देशले हाल भोग्नु परेको आर्थिक समस्या समाधानका लागि गुणात्मक सुधार आवश्यक प्रधानमन्त्री
आर्थिक परिवेश२५ असोज, काठमाण्डौ । मुलुकले हाल बेर्होनु परेको आर्थिक समास्याका वारेमा छलफल गरी साझा धारणा बनाउन र समस्याको समाधानको मार्ग पहिल्याउन नेपाल उद्योग बाणिज्य महासंघले राष्ट्रिय आर्थिक बहसको आयोजना गरेको छ । सुधारका लागि सहकार्य भन्ने उदघोषका साथ महासंघले बिहिवार काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहसमा महासंघले मुलुकको आर्थिक समास्याको समाधान गर्न र मुलुकमा लगानीको वातावरण निर्माण गर्न निजी क्षेत्रको तर्फबाट उच्चस्तरीय आर्थिक सुधार आयोगको गठन गर्न सरकारलाई प्रस्ताव गरेको छ । बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशले हाल भोग्नु परेको समस्या सानो तिनो सुधारले सम्भव नभएको भन्दै त्यसका लागि गुणात्मक सुधार आवश्यक भएको बताउनु भयो ।…
हिमालयन इन्टरनेशनल एक्स्पो २०८० को तयारी अन्तिम चरणमा
आर्थिक परिवेश२१ असोज, काठमाण्डौं । आगामी शुक्रबारदेखि राजधानीमा आयोजना हुने दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज २६ गते देखि २९ गते (अक्टोबर १३ तारिख देखि १६ तारिख) सम्म सञ्चालन गर्दैछ । एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनी मार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ । नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो,…
चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
आर्थिक परिवेशबेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नुहुँदै नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तासमक्ष आग्रह गर्नुभयो । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले आयोजना गरेको सम्मेलनमा उहाँले नेपालमा पर्यटन, पूर्वाधार, ऊर्जा, कृषि, औषधिजन्य उत्पादन लगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको भन्दै लगानी गरी लाभ लिन आग्रह गर्नुभयो । “नेपालमा पछिल्लो समय लगानीको वातावरण बनेको छ, सम्भावना भएका क्षेत्रमा लगानी गरी लाभ लिन म यहाँहरूसमक्ष आग्रह गर्दछु”,…
आर्थिक कृयाकलाप चलायमान बनाउन स्वदेशी फर्निचरकाे प्रयाेगमा जाेड
आर्थिक परिवेश४असोज, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को आयोजना हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोको तयारी तिब्र पारिएको जानकारी दिएको हो । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले असोज १० देखि १४ गतेसम्म तदनुसार सेप्टेम्बर २७ देखि अक्टूबर १ सम्म ५ दिन एक्स्पो आयोजना हुने जानकारी दिएको हो । यस अघि नै आयोजकले फर्नेक्सको इभेण्ट लञ्च गरी बोलकबोलमा अधिकांश स्टल बुकिङ गराएको थियो । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा स्टल बुकिङ खुल्ला गरिएकोमा एकाध बाहेकका सबै स्टल बुकिङ भईसकेको एशोसिएशनले जनाएको छ । नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान…
मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु
आर्थिक परिवेश१ असाेज,म्याग्दी । हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैँचा स्याउले राताम्य भएका छन् । पाँच गाउँपालिका रहेको मुस्ताङका विभिन्न ठाउँमा लगाइएका स्याउ पाकेपछि किसानहरूले टिप्ने र बजार पठाउने तयारी सुरु गरेका हुन् । मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको स्थानीय सुशिलबाबु थकालीले जानकारी दिनुभयो । विगतका वर्षहरुमा भदौ दोस्रो सातादेखि नै स्याउ टिप्ने गरिएकामा गुणस्तर कम भएको गुनासो आएपछि यस वर्ष बोटमा नै राम्रोसँग पकाएर असोज लागेपछि मात्र टिप्न…