लगानीको वातावरण बनाउन हालै जारी कानुनहरुको महासंघले गर्याे स्वागत
आर्थिक परिवेश

१३ बैशाख, काठमाडौं ।   लगानी सम्मेलनको सम्मुखमा सरकारले लगानी प्रवद्र्धनका लागि सरकारले १२ कानुन र नियमावलीमा अध्यादेश मार्पmत भएको संसोधनको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासंघको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण वन्ने विश्वास गर्न सकिन्छ, महासंघले भनेकाे छ । यही बैसाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनलाई लक्षित गरि निजी क्षेत्रको आग्रहमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, वन ऐन, भुमि सम्बन्धि ऐन लगायतका कानुमा संसोधन गरेको छ । नयाँ व्यवस्थाले वातावरणीय प्रभाव मुल्यांकन, हदवन्दी लगायतका बिषयलाई सम्बोधन गरेको छ ।…

नेपालगन्ज नाकास्थित एकीकृत जाँच चौकी (आइसिपी) नेपाललाई हस्तान्तरण
आर्थिक परिवेश

११ बेशाख, नेपालगन्ज ।   भारत सरकारले नेपालगन्ज नाकास्थित एकीकृत जाँच चौकी (आइसिपी) नेपाललाई हस्तान्तरण गरेको छ । उद्घाटन भएको झन्डै एक वर्षपछि भारतले नेपाललाई आइसिपी हस्तान्तरण गरेको हो । नेपाल र भारत सरकारबिच सम्झौता भएको डेढ दशकपछि नेपालगन्ज नाकामा आइसिपी निर्माण गरिएको थियो । भारत सरकारका तर्फबाट परामर्शदाता कम्पनी ‘राइट्स’ ले नेपाल सरकार सहरी विकास मन्त्रालय तथा नेपाल इन्टर मोडल यातायात विकास समितिलाई आइसिपी हस्तान्तरण गरेको हो । भारतले आफ्नो क्षेत्रतिर पनि आइसिपी बनाएको छ भने नेपालतर्फ बनेको आइसिपी हस्तान्तरण गरेको हो । त्यस क्रममा भारतका तर्फबाट दूतावाससहित सम्बन्धित सरोकारवाला अधिकारी तथा नेपालका तर्फबाट मन्त्रालय, विभाग तथा समितिका कार्यकारी निर्देशक…

सुनका मुल्य प्रतिताेला दुई हजार सात सयले घट्याे
आर्थिक परिवेश

११ बैशाख, काठमाडौं  ।   नेपाली बजारमा  मंगलवार  सुनकाे मूल्य उच्च रकमले गिरावट भएको छ । यस दिन  छाप भएकाे सुन प्रति तोला दुई हजार सात सयले घटेकाे हाे  । सोमबार तोलामा एक लाख ३८ हजार दुई सय रूपैयामा कारोबार भएको छाप भएकाे सुन मंगलवारका  लागि प्रतितााेला  एक लाख ३५ हजार पाँच सय रूपैयामा काराेवार भएकाे छ । यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा मंगलवार एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ । मंगलवार चाँदीको मूल्य  तोलामा  ४५ रूपैयाले  घटेकाे छ । सोमबार प्रतितोला एक हजार सात सय पाँच रूपैयामा कारोबार…

९ महिनामा मुलुकमा १० खर्बभन्दा बढीको व्यापार घाटा
आर्थिक परिवेश

१० बैशाख, काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले साढे १० खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत चैत मसान्तसम्ममा कूल  १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख बराबरको वैदेशिक व्यापार गर्दा नेपालले  १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख घाटा व्यहोरेको हो । चालु आर्थिक वर्षको नौ महिना अवधिमा  ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख बराबरको आयात र  एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा अवधिसम्ममा गत आर्थिक वर्षको सोही अवधिको…

निजी क्षेत्रसँगको सहकार्यबाट मात्रै देशकाे अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

०४ बैशाख, काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्य बाट मात्रै देशकाे अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताउनु भएको छ । नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । “अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ ।”  उहाँले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको छ प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।…