तनहुँ जलविद्युत् आयोजनाकाे ७५ प्रतिशत बढि निर्माण
आर्थिक परिवेश१९ बैशाख,दमौली (तनहुँ)। तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत भन्दा बढि निर्माण प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरणहरू र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । प्याकेज १ अन्तर्गत बाँधलगायत संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५७ प्रतिशत प्रगति भएको भण्डारीले बताउनुभयो । मुख्य बाँध निर्माणका लागि डाँडा कटान,…
१० बर्षमा १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य सहित रणनीति तयार
आर्थिक परिवेश११ बैशाख,काठमाण्डौं । सरकारले आगामी १० बर्षमा १५ हजार मेगावाट विद्युत निर्यात गर्न सकिने लक्ष्य सहितको उर्जा खपत, वृद्धि तथा निर्यात रणनीति तयार पारेको छ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयले आन्तरिक बजारमा ऊर्जा खपत बढाउने र बढी भएको विद्युत् निर्यात गर्ने उद्देश्य सहित ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति,२०८३ तयार पारेको हो । अहिले भइरहेको प्रतिव्यक्ति ऊर्जा खपत करिब ४५० किलोवाट आवरलाई बढाएर आगामी १० वर्षभित्र १ हजार ५०० सय किलोवाट आवर पु¥याउन सकिने गरी रणनीति बनाएको मन्त्रालयले जनाएको छ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा ऊर्जा खपत र निर्यात रणनीति बनाउन उच्चस्तरीय अध्ययन…
दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने
आर्थिक परिवेश०७ बैशाख, काठमाडौँ । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहनेगरी सो आयोजना प्रस्ताव गरिएको हो । आयोजनाको विद्युतगृह माप्य दुधकोशी गापा–४ काँकुखोला र दुधकोशी नदीको सङ्गमबाट ७३० मिटर माथि रहनेछ । आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा ६१७.८६ गिगावाट घण्टा प्रतिवर्ष विद्युत् आपूर्ति हुनेछ । निर्माणको चरणमा ६० दक्ष, १५० अर्धदक्ष र ३५५ अदक्ष जनशक्तिले रोजगारी प्राप्त गर्नेछन् । विद्युत् विकास विभागले सो आयोजनालाई अर्ध जलाशययुक्त प्रकृतिमा निर्माणका लागि यसअघि नै सहमति प्रदान गरिसकेको छ । इन्डेपेन्डेन्ट पावर…
पेट्रोलियम पदार्थको मूल्यवृद्धि डिजेल र मट्टीतेल प्रतिलिटर २३७
आर्थिक परिवेश०३ बैशाख, काठमाडौँ । नेपाल आयल निगमले पुन पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर ३० रूपैया र हवाई इन्धनमा प्रतिलिटर पाँच रूपैयाले वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजेल / मट्टीतेलको प्रतिलिटर २३७ रूपैया पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर रु २५६ पुगेको छ । अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा…
कालीगण्डकी जलाशयुक्त आयोजना ६४० मेगावाट क्षमताको हुने
आर्थिक परिवेश०१ बैशाख, काठमाडौँ । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो । हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ । प्रस्तावित आयोजनाको बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटरमाथि उर्लेनी खङ्गकोट कालीगण्डकी गाउँपालिका–६ गुल्मी र बिहादी गाउँपालिका–२ बर्राचौर पर्वत क्षेत्रमा पर्नेछ । आयोजनामा कुल २४४ मिटर अग्लो बाँध निर्माण हुने जनाइएको छ । बाँधमा पानी जम्मा हुँदा करिब २९ किलोमिटर लामो खनियाघाटसम्म ताल बन्नेछ । यस आयोजनाको नेट…