
श्री एयरलाइन्सले ल्यायाे ८० सिटे नयाँ जहाज
आर्थिक परिवेश०८ असार काठमाडाै । श्री एयरलाइन्सले डि हामिल्यान्ड अफ क्यानाडा (तत्कालीन बम्बार्डियर) द्वारा निर्मित ८० सिट क्षमताको विमान कल साइन ९एन-एओएम थपेको छ। यसअघि संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेको ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा कम ध्वनी आउने रहेको दाबी कम्पनीले गरेको छ । कम्पनीका अनुसार जहाजमा क्यानाडाको प्राट एन्ड ह्विएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्षपावका पीडब्ल्यूआईएसआईए, इन्जिन जडान गरिएको छ। श्री एयसलाइन्सका पाइलटले अमेरिकाको अरेगन राज्यको पोर्टल्यान्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजवे, आइसल्यान्डको केफलामिक चेकको प्राग, इजिप्टको काइरो, ओमानको मस्कट हुँदै झन्डै ३३ घण्टा उडान गरी आज बिहान १…

उत्पादन र निर्यातमा सुधार हुन नसक्दा मुलुककाे व्यापार घाटाकाे अवस्था निरन्तर बढ्दाे
आर्थिक परिवेश०८ असार , काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाकाे अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड रूपैया बराबर व्यापार घाटा ब्यहोरेको छ । भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यस अवधिमा नेपालले १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रूपैयाकाे मालवस्तु आयात गर्दा एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख रूपैया बराबरको मात्रै निर्यात गरेको छ । विभागका अनुसार ११ महिनामा नेपालले कूल १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा गरेको कूल वैदेशिक व्यापारको तुलनामा…

ठूला दलहरूको त्यागले ठूला–ठूला परिवर्तन भएकाले उनीहरुले उपेक्षा गर्नु हुँदैन : प्रधानमन्त्री
आर्थिक परिवेश०७ असार काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरूको त्यागले ठूलाठूला परिवर्तन भएकाले उनीहरुले उपेक्षा गर्न नहुने बताउनु भएकाे छ । शुक्रबार काठमाडौंमा नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भनिएका व्यक्तिलाई नेपालमा केही गर्छौ भन्ने ठाउँ पुराना दल र नेताहरूले दिएको बताउनु भयाे । नेपालमा राजनीतिक पार्टी र नेताहरूको दशकौंको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाल प्रवेश गरेको उनले बताउनु भयाे । प्रधानमन्त्री प्रचण्डले सबै नेता उस्तै हुन् र नेपालमा केही हुँदैन भन्ने गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देशको हित नचाहेको बताउऔनु…

निर्माणाधीन मोटरेबल पुल बाढीले बगाउँदा डेढ करोड बराबरको क्षति
आर्थिक परिवेश०७ असार,फलेवास, पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको बाढीले बगाएको हो । दुवैतर्फको संरचना निर्माण सकिएर स्ल्याब ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामग्री बगाएको पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय जनाएको छ । उक्त पुलको स्ल्याब भोलि शुक्रबार ढलान गर्ने तयारी गरिएको थियो । बाढीले निर्माणस्थलमा रहेको सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य टेवा सामग्री पूरै बगाएको निर्माण कम्पनी नयाँबाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापा मगरले जानकारी दिए । बाढीबाट …

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत राख्नेलाई राज्यले राज्यकै व्यवहार गर्छः अर्थमन्त्री
आर्थिक परिवेश०६ असार, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले करदातालाई कर तिर्न प्रेरित गर्ने गरी काम गर्न मातहतका निकायहरूलाई निर्देशन दिनु भएको छ । चालु आर्थिक वर्षको अन्तिम महिनामा राजश्व सङ्कलन बढाउने उद्देश्यले कर र राजश्व प्रशासनसँग सम्बन्धित सिनियर कर्मचारीहरूलाई बिहिबार मन्त्रालयमा बोलाएर उहाँले सामूहिक निर्देशन दिनुभएको हो । ‘करदातालाई अनुचित ढंगले दबाब दिने होइन उचित ढंगले कर तिर्न प्रेरित गरौँ’, उहाँले भन्नुभयो, ‘राज्य करदाताको अभिभावक पनि हो । ‘डिक्टेटर’ जस्तो व्यवहार नगरी सहजीकरण गर्नुपर्छ, सहकार्य गर्नुपर्छ ।’ उहाँले असल नियतले काम गर्ने करदाताका जायज गुनासा सुन्न र कानूनले मिलेसम्म सम्बोधन गर्न निर्देशन दिनुभयो । तर, अनुचित र गलत प्रवृत्तिको संरक्षण गर्न…