शुक्रवार  सुनकाे मुल्य  तोलामा दुई हजार तीन सय रूपैयाले वृद्धि
आर्थिक परिवेश

  २८ बैशाख,  काठमाडौँ ।   स्थानीय बजारमा शुक्रवार  सुनकाे मुल्य  तोलामा दुई हजार तीन सय रूपैयाले वृद्धि भएको छ । छाप भएकाे सुन बिहीबार प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयामा कारोबार भएको छ । आजका लागि भने छाप भएकाे  सुन तोलामा एक लाख ३७ हजार नौ सय ब मूल्य निर्धारण  भइ काराेवार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयामा कारोबार भएको थियो । शुक्रवार तेजाबी सुन एक लाख ३७ हजार दुई सय ५० रूपैयामा काराेवार भएकाे छ । यसैगरी, यस दिन चाँदी भने तोलामा…

घरेलु र साना उद्योगले ठूलो स्वरोजगारी सिर्जना गरेकाले यसको प्रवद्र्धनमा विशेष कार्यक्रम आवश्यक छ : राष्ट्रपति
आर्थिक परिवेश

२६ बैशाख, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो जस्तो मुलुकमा औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको धारणा व्यक्त गर्नुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा आयोजित नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को बुधबार काठमाडौँमा उद्घाटन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो। “गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रमा विद्यमान पूँजी, कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्तिलगायतका समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्दछ भन्ने मलाई…

सुनकाे मुल्य बुधवार ताेलामा २७ सयले घटयाे
आर्थिक परिवेश

१९ बैशाख, काठमाडौँ ।    स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय रूपैयाले  घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो मङ्गलबार दिन सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रुपियाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार तीन सय रुपियाँसम्म पुगेको थियो । चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन तोलाको एक हजार ६५० रुपियाँ रहेको चाँदी आज एक हजार ६३० रुपियाँ…

मूल्य सूचकाङ्कमा आधारित मूल्यवृद्धि साढे छ प्रतिशतको सीमाभित्रै रहने देखिएको छ : गभर्नर अधिकारी
आर्थिक परिवेश

१५ बैशाख, काठमाडौं। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थव्यवस्था हाल मिश्रित अवस्थामा रहेको बताउनु भएको छ । नेपाल राष्ट्र बैङ्कको ६९औँ वार्षिकोत्सवको अवसरमा शुक्रवार नेपाल राष्ट बैकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गभर्नर अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताउनुभएको हो । “समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहेता पनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज राख्न, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न बैङ्क सफल रह्यो”, गभर्नर अधिकारीले भन्नुभयो, । “अघिल्लो आर्थिक वर्ष जस्तै चालु आवमा पनि विप्रेषण आप्रवाह…

९ महिनामा २० अर्ब २९ करोड २२ लाखकाे धान, चामल, मकै पैठारी, काेदाेकाे पिठाे मात्रै १ अर्बकाे
आर्थिक परिवेश

१३ बैशाख, वीरगंज  । मुलुकको प्रमुख भन्सार नाका वीरगंजको आईसिपी भन्सारबाट मात्र  चालु आर्थिक वर्षको ९ महिनामा २० अर्ब २९ करोड २१ लाख ६६ हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न नेपाल भित्रिएको छ । वीरगंज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्त सम्म ६ अर्ब ९३ करोड २० लाख १२ हजार मूल्य बराबरको धान भित्रिएको छ भने १ अर्ब ३८ करोड १८ लाख ४९ हजार मूल्य बराबरको चामल भित्रिएको छ । त्यसैगरी आईसिपी भन्सार नाकाबाट सो अवधिमा ६ अर्ब ९३ करोड २० लाख १२ हजार मूल्य बराबरको मकै भित्रिएको वीरगंज भन्सार कार्यालयको…