मध्यराती देखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि
आर्थिक परिवेश

१८ साउन, काठमाडौं । नेपाल आयल निगमले  आइतवार मध्यराती देखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले हिजाे राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो । योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा  २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ ।…

एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा
आर्थिक परिवेश

१७ साउन, काठमाण्डौ ।   वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ । विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्रीवितरण भइरहेका विभिन्न प्रकारका मासिल तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो । ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्ने नमिल्ने बारेमा परीक्षण भइरहेको विभागले जनाएको छ । उपभोक्ताको स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न क्रियाशील रहेको जनाउँदै विभागका महानिर्देशक मोतिराम सापकोटाले नक्कली उत्पादनको बिक्रीवितरण रोक्न बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने छ ।…

बीरगंज हुँदै गत बर्षमा भारत तथा तेस्रो मुलुकतर्फ १ खर्ब १४ अर्ब ८३ करोडकाे निर्यात
आर्थिक परिवेश

  ०८ साउन बीरगंज।    देशकै प्रमुख व्यापारिक नाकाको रुपमा रहेको बीरगंज भन्सार नाका हुँदै आर्थिक बर्ष २०८२/०८३ मा भारत तथा तेस्रो मुलुक तर्फ १ खर्ब १४ अर्ब ८३ करोड मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ । गत आर्थिक बर्ष २०८१/०८२ को तुलनामा आर्थिक बर्ष २०८२/०८३ मा ६ प्रतिशतले निर्यात वृद्धि भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो । आर्थिक बर्ष २०८१/०८२ मा भारत तथा तेस्रो मुलुक तर्फ १ खर्ब ८ अर्ब मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो । वीरगंज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल,…

कोलकाताबाट विराटनगरसम्म कार्गो ढुवानीको सेवा शुरु
आर्थिक परिवेश

०२ साउन कलकत्ता,भारत ।    साउन १ गते शुक्रवारदेखि कोलकाता विराटनगर रेलवे कार्गो ढुवानीको सेवा शुरु भएको छ । नेपाल–भारत पारवहन सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातको लागि भारतीय सडक मार्ग, रेल मार्ग र जल मार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था बमोजिम विराटनगर भन्सारसम्म रेल कार्गो ल्याउने कार्य शुरु भएको हो । कोलकतास्थित नेपाली महावाणिज्यदूतावासको पहलमा जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाल भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो । यो संगै कोलकाता बन्दरगाहदेखि विराटनगरका लागि पहिलो पटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुभारम्भ भएको हाे  । सेवा शुरुवातकाे अवसरमा कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद…

नेपालगञ्ज भन्सार कार्यालयकाे राजस्व सङ्कलन घट्याे
आर्थिक परिवेश

 ०२ साउन, नेपालगञ्ज ।    नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा २० अर्ब ११ करोड ५५ लाख रुपैया राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जर्नादन पौडेलका अनुसार यो राजस्व अघिल्लो आवको तुलना गत आवमा  १६ करोड ४५ लाख रुपैया कम राजस्व सङ्कलन भएको हो । “राजस्व सङ्कलन अघिल्लो आवको तुलनामा गत आवमा केही घटेको छ, तर अपेक्षाभन्दा कम घटेको छ”, उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको आयातमा आएको कमी, भारतले चिनी निकासीमा लगाएको प्रतिबन्धलगायतका कारणले राजस्व कम भएको हो ।” कार्यालयका अनुसार आव २०८१/८२ मा  २० अर्ब २८ करोड ५१ लाख ८१ हजार रुपैया राजस्व सङ्कलन…