८ महिनामा १ अर्ब ७९ करोड ३९ लाख मूल्य बराबरका नेपाली उत्पादन निर्यात
आर्थिक परिवेश

१४ चैत्र, वीरगञ्ज ।  वीरगञ्ज आइसिपी भन्सार नाका हुँदै चालु आर्थिक वर्ष २०७९/०८० को ८ महिनामा भारत तथा तेस्रो मुलुकतर्फ १ अर्ब ७९ करोड ३९ लाख १२ हजार मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ । वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा नेपाली उत्पादन तथा जडीबुटी निकासी भएको वीरगञ्ज आइसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र प्रसाद चुँडालले जानकारी दिनुभयो । आइसिपी भन्सार नाका हुँदै प्रशोधित भटमासको तेल ५ करोड ७९ लाख ८१ हजार मूल्य बराबरको २ लाख ४७ हजार ६ सय ५ किलो ग्राम भारत निर्यात भएको छ । त्यसैगरी ६० करोड…

द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहक : राष्ट्रपति पौडेल
आर्थिक परिवेश

 ११ चैत्र, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहक भएको बताउनुभएको छ । मुलुकको वैदेशिक व्यापार तथा लगानी र पर्यटन प्रवद्र्धनमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघमार्फत भइरहेको प्रयासको सह्राना गर्नुहुँदै राष्ट्रपति पौडेलले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । मुलुकमा क्रियाशील विभिन्न १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीसँगको भेटमा शनिबार राष्ट्रपति भण्डारीले आर्थिक कुटनीतिको रिक्तता पूरा गर्न निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंशा गर्नुभयो । नेपालको दूतावास नभएका मुलुकमा निजी क्षेत्रमार्फत आर्थिक कुटनीतिको रिक्तता पूरा गर्न सकिने उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले मुलुकको वृहत्तर आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका सशक्त र प्रभावकारी हुनुपर्ने उल्लेख…

१० दिनमा सुनको भाउमा नयाँ रेकर्ड ताेलामा ९ हजार ३३ रुपैयाँले बढ्यो
आर्थिक परिवेश

५ चैत, काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख १० हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख सात हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला  दुई हजार नौ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख नौ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख छ हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रू ३५ वृद्धि भई रू एक हजार तीन…

वीरगन्जकाे भन्सार आइसीपी सञ्चालनको ठेक्का कैलाश टर्मिनल्सले पायाे
आर्थिक परिवेश

१९ फागुन,वीरगञ्ज । नेपालकाे नगर वीरगन्जमा अवस्थित भन्सार आइसीपी सञ्चालनको ठेक्का कैलाश टर्मिनल्स जेभीले प्राप्त गरेकाे  छ । इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले कैलाश जेभीसहित ५ कम्पनीले आशय पत्र दर्ता गराएकोमा कैलाशलाई चयन गरिएको बताउनुभयो । ५ वर्षका लागि कैलाश टर्मिनल्स जेभीले १ अर्ब ८० करोड ९० लाख १ हजार २ सय रुपैयाँमा आइसीपी सञ्चालनको ठेक्का पाएको गजुरेलले जानकारी दिनुभयो । आइसीपी सञ्चालनसम्बन्धी दर्ता भएका आशय पत्रमध्ये क्वालिटी कस्ट बेस मूल्याङ्कन विधिबाट सो कम्पनी चयन गरिएको कार्यकारी निर्देशक गजुरेलले बताउनुभयो । २०७४ देखि नै सञ्चालनमा आएको वीरगन्ज आइसीपी सञ्चालनको टेण्डर २०७५ सालमा पहिलो पटक गरिँदा टेण्डर…

माघ मसान्तसम्म नेपालकाे वैदेशिक व्यापार २० दशमलव ८४ प्रतिशतले घट्याे
आर्थिक परिवेश

१० फागुन,काठमाडौं ।  चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा नेपालको कूल व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैया नाँघेको छ । भन्सार विभागले बुधवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघ मसान्तसम्ममा नेपालले १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैया बराबरको वैदेशिक व्यापार गरेको छ । त्यसमध्ये नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैया बराबरको वस्तु तथा सेवा आयात हुँदा ९३ अर्ब ४३ करोड २३ लाख रुपैया बराबरको मात्रै निर्यात भएको भएको हो । यो अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत र निर्यातको हिस्सा नौ दशमलव २३ प्रतिशत छ ।…