दुई सयका दरले अलैँची बिक्री भएको छ । गत वर्ष तीन…

चार महिनामा नेपालकाे व्यापार घाटा चार खर्ब ६१ अर्ब ९४ करोड
आर्थिक परिवेश०८ मंसिर, काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधि सम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार सम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार यस अवधिमा नेपालले कूल चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार रूपैया बराबरको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल पाँच खर्ब ६३ अर्ब छ करोड ८८ लाख ५४ हजार रूपैया बराबरको वैदेशिक व्यापार गरेकाे छ । यस अवधीमा नेपालले पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख रूपैया बराबरको आयात गरेको छ भने ५० अर्ब ५६ करोड ५३…