
नेपालमा लगानी गर्न बेलायती लगानीकर्ताहरुलाई आग्रह,१.५ बिलियन पाउण्डसम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार
आर्थिक परिवेश१५कार्तिक,लण्डन,संयुक्त अधिराज्य । नेपालको विभिन्न क्षेत्रका व्यक्ति तथा विज्ञहरुले नेपालमा लगानीको वातावरण निर्माण भएकोले नेपालमा लगानी गरी लाभ लिन बेलायती लगानीकर्ताहरुलाई आग्रह गर्नु भएको छ । बेलायतको राजधानी लण्डनमा नेपालमा लगानी सम्बन्धमा आयोजित एक उच्चस्तरीय सम्मेलनको क्रममा वक्ताहरुले नेपालमा लगानी गर्न आग्रह गर्नु भएको हो । नेपाली राजदूतावास लण्डनले नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न नेपाल बेलायत मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा मंगलवार सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो । सम्मेलनलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय…

पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीनगुणा बढी
आर्थिक परिवेश१३ कार्तिक, काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाव्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले २५ अर्ब ७८ करोड ९० लाख रूपैया बराबर पुँजीगत खर्च गरेको छ । त्यस्तै गत असोज मसान्तसम्ममा सरकारी ऋणको साँवाब्याज तिर्न ६७ अर्ब ७० करोड ७१ लाख रूपैया खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कबाट देखिन्छ । यो अवधिमा भएको कुल पुँजीगत खर्चको…

लगानीको प्रचुर संभावनाबाट लाभ लिन गैर आवासीय नेपालीहरुलाई राष्ट्रपति पौडेलको आग्रह
आर्थिक परिवेश३० असोज, काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार संभावनाको सदुपयोग गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । आजदेखि काठमाण्डौमा शूरु भएको गैर आवासीय नेपाली विश्व सम्मेलन,११औं अन्तराष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको समुद्घाटन गर्नुहँदै राष्ट्रपति पौडेलले नेपालको जलस्रोत,पूर्वाधार,शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानीको प्रयाप्त संभावना रहेकोले लगानी गरी आभ लिन गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भयो । नेपाल आर्थिक रुपमा सम्वृद्ध भए मात्र विश्वको जुनसुकै स्थानमा रहेका नेपालीहरुको पनि शिर ठाडो हुने भएकोले नेपालको सम्वृद्धिमा योगदान गर्न आवश्यक रहेकोमा पनि राष्ट्रपति पौडेलले जोड दिनु भयो । नेपाललाई शुसासन,विकास र सम्वृद्धिको क्षेत्रमा अघि बढाउन गैर आवासीय नेपालीहरुको…

एनआरएनए सचिवालयलाई बलियो, संगठित र पारदर्शी बनाउन मैले भूमिका खेल्छु
डा.ज्ञानेन्द्र रेग्मी, सचिवका उम्मेदवार (एनआरएनए)गैरअवासीय नेपाली संघमा पछिल्लो समय विज्ञहरु नेतृत्वमा आउने प्रयास गरेका छन् तर तुलनात्मक रुपमा उनीहरुले जितेर आउने गरेको भने कम पाइन्छ । एनआरएनएको प्रभावकारीता बढाउन पनि नेतृत्वमा विज्ञ व्यक्तिहरुको खोजी गरिनु पर्दछ भन्ने अवाज पछिल्लो समय उठने गरेको छ । तर त्यसमा राजनीतिक प्रभावको कारण उनीहरुको उपस्थिति सधै नगण्य मात्रामा हुने गरेको छ । यस पटकको निर्वाचनमा अष्टे«लियाबाट त्यहाँको न्युसाउथ वेल्स राज्य सरकारका जलस्रोत विज्ञको रुपमा काम गरिरहनु भएका डा.ज्ञानेन्द्र रेग्मीले एनआरएनएको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिनु भएको छ । जलस्रोत व्यवस्थापन विषयमा विद्यावारिधी गर्नु भएका रेग्मीले नेपालमा जलस्रोत विकास र व्यवस्थापनमा एनआरएनएको माध्यमबाट योगदान गर्न…

२० बर्षमा गैर आवासीय नेपाली संघले १ खर्ब भन्दा बढी लगानी नेपाल भित्र्याएको छ : डा केसी
आर्थिक परिवेश२९ असाेज, काठमाडाैं । विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरुको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन मंगलवार असोज ३० गतेदेखि काठमाण्डौमा हुने भएको छ । नेपालीका लागि नेपाली” तथा “ज्ञान र रुपान्तरण समृद्धिको आधार भन्ने नाराका साथ आयोजना हुन लागेको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन लागि आवश्यक पर्ने सबै प्रतिनिधि तथा उम्मेदवारहरु काठमाण्डौ आइसकेका छन् । अन्तर्राष्ट्रिय महाधिवेशनकाे लागि अावश्यक सबै तयारी सम्पूर्ण पुरा भएको गैर आवासीय नेपाली संघले सोमवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल सरकार, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन असोज ३० गते अर्थात १७ अक्टोबर…