विश्व सूचना समाज दिवस विविध कार्यक्रम गरी मनाइँदै
आर्थिक परिवेश

३ जेठ, काठमाडौँ ।   आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ । ‘डिजिटल विभाजन’ भन्नाले सूचना तथा सञ्चार प्रविधि (इन्टरनेट, कम्प्युटर, स्मार्टफोन आदि) मा पहुँच भएका र पहुँच नभएका व्यक्ति, समुदाय वा क्षेत्रबीचको असमानतालाई जनाउँछ । विशेषगरी इन्टरनेट सेवा, प्रविधिको प्रयोग गर्ने सीप, डिजिटल शिक्षा तथा सूचना प्राप्त गर्ने अवसरको उपलब्धता र अनुलब्धता हो । शहरबजारका मानिसले सहज रूपमा…

खानीलाई आर्थिक वृद्धिको आधारको रूपमा विकास गर्ने
आर्थिक परिवेश

२८ वैशाख, काठमाडौं ।    सरकारले मुलुककाे खनिज तथा खानी क्षेत्रलाई आर्थिक वृद्धिको आधारको रूपमा विकास गर्न नीतिगत अघि सारेकाे छ । खनिज तथा खानी क्षेत्रलाई आर्थिक वृद्धिको आधारको रूपमा विकास गर्न नीतिगत, कानुनी र संस्थागत सुधार गरिने गरी अागामी अार्थिक बर्षकाे नीति तथा कार्यकममा त्यताे नीति सरकारले  अघि बढाउने उल्लेख गरिएकाे छ । ढुङ्गा, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको दिगो उपयोग, पारदर्शी आपूर्ति र नियमन गरी अवैध उत्खनन तथा अनियमितता नियन्त्रण गरिनेछ । औद्योगिक नीति, २०६७ परिमार्जन गरी नयाँ “राष्ट्रिय औद्योगिक नीति” तर्जुमा गरिनेछ । स्टार्टअप, लघु, साना तथा मझौला उद्यमलाई वित्त, प्रविधि, बजार र क्षमता विकासमा एकीकृत पहुँच…

आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य
आर्थिक परिवेश

२८ वैशाख, काठमाडौं ।    सरकारले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा  त्यस  विषयलाई समेटिएको छ । संसदकाे स‌युक्त बैठकमा  सरकारकाे अागामी अार्थिक बर्षकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा बन्ड निष्कासन तथा वातावरण सम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागु गरिने बताउनु भयाे  । आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गरिने पनि उहाँले बताउनु भयाे  । विद्युत् उत्पादन, प्रशारण, वितरण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने नीति तथा…

नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन सम्पन्न, अध्यक्षमा अन्जन श्रेष्ठ चयन
आर्थिक परिवेश

२३ बैशाख, काठमाण्डौ ।     नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन हुनुभएको छ । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासङ्घको विधानअनुसार स्वतः अध्यक्ष पदमा चयन हुनुभएको हो । महासङ्घको ६०औँ वार्षिक साधारणसभा पछि सुरु निर्वाचन प्रक्रियाको मतगणना आज सम्पन्न भएको छ । निर्वाचनमार्फत विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ । मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यसैगरी वस्तुगत सङ्घतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजङ्ग पाण्डे विजयी हुनुभएको छ । नवनिर्वाचित नेतृत्वले निजी क्षेत्रको सुदृढीकरण, आर्थिक…

अर्थमन्त्रीकाे सम्पती विवरण कराेडाैका अर्पाटमेन्ट र घर
आर्थिक परिवेश

  २९ चैत, काठमाडौं ।    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार वाग्लेसँग चारवटा घर तथा अपार्टमेन्ट रहेको देखिएको छ। ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् । अर्थमन्त्री वाग्लेले बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको उल्लेख गर्नु भएकाे छ । उहाँको विभिन्न पाँच कम्पनीमा चार करोड माथिको शेयर रहेको विवरणमा      उल्लेख छ  । जसमा सानिमा मिडल तमोर हाइड्रोको ७१ हजार ९३, सांग्रिला विकास बैंकको २५ हजार ७६२ कित्ता सेयर छ। नेशनल फण्ड म्यानेटमेन्ट…