डिजेल र मट्टितेलको मूल्य बढ्याे
आर्थिक परिवेश०१ मंसिर, काठमाडौँ । नेपाल आयल निगमले शुक्रवार राती १२ बजेदेखि डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा…
अमेरिकी डलरकाे भाउ उच्च दरले बढ्दा सुनकाे मुल्यमा उच्च गिरावट
आर्थिक परिवेश२२ कार्तिक काठमाडाै । अमेरिकामा भर्खरै सम्पन्न निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नेबित्तिकै सुनको भाउ ह्वात्तै घटेको छ । अमेरिकी निर्वाचनकाे परिणामकाे प्रभाव स्वरुप अमेरिकी डलरको विनिमय दरचाहिँ अहिलेसम्मकै उच्च भएको हो । वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प बुधबार अमेरिकाको राष्ट्रपतिमा विजयी भएका हुन्। यद्यपि उनलाई औपचारिक रूपमा राष्ट्रपति घोषणा गर्न भने बाँकी नै छ। उनी राष्ट्रपति विजय भएको भोलिपल्टै बिहीबार (आज) अमेरिकी डलरको भाउ बढेको हो भने सुनको मूल्यचाहिँ ह्वात्तै घटेको हो। नेपाल नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ (बिक्री दर) तोकेको छ। यो बिक्री दर अहिलेसम्मकै उच्च हो। आजका लागि १ अमेरिकी डलरको खरिद…
नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ कीर्तिमान कायम
आर्थिक परिवेश१४ कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २२ सयले बढेर तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि मंगलबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै बुधवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २१२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बाढी तथा पहिरकाे कारण अवरूद्ध रसुवागढी र ताताेपानी नाका सञ्चालनमा आए
आर्थिक परिवेश१४ कार्तिक, काठमाडाैं । असाेजकाे दाेस्राे साताकाे बाढी तथा पहिरकाे कारण अवरूद्ध रसुवागढी–केरुङ तथा सिन्धुपाल्चाेककाे ताताेपानी नाका सञ्चालनमा आएसँगै अायात निर्यात शुरू भएकाे छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो । मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएका छन् । राजमार्ग बन्द भई आयात ठप्प हुँदा राजस्व असुली…
माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना
आर्थिक परिवेश१३ कार्तिक म्याग्दी । चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको हाे । कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे । कार्यालय सञ्चालनले अब भने यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने विश्वास लिइएको छ । कोरोला नाकामा नेपालले प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरेको हो । अध्यागमन कार्यालय सञ्चालनको लागि सरकारले कोरला नाकासम्म विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको विस्तार गर्नुका साथै…