राजिनामा पछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण
आर्थिक परिवेश०७ पुष, काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामा पछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक बर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको संघको भनाई छ । निर्जीवन बीमा व्यवसायीसंघद्धरा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेयर विक्रीसम्वन्धी व्यवस्था अत्यन्तै अव्यवहारिक रहेको जानकारी गराउँदछौं । कम्पनीमा कायम रहेका सवै सेयरधनी जस्तै संचालकहरु पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरुको…
सुनको मूल्य घटेर ताेलाकाे एक लाख ४८ हजार पाँचसय रुपैयाँमा झरयो
आर्थिक परिवेश०५ पुष काठमाडाै । साताकाे शुक्रवार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेको छ। विगत केही दिनदेखि सुनको मूल्य लगातार घटिरहेको छ। विगत डेढ महिनामा सुनको मूल्य तोलामै साढे २२ हजार घटिसकेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ४८ हजार पाँचसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एकलाख ४९ हजार रुपैयाँ थियो। आज सुन ताेलामा पाँचसय रुपैयाँ घटेकाे छ। शुक्रवार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ। चाँदीको मूल्य आज तोलाको एक हजार सातसय ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार सातसय ८० रुपैयाँ थियो। सोमबार र मंगलबार दुई दिनमा…
नेपाल बैंकर्स संघको अध्यक्षमा एकल उम्मेदवारी सन्तोष कोइराला बन्ने पक्का
आर्थिक परिवेश१ पुस, काठमाडौं । वाणिज्य बैंकका सीईओहरूको संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइरालाकाे एकल उम्मेदवारी परेकाे छ । कोइरालाकाे एकल उम्मेदवारी परेकाेले नेपाल बैंकर्स संघको अध्यक्षमा उहाँ निर्विरोध चयन हुनुहुने भएकाे हाे । अध्यक्षमा निर्वाचित कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । संघको नयाँ कार्यसमितिका लागि उम्मेदवार दिने म्याद सोमबारसम्म रहेकोमा अध्यक्षमा कोइरालाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध अध्यक्ष चयन हुनु हुने भएकाे हाे । प्रभु बैंकका सीईओ अशोक शेरचनले अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै कोइराला संघको अध्यक्षमा सर्वसम्मत चयन हुने अवस्था बनेकाे संघका सीईओ अनिल शर्माले जानकारी दिनु भयाे । संघको उपाध्यक्षमा…
बीमा प्राधिकरणकाे अध्यक्षमा सहसचिव दाहाल
आर्थिक परिवेशकाठमाडौँ। सरकारले नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रूपमा कामकाज गर्न खटाएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा पर्नुभएको छ । बीमा क्षेत्रको नियामक निकाय प्राधिकरणको अध्यक्ष नै निलम्बनमा परेपछि अर्थमन्त्रालयले सहसचिव दाहाललाई अर्को व्यवस्था नहुँदासम्म कामकाज गर्ने गरी खटाएको हो । बीमा ऐन, २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहनुभएका दहाल बीमा प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्नेगरी तोकिनुभएको अर्थ मन्त्रालयले जनाएको छ ।
नबिलले शेयर धनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने
आर्थिक परिवेश२७ मंसिर,काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट शेयर धनीहरलाई १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४० औँ वार्षिक साधारणसभाले शेयरधनीको लागि नगद लाभांश पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आर्थिक वर्ष २०८०÷८१ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । समीक्षा वर्ष २०८०÷८१ मा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप दायित्वमा ६६ अर्ब १० करोड रुपैयाँ अर्थात्…