
नेपालभरका उद्योगलाई प्रतिस्पर्धी दरमा हरित ऊर्जाको पहुँच सुनिश्चित गर्नु आवश्यक छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश५ बैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आवश्यक भएको बताउनुभएको छ । मंगलवारदेखि सुरु भएको ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले मुलुकलाई आर्थिक रुपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जा अत्यावश्यक रहेको बताउनुभयो । आज नेपालले मौसमी रूपमा नै भए पनि उपभोग गर्नेभन्दा बढी ऊर्जा उत्पादन गर्छ भन्ने विश्वसामु घोषणा गर्न पाउँदा ठूलो गर्व लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रका लगानीकर्ता र सरकारको साझा प्रयासबाट जलविद्युत् परियोजनाहरूको विकासको गतिलाई थप तीव्र पार्दा नतिजा हासिल भएको स्पष्ट पार्नुभयो…

गत बर्ष राष्ट्रिय प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप २६८९ मेगावाट राष्ट्रिय प्रणालीमा
आर्थिक परिवेश३ बैशाख,काठमाडौं। गत वर्ष २०७९ भरीमा मुलुकको राष्ट्रिय प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप भएको छ । प्रणालीमा बिजुली थप हुने क्रम क्रमजारी रहेको र यही अवस्था कायम रहे आगामी असार मसान्तसम्म मुलुकको कूल विद्युत जडित क्षमता करिब तीन हजार मेगावाट बराबर पुग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले हालसम्म दुई हजार छ सय ८९ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिइसकेको जनाएको छ । आगामी असारसम्म थप १५ आयोजना निर्माण सम्पन्न हुनेछन । गत वर्षभरी १९ वटा आयोजना पूर्ण रुपमा सञ्चालनमा आएर उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोडिएको छ । त्यस्तै, नौ वटा आयोजना परीक्षणको अन्तिम चरणमा पुगेका छन् । ती…

विश्वविद्यालयहरूले दिने शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनु पर्छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश२६चैत्र, कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले दिने शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनु पर्नेमा जोड दिनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई आइतवार सम्बोधन गर्नुहुँदै उक्त विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहालले विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा समाजको रूपान्तरणका लागि सहयोगी हुनुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्री दाहालले हर्बल साइन्स र कृषिका कार्यक्रमहरूले प्रत्यक्ष रूपमा समाजको आर्थिक अवस्था सुधार गर्ने गरी शैक्षिक ज्ञानलाई खेती, खेतीलाई उत्पादन, उत्पादनलाई निर्माण एवम् उपभोक्तासम्म जोड्ने गरी विकास केन्द्रहरू मार्फत बढ्न सके सुदूरपश्चिम प्रदेशको रोजगारीमा ठूलो योगदान पुर्याउन सकिने बताउनुभयो । त्यसतर्फ विश्वविद्यालयको उच्च शिक्षा उन्मुख हुनेछ…

उत्पादन र प्राकृतिक श्रोतको सदुपयोग गर्न सके व्यापार घाटा कम गर्न सकिन्छ : मुख्यमन्त्री गिरी
आर्थिक परिवेश२५चैत, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले देशको उत्पादन र प्राकृतिक श्रोत र साधनको सदुपयोग गर्न सकेमा देशको व्यापार घाटा कम गर्न सकिने र अर्थतन्त्रमा देखिएको सङ्कटलाई सही बाटोमा हिँडाउन सकिने बताउनुभएको छ । नेपालमा आर्थिक संकट कम गर्ने उपायका रुपमा ढुङ्गा तथा गिट्टी बालुवा बेच्न र बनमा रहेको काठको उपयोग गरेर देशले फाइदा लिनु पर्ने उहाँकाे प्रस्ताव थियाे । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २२ औँ साधारण सभाको आज बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले हामीसँग जे छ त्यो हामीले बेच्नुपर्दछ भन्नुहुँदै उपयोगविहीन भएर बसेका भीर र पहाडहरू काटेर ढुङ्गा बेच्न सकेमा मुलुककाे व्यापार घाटा कम हुने तथा यातायात…

बूढीगण्डकी जलविद्युत् आयोजना प्राधिकरणको बहुमत शेयर स्वामित्व हुने गरी अघि बढाउने तयारी
आर्थिक परिवेश२१ चैत्र, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनामा अन्ततः घुम्दैफिर्दै फेरि प्राधिकरणको बहुमत शेयर स्वामित्व हुनेगरी अगाडि बढाउने तयारी गरिएको छ । शेयर संरचनालगायतका विषयमा अन्तिम टुङ्गो लगाउनका लागि प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । कार्यदलले दिने प्रतिवेदनका आधारमा शेयर संरचनामा संशोधन गर्ने तयारी गरिएको छ । प्राधिकरणका सञ्चालक समिति सदस्यसमेत रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन अनुसार आयोजना अगाडि बढाउनका लागि शेयर संरचनामा परिवर्तन गर्न लागिएको जानकारी दिनुभएको थियो । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको स्वागतार्थ प्राधिकरणमा आयोजित कार्यक्रममा…