आइएमई ग्रुपकाे २ अर्ब लगानीमा कागज उद्योग शुरु
आर्थिक परिवेश२३ फागुन, काठमाडौं । आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादनको समेत अवलोकन गरे । २ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग…
काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको ब्यापारिक सम्मेलन हुने
आर्थिक परिवेश२२ फागुन , काठमाडौँ । दिगो र आत्मनिर्भर अर्थतन्त्रकाे विकासमा सहयाेग गर्ने गरी काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको ब्यापारिक सम्मेलन बिजनेश समिट आयोजना हुने भएकाे छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजन तथा नेपाल चेम्बर अफ कमर्श र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)को आयोजनामा काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको बिजनेस समिट हुने भएको हाे । दिगो र आत्मनिर्भर अर्थतन्त्र भन्ने नाराका साथ दोस्रो संस्करणको नेपाल बिजनेस समिट आगामी वैशाख ७ गते हुन लागेको आयोजक नेपाल चेम्बर अफ कमर्शले जनाएको छ । उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रसँग सम्बन्धित व्यक्तित्वको उल्लेख्य उपस्थितिमा पहिलो संस्करणको समिट पनि काठमाडौँमै सम्पन्न भएको थियो । समिटमा सङ्घीय सरकारका उच्च राजनीतिक एवं…
नागरिक र वैदेशिक बचतपत्रकाे बिक्री शुरू, लगानीबारे जानकारी नहुँदा न्यून आवेदन
आर्थिक परिवेश१५ फागुन,काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारी ऋण उठाउन नागरिक र वैदेशिक बचतपत्रकाे बिक्री बिहिवारबाट शुरू गरेकाे छ । कार्यालयले तीन अर्बको नागरिक बचतपत्र र ५० करोड रूपैयाको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको हाे । कार्यालयले एक सूचना जारी गर्दै ‘नागरिक बचतपत्र–२०८६’ र ‘वैदेशिक रोजगार बचतपत्र–२०८६’ निष्कासन शुरू गरेकाे जानकारी दिएको छ । पाँच वर्ष अवधिका नागरिक बचत पत्रमा सात प्रतिशत र वैदेशिक रोजगार बचत पत्रमा साढे आठ प्रतिशत ब्याज उपलब्ध गराइने कार्यालयले जनाएको छ । फागुन १५ गतेदेखि जारी भएकाे नागरिक र वैदेशिक बचतपत्र आगामी चैत १५ गतेसम्म बिक्री खुला रहने छ । उक्त…
रुग्ण उद्योगहरू पुनः सञ्चालन गर्ने ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रमकाे आग्रह
आर्थिक परिवेश२९ माघ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालन गर्ने ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सम्पन्न उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को बैठकमा उहाँले सरकार निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका लागि ठोस प्रस्ताव भएमा यथाशीघ्र ल्याउन आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीले ऐन कानुन सम्बन्धित क्षेत्रको सहजीकरण र आवश्यकताका लागि निर्माण र संशोधन गरिने जनाउँदै आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले भन्सार र राजस्वमा अनियमिता भएको पाइएका निर्ममताका साथ कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताउँदै…
आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्र महत्वपूर्ण
आर्थिक परिवेश२४ माघ,पाटन (ललितपुर) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाँसले हरित अर्थतन्त्रको प्रवर्द्धन र वातावरणमैत्री समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’को जानकारी दिन आज यहाँ आयोजित पूर्वतयारी कार्यक्रममा गभर्नर अधिकारीले आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्र महत्वपूर्ण हुने धारणा राख्दै सहर केन्द्रित सम्मेलनलाई बाँस सम्मेलनले चुनौती दिएको उल्लेख गर्नुभयो । उहाँले बाँससम्बन्धी विषयवस्तुमा आधारित रहेर खोटाङमा आयोजना हुने सम्मेलनले नयाँ अभ्यास गर्नुका साथै हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो । “दैनिक जीवन बाँस उपयोगी र दिगो हुन्छ, आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्न…