चार दिनदेखि शेयरबजार निरन्तर घटदै, काराेवार रकममा पनि उच्च गिरावट
आर्थिक परिवेश१४ मंसिर, काठमाडौँ । नेपाली धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक साताकाे बिहिवार चाैथाे दिन पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव शून्य छ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५८ दशमलव ५३ मा सीमित भएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८० अङ्कले ओरालो लागेर तीन सय ५६ दशमलव शून्य आठमा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज एक उपसमूहको सेयर मूल्यमा सामान्य वृद्धि हुँदा १२ उपसमूहको सेयर मूल्यमा भने गिरावट भएको छ । कुल ४५ लाख ९५ हजार पाँच…
कम्बोडियाले १.५ अर्ब डलरको कोइला परियोजनाको तयारी रद्द
आर्थिक परिवेश१४ मंसिर,नुम्पेन्ह , कम्बोडिया। कम्बोडियाले १.५ अर्ब डलरको कोइला परियोजनाको तयारी रद्द गरेको कम्बोडियाका ऊर्जा मन्त्री केओ रोटानाकले बुधबार एएफपीसँग बताउनुभएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बिहीबार परियोजना रद्द गर्ने घोषणा गर्ने रोटानाकले बताउनुभयो । नुमपेन्हले यसको सट्टा तरलीकृत प्राकृतिक ग्याँस (एलएनजी) आयात गर्न टर्मिनल निर्माण गर्नेछ । “कम्बोडिया सन् २०५० सम्ममा पृथ्वीमा मानव हस्तक्षेपका कारण हुने हरितगृह ग्यास उत्सर्जनलाई शुन्यमा झार्ने विश्व समुदायको प्रतिवद्धता हासिल गर्न सक्दो प्रयास गर्नेछ,” रोटानाकले सामाजिक सञ्जालमार्फत जारी एक सन्देशमा भन्नुभएको छ । “त्यो भन्दा पहिले हाम्रो पहिलो गन्तव्य एकीकृत रणनीतिको भागको रूपमा ऊर्जा दक्षता र विद्युतीकरण कार्यक्रमहरूलाई सन् २०३० सम्ममा कम्तिमा ७०…
५ लाख श्रमिक कोषमा आबद्ध,अस्थायी र करार सेवामा कार्यरत कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध हुने
आर्थिक परिवेश११ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सुरक्षा कोषको प्रभावकारिता अभिवृद्धिमा गम्भीर भएर लाग्ने बताउनुभएको छ । छैठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समाजवाद उन्मुख राज्यको परिकल्पनालाई साकार पार्न सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा आफु गम्भीर भएर लाग्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले हालसम्म ५ लाख श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेको भन्दै विदेशमा रहेका र अनौपचारिक क्षेत्रका सम्पूर्ण श्रमिक र रोजगारदाताहरूलाई आबद्धताका लागि आग्रह गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले आफ्नै निर्देशन र पहलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सामाजिक सुरक्षाको शुरुवात गरिएको स्मरण गर्नुहुँदै सरल र सहज रुपमा सुविधा उपलब्ध गराउन कोषको व्यवस्थापकीय पक्षलाई सुदृढ तुल्याउन निर्देशन…
राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्धन महोत्सव पाँच दिन थप
आर्थिक परिवेशमंसिर ११ ,मणिग्राम । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्धन महोत्सव पाँच दिन थप गरिएको छ । मेलामा अहिलेसम्म नौ करोड बढीको आर्थिक कारोबार भएको आयोजकको दाबी छ । तिलोत्तमा उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि जारी महोत्सवमा हालसम्म २ लाख ५० हजार बढी दर्शकले अवलोकन गरेको अध्यक्ष गुणनिधि भण्डारीले जानकारी दिनुभयो । ‘सबल अर्थतन्त्रको आधार, कृषि, एवम् पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेलामा ५ दिन थप गरिएको आयोजकले जनाएको छ । दीपावलीलगायतका कारणले दर्शक र व्यवसायीको मागअनुसार १७ गते आइतबारसम्म मेला…
बसन्तपुर सबस्टेसन सञ्चालनमा,काेशी काेरिडाेरकाे विद्युत वितरण सहज हुने
आर्थिक परिवेश११ मङ्सिर,काठमाडौं । काेशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मि.उचाइमा निर्माण गरेको २२०÷१३२÷३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ । आयोजना अन्तर्गतनै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनबाटै सञ्चालित छन् । सबस्टेसनहरु निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७५को असारमा २ करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले…