यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी
आर्थिक परिवेश१३ असार, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेकाे छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बर्ष २०८१ सालको (एसईई) परीक्षाको नतिजा आज प्रकाशित गर्ने भएको हाे । नतिजा निकाल्ने सन्र्दभमा छलफल गर्न आयोजित परीक्षा बोर्डको बैठकले आज साँझ ६ बजे पछि नतिजा निकाल्ने निर्णय गरेको र सोही अनुसारको अन्तिम तयारीको रुपमा चेक जाँचको काम भइरहेको छ । यस वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो । यस बर्षको (एसईई) परीक्षामा स्वदेश तथा विदेशबाट समेत गरी नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड…
बजेटकाे टेक एण्ड पे पीपीएको प्रावधान हटाउने घोषणा गरिनु महत्वपूर्ण उपलब्धि : इप्पान
आर्थिक परिवेश१२ असार, काठमाडाै । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले संसदबाट टेक एण्ड पे पीपीएको प्रावधान हटाउने घोषणा गरिनु महत्वपूर्ण उपलब्धि भएको बताएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले संसदबाट टेक एण्ड पे पीपीएको प्रावधान हटाउने घोषणा गरिनु महत्वपूर्ण उपलब्धि भएको बताएको हो । पत्रकार सम्मेलनमा इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले बजेटमै टेक एण्ड पे पीपीए गर्ने घोषणा भएकोमा यसलाई परिवर्तन गरी वित्तीय जोखिम मूल्यांकनको आधारमा ऊर्जा खपत र निर्यात हुने यकीन भएका नेपाल विद्युत प्राधिकरणले दायित्व भुक्तानी गर्न सक्ने सुनिश्चित भएका आयोजनाहरुको पीपीए गर्न सकिने उल्लेख गरिनु राम्रो पक्ष भएको बताउनु भयाे । इप्पानले गरेको भद्र र…
बर्षाका कारण देशका पाँच मुख्य राजमार्गहरू अवरुद्ध
आर्थिक परिवेश०४ असार, काठमाडौँ । देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पाँच मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने तीन राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण बागमती प्रदेशस्थित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी, भोटेकाशी गाउँपालिका–३ लार्चा, भोटेकोशी गाउँपालिका–२ कोप्लाडमा पर्ने अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । यसैगरी, कर्णाली प्रदेशस्थित डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका १ छलघाटको भेरी करिडोर र सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं ५ गोकुलेश्वर खलङ्गा राजमार्ग अवरुद्ध भएको छ । यस्तै, वर्षाका कारण अवरुद्ध भएका तीन मुख्य सडक एकतर्फी रूपमा सञ्चालन भएको छ । जुम्ला जिल्लाको जुम्ला–मुगु सडक, गुल्मी जिल्लाको कालिगण्डकी…
एमआइटीका वैज्ञानिक अनुसन्धानकर्ता मिङ्मार शेर्पाकाे प्नधानमन्त्रीसंँग भेट
आर्थिक परिवेश०३ असार, काठमाडौँ । विदेशमा पाएको ज्ञान र सीपलाई स्वदेशको विकासमा प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि स्वदेश फर्किएका संयुक्त राज्य अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का वैज्ञानिक अनुसन्धानकर्ता मिङ्मार शेर्पाले आज प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको छ । तीन महिना अघि स्वदेश फर्किएका शेर्पाले जनस्वास्थ्यका क्षेत्रका अनुसन्धान परियोजना सञ्चालन गर्दै आउनुभएको छ । गत वर्ष संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर अमेरिकाको बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्बोधन भएका दिन त्यहाँस्थित विश्वविद्यालयमा विभिन्न विषयमा अध्यापन र अध्ययनरत नेपाली शिक्षक–विद्यार्थीहरूसँग संवाद गरी प्रधानमन्त्री ओलीले आफूले पाएको ज्ञान र अनुभवलाई स्वदेशमा उपयोग गर्न आग्रह गर्नुभएको थियो । त्यसका लागि…
उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदन बजेटकाे उच्च प्राथमिकतामा
आर्थिक परिवेश३० जेठ, काठमाडाै । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले सरकारले बजेटमा उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ । शुक्रबार नेपाल विद्यावारिधी संघ (नेपाल पीएचडी एसोसिएसन ) को आयोजनामा राष्ट्रिय बजेट २०८२/२०८३ को सन्र्दभमा आयोजित नेपालको आर्थिक सुधारका लागि अवसर र चुनौती विषयक छलफल कार्यक्रममा आयोगका उपाध्यक्ष प्रा.डा. अधिकारीले आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनले सुझाएका धेरै विषयहरु समेटीएको यो नै पहिलो बजेट भएको बताउनु भयो । उपाध्यक्ष अधिकारीले एउटा बजेटमा सबै कुरा समेट्ने प्रयास हुँदाहुँदै पनि नसकिएको र केही कुराहरु छुट्न गएको समेत प्रष्टपार्नु भयो । उहाँले प्रतिवेदनले औँल्याएका सुझाबहरु केन्द्रलेमात्र नभएर…