नेपालकै नमुना केवलकार कास्कीको सिक्लेसमा निमार्ण हुने
आर्थिक परिवेश

कास्की । पर्यटकीय स्थल सिक्लेसमा केवलकार निमार्ण हुने भएको छ । सिक्लेस अन्नपूर्ण केवलकार प्रालिले कास्कीको मादी गाउँपालिका सिक्लेसमा केवलकार बनाउने प्रक्रिया अडाडी वढाएको हो । कम्पनीले परियोजनाको वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । प्रतिवेदनअनुसार परियोजना मादी गाउँपालिकाको वडा नं १ र २ मा केवलकार रहने छ । केवलकारको प्रथान विन्दु कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ र माथिल्लो स्टेसन सोही गाउँपालिकाको वडा नं २ मा रहने कम्पनीले जनाएको छ । निमार्ण हुने केवलकार ६।४१ किलोमिटर लामो रहने समेत परियोजनाले जनाएको छ । परियोजनाको कुल लागत ६ अर्ब ९० करोड…

पर्यटकको आगमनमा उत्साहजनक वृद्धि, १० महिनामा झण्डै ५ लाखले नेपाल भ्रमण गरे
आर्थिक परिवेश

  काठमाण्डौ । पछिल्लो १० महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या उल्लेखनीय रुपमा बढेको छ । सन् २०२२ को पछिल्लो १० महिना अक्टोबर सम्ममा झण्डै ५ लाख विदेशी पर्यटकहरुले नेपालको भ्रमण गरेका छन् । अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांक अनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक नेपाल आएका छन् । सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए । यससँगै जनवरीदेखि अक्टोबरसम्म कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक भित्रिएको तथ्यांकमा देखिएको छ । अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक नेपाल…

विश्व जलवायु परिवर्तनलाई ध्यानमा राखेर मुक्तिनाथको विकास गर्नुपर्छ , राष्ट्रपति भण्डारी
आर्थिक परिवेश

मुस्ताड.।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा भगवान बिष्णुको प्रस्तर मुर्तिको शुक्रबार शिलान्यास गर्नुभएको छ । उहाँले भगवान विष्णुको मुर्ति निमार्णका लागि शिलान्याससँगै ३५ फिटअग्लो गौतमबुद्धको मूर्तिको अनावरण समेत गर्नुभयो । कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई ध्यानमा राख्दै मुक्तिनाथ क्षेत्रलाई पनि त्यहि अनुसार ध्यानमा राखेर विकास गर्नुपर्छ”।   उहाँले यो क्षेत्रमा धार्मिक पर्यटकबाट भएको आम्दानी मुक्तिनाथ क्षेत्रका जनताको जीवनस्तर उकास्नेगरी पर्यटकीय पुर्वाधारमा लगानी गर्न आग्रह गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ उद्घाटन गर्नुभएको छ…

नेपालको प्रशिद्ध धार्मिक र पर्यटकीय तिर्थस्थस्ल मुक्तिनाथमा विशाल बुद्धको मूर्ति स्थापना
आर्थिक परिवेश

काठमाण्डौ । मुस्ताङ जिल्लामा रहेको नेपालको प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार क्रमशः थपिँदै गएका छन् । पछिल्लो पटक गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् । लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान गौतम बुद्धको विशाल मूर्ति तयार भएको छ भने सोही आकारकै भगवान विष्णुको मूर्ति पनि राख्न  लागिएको छ । त्यस्तै मुक्तिनाथ क्षेत्रमै अन्तर्राष्ट्रिय स्तरको बुटिक रिसोर्ट लो मुस्ताङ हिमालय रिसोर्ट पनि लामाकै लगानीमा तयार भएको छ । तयार भएको गौतम बुद्धको मूर्ति र रिसोर्टको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी शुक्रबार उद्घाटन गर्ने कार्यक्रम तय…

६वर्षमा नेपालको होटल क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३०२ प्रतिशत
आर्थिक परिवेश

काठमाण्डौ । विगत छ वर्षमा नेपालका होटलहरुमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३०१.७१ प्रतिशतले बढेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख विदेशी पर्यटक ल्याउने घोषणा गरेसँगै होटलहरुमा स्वदेशी र विदेशी दुबै लगानी बढेको हो । बैंक तथा वित्तीय संस्थाको लगानी यस अवधिमा मात्रै बढेर एक खर्ब ६० अर्ब ३१ करोड १० लाख रुपैयाँ पुगेको छ । जुन सन् २०२१ को तुलनामा सन् २०२२ मा १० प्रतिशतले बढी हो । त्यसैगरी सन् २०२१ मा होटलहरुमा कुल लगानी १ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ थियो । यो सन् २०२० को तुलनामा २८ प्रतिशतले…