नारखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न
आर्थिक परिवेश

१६ मंसिर, काठमाण्डौ ।    मनाङमा आयोजनास्थल रहेको ६१ मेगावाट क्षमताको नारखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । आयोजनामा कुमारी बैंकको अगुवाइमा विभिन्न पाँच वटा बैंकले नौ अर्ब ६३ करोड बराबरको ऋण लगानी गर्ने भएका हुन् । नारखोला हाइड्रो इनर्जीका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । हिमाली जिल्ला मनाङको नार्पा भूमि र नासोङ गाउँपालिकामा रहेको नारखोला र सोतीखोलाको पानीलाई एकीकृत गरी ६१ दशमलव ११ मेगावाट बिजुली उत्पादन गरिनेछ । आयोजनाको निर्माणका लागि सबै प्रक्रिया पूरा भइसकेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । नारखोला जलविद्युत् आयोजनाको कूल…

चिलिमे जलविद्युतले चुम्चेत स्यार खोला जलविद्युत् आयोजना बनाउने
आर्थिक परिवेश

१४ मंसिर, काठमाडौं ।   सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सो आयोजनाको क्षमता ४५ मेगावाट बराबर रहेको छ ।  चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने सो आयोजनाको आयोजना स्थल गोरखाको चुम्चेतमा रहेको छ । बुढीगण्डकी नदीमा निर्माण हुने सो आयोजना नदी प्रवाही प्रकृतिको हो । आयोजनाबाट वार्षिक तीन सय ४८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ । उत्पादित बिजुली प्रस्तावित न्यू बुढीगण्डकी प्रोक सवस्टेशनमा जोडिनेछ । कूल एक सय १० किलोमिटर लामो दुई सय…

विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर २० बाट घटाएर ५ कायम
आर्थिक परिवेश

०८मंसिर काठमाण्डौ ।  नेपाल सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि, २०७१ खारेज गर्ने निर्णय गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर २० बाट घटाएर ५ कायम गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनले जानकारी दिनुभयो । बैठकले युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलाइबल इनर्जी फर इकोनोमिक प्रोस्परिटी इन नेपाल’ परियोजनाका लागि २३ दशमलव ५८ मिलियन युरो बराबरको सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, सरकारले विद्युत् नियमन आयोगलाई ‘साउथ एसिया फर इन्फ्रास्टक्चर रेगुलेशन’ को सदस्यता लिन स्वीकृति प्रदान गरेको मन्त्री पुनले बताउनुभयो ।

लुम्बिनीमा खाद्य तथा बालीको क्षेत्रफल घट्याे,घरजग्गा रजिष्ट्रेशन ४३ दशमलव प्रतिशतले वृद्धि
आर्थिक परिवेश

 ३० कार्तिक,  काठमाडौँ ।   लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१/८२ मा गत वर्षको तुलनामा खाद्य तथा बालीले ढाकेको क्षेत्रफल एक दशमलव ४२ प्रतिशतले घटेर सात लाख ६८ हजार ९६८ हेक्टर कायम भएको छ । समीक्षा वर्षमा यस प्रदेशमा खाद्य तथा अन्य बालीको उत्पादन गत वर्षको तुलनामा तीन दशमलव ४३ प्रतिशतले वृद्धि भई ३३ लाख ८० हजार ३२७ मेट्रिक टन भएको छ । समीक्षा वर्षमा दूध, मासु, अण्डा र माछाको उत्पादन गत वर्षको तुलनामा क्रमशः दुई दशमलव ८८ प्रतिशत, तीन दशमलव शून्य तीन प्रतिशत, तीन…

सरकारले लाइसेन्स आफ्नै मेशिनबाट छाप्न थाल्याे
आर्थिक परिवेश

२१ कार्तिक बनेपा (काभ्रेपलान्चोक)।   सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गर्नुभयो । सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“बर्सौँ देखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिन यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे थिए । ठाउँ नै खण्डहर जस्तो बनेको थियो । धुलो टकटक्याएर छपाइ थालेका छौँ ।” उहाँका…