युवा महिला उद्यमशीलता सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न
आर्थिक परिवेश२९ चैत, वीरगञ्ज । युवा महिला उद्यमशीलता सम्बन्धी राष्ट्रिय सम्मेलन वीरगन्जमा सम्पन्न भएको छ । नेपाली युवा उद्यमी मञ्च वीरगञ्जको आयोजनामा सम्पन्न सम्मेलनले महिला उद्यमशीलता, नेतृत्व क्षमता विकास तथा नेटवर्किङ विस्तारमा ठुलो टेवा पुर्याएको जनाइएको छ । सम्मेलनमा २ सय युवा महिला उद्यमीहरूको सहभागिता रहेको थियो । नेपाली युवा उद्यमी मञ्चकी महिला विकास शाखाकी प्रमुख राधा हमालको संयोजनमा सम्पन्न कार्यक्रममा मुख्य प्रशिक्षक तथा मिस नेपाल २००९ जेनिशा मोक्तानले युवा महिलाहरू व्यावसायिक विकास र आत्मनिर्भरका लागि उद्यमशीलतामा लाग्नुपर्ने र यसबाट आत्मनिर्भर मात्र नभई अरूलाई रोजगारी समेत दिन सकिने बताउनुभयो । त्यस्तै कार्यक्रममा अर्का वक्ता सिए प्रियङ्का रौनियारले महिला उद्यमीहरूलाई वित्तीय…
मुलुककाे अर्थतन्त्रमा ४.५ प्रतिशत विस्तार हुने अनुमान
आर्थिक परिवेश२५ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ दोस्रो त्रैमासकाे अवधि (कात्तिक–पुस) मा मुलुककाे अर्थतन्त्रमा ४.५ प्रतिशत विस्तार हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले त्रैमासिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो । त्रैमासिक लेखा अनुमान गर्दा २०८१/८२ को सोही त्रैमासको तुलना गरी मौमसी प्रभाव समेत समायोजन नगरिएको तथ्यांक सार्वजनिक गर्ने गरिन्छ । कार्यालयका अनुसार विद्युत् उत्पादन र वितरणमा भएको वृद्धि, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम कलेक्सन, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी उत्पादन, व्यापार सेवा, पर्यटक आगमन सहित औद्योगिक क्षेत्रमा भएको वृद्धिले अर्थतन्त्र विस्तारमा योगदान गरेको हो । यस अवधिमा औद्योगिक वर्गीकरण अनुसार…
देशभर एसइई परीक्षा आजदेखि शुरू
आर्थिक परिवेश१९ चैत, भक्तपुर। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आजदेखि देशभर शुरू भएकाे छ । यस परीक्षााका लागि देशभर र विदेशमा समेत गरी एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन् । याे परीक्षा यही चैत २९ गतेसम्म सञ्चालन हुनेछ । प परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी भएका छन् । जापानको एक परीक्षा केन्द्रमा २३ जना सहभागी भएका छन् । याे परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी छन् । तीन घण्टाको परीक्षामा अतिरिक्त…
पेट्रोलियम पदार्थको मूल्य बुधवार मध्यरातदेखि लागू हुने गरी वृद्धि
आर्थिक परिवेश११ चैत, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बुधवार मध्यरातदेखि लागू हुने गरी वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तथा डिजेल मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकेको छ…
सोह्रौँ योजना कार्यान्वयन गर्न १११ खर्ब ८४ अर्ब २३ करोड लगानी आवश्यक
आर्थिक परिवेश१० चैत, काठमाडौँ । राष्ट्रिय योजना आयोगले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना मंगलवार सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/८२–२०८५/८६ सम्मको सोह्रौँ योजनामा उल्लेखित रणनीति, नीति र कार्यक्रमलाई स्पष्ट जिम्मेवारी, समयसीमा र नतिजासँग जोड्दै कार्यान्वयनलाई नतिजामुखी बनाउने उद्देश्यसहित योजना आयोगले कार्यान्वयन कार्ययोजना कायाृन्वयनमा ल्याउन लागेको हो । सरकारले मुलुकको दीर्घकालीन विकास लक्ष्यलाई कार्यान्वयन तहमा रूपान्तरण गर्ने उद्देश्यसहित गत फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गरेको थियो । कार्यान्वयन कार्ययोजनामा आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, सुशासन, समृद्धि र न्यायजस्ता मुख्य क्षेत्रहरूलाई आधार मानेर प्रत्येक क्षेत्रमा रूपान्तरणकारी रणनीति, लक्ष्य, सूचक र विद्यमान अवस्थाको विश्लेषण समेटिएको छ । त्यस्तै, प्रत्येक विषयगत…