नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुल्याे
आर्थिक परिवेश

१६ फागुन, काठमाडौं ।   सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुलाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो । योग्यता पुगेका तथा इच्छुक नागरिकले १५ दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरवारमा खामबन्दी आवेदन दिन सक्नेछन् सूचनामा भनिएकाे छ । स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका व्यक्ति योग्य हुनेछन् । अध्यक्ष पदका लागि उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचार, सम्पत्ति सुद्धीकरण, मानव वेचबिखन,…

अस्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ छलफल कार्यक्रम सम्पन्न
आर्थिक परिवेश

१५ फागुन, काठमाडौँ  ।   नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै अस्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम आयोजना गरिएको छ । आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका सन्दर्भमा क्यानबेरास्थित नेपाली दूतावास र मा गैरआवासीय नेपाली सङ्घले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेलले लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य हो भन्नुभयो । उहाँले लगानीमैत्री वातावरण सिर्जना गर्न नेपाल सरकारले नीतिगत सुधार गरेको जानकारी दिँदै सो सम्मेलनमा सहभागी हुन अस्ट्रेलियाली उद्यमी–व्यवसायीलाई आग्रह गर्नुभयो ।   गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा लगानीका लागि आफूहरू तयार रहेको…

आगामी लगानी सम्मेलनका लागि परियोजना तयार पार्नुस सरकारका प्रवक्ता
आर्थिक परिवेश

१५ फागुन, काठमाडौ ।   सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग परिसङ्घको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एशोसियशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीका पदाधिकारीसँग मंगलवार भएको भेटमा  नेपाल सरकारका प्रव्क्ता समेत रहनु भएकी सञ्चारमन्त्री शर्मालेे त्यस्तो आग्रह गर्नुभएको हो । लगानी सम्मेलनमा अन्य क्षेत्रको जस्तै सूचना प्रविधि क्षेत्रको लगानी प्रस्तुत गर्न आवश्यक रहेकाले आवश्यक परियोजना भए लिएर आउन आग्रह गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा परियोजना बैंक बनाउनुपर्ने बताउनुभयो । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन…

राज्यका संवेदनशील निकायमा गैरसरकारी संस्थाहरूको लगानी तत्काल बन्द गर्नु : सार्वजनिक लेखा समिति
आर्थिक परिवेश

१५ फागुन, काठमाडौँ । प्रतिनिधिसभाको  सार्वजनिक लेखा समितिले राज्यका संवेदनशील निकायमा गैरसरकारी संस्थाहरूको लगानी तत्काल बन्द गर्न निर्देशन दिएको छ । सिंहदरबारमा  मंगलवार बसेको समितिको बैठकले नेपाल सरकार मन्त्रिपरिषद्लाई त्यसताे निर्देशन दिने निर्णय गरेको हाे । बैठक पछि समितिका सभापति ऋषिकेस पोखरेलले संवैधानिक अङ्ग, व्यवस्थापिका संसद्, अदालत, सुरक्षा निकाय, राष्ट्रपति कार्यालय लगायतका राज्यका अङ्गहरूमा गैरसरकारी संस्थाहरूको लगानी गनर्प र रामर्शदाता नियुक्ति गर्ने कार्य तत्काल बन्द गर्न नेपाल सरकार मन्त्रिपरिषद्लाई निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो । लेखा समितिले समाज कल्याण परिषदमा पुराना कानुन भएकाले  तत्काल नयाँ एकीकृत कानुनको मस्यौदा गरी संसद्लाई दिन र परिषद्को उपाध्यक्ष पदका लागि खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न…

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत
आर्थिक परिवेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको छ । बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुभएको हो  । प्रस्ताव प्रस्तुत गर्दै अर्थ मन्त्री डा.महतले लगानीको अनुकूल वातावरण सिर्जना गर्न गरिएको प्रक्रियागत सरलीकरण, नीजि क्षेत्रसँगको संवाद, पूँजीगत खर्च वृद्धि गर्न गरिएको पहल, वित्त नीति र मौद्रिक नीति बीचमा गरिएको तालमेलका कारण अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अगाडी बढेको बताउनुभयो । उहाँले विद्युत् उत्पादन र पर्यटकको आगमन वृद्धि तथा विदेशी लगानी बढ्नुले मुलुकको अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको…