अमेरिकी डलर र युरोको भाउ बढ्दा चिनिया युआनकाे घट्याे
आर्थिक परिवेश१८ भदाै, काठमाडौँ। सोमबारको तुलनामा मंगलवार नेपाली बजारमा अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको यस दिनको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको थियो । साेमवारको तुलनामा मंगलवार नेपाली बजारमा युरोको भाउ पनि बढेको छ । सोमबार एक युरोको खरिददर एक सय ४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५८ पैसा रहेको थियो…
इन्धनकाे मुल्य घट्याे पेट्रोलमा प्रतिलिटर २ रूपैया तल
आर्थिक परिवेश१६ भदाै,काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रूपैया घटाएको हो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको छ । निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः रु एक सय ६०।५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः रु एक सय ५१।५०, एक सय ५३ र एक सय ५४ तोकेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर रु…
आइतवार नेप्से परिसूचक र कारोवार रकम दोहोरो अङ्कले घट्याे
आर्थिक परिवेश०२ भदौ काठमाडौ । नेपाली शेयर बजारमा आइतवार नेप्से परिसूचक र कारोवार रकम दोहोरो अङ्कले घटेको छ । आइतवार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको छ । यस दिन कूल छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता शेयरहरु २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ मा कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने घटेको छ । यस दिन ४ कम्पनीहरुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट…
एकै दिन सुनकाे मुल्य ३ हजारले बढयाे
आर्थिक परिवेश०२ भदाै काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन प्रतितोला रु एक लाख ५२ हजार छ सय पुगेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ४९ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन हजारले वृद्धि भएको हो । शुक्रबार चाँदी प्रतितोला रु एक हजार सात सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० निर्धारण भएको छ । चाँदीको मूल्य…
सुनकाे मुल्य १ लाख ५१ हजार नजिक
आर्थिक परिवेश२९ साउन, काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु एक लाख ५० हजार ८०० कायम भएको छ । सोमबार प्रतितोला छापावाल सुन एक लाख ४८ हजार ७०० मा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार सा त सय ४० मा कारोबार भइरहेको महासङ्घले बताएको छ