
१० अर्ब रूपैया बराबरको विकास ऋणपत्र बिक्री गरिदैं
आर्थिक परिवेश२६ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार आठ वर्ष अवधिको १० अर्ब रूपैया बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री गर्ने भएको छ । सरकारको लागि नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको राष्ट्र बैंकले जनाएको छ । विकास ऋणपत्र साउन २८ गते आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउने २९ गते निष्काशन हुनेछ । यो विकास ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । विसं २०८८ साउन २९ गते साँवा भुक्तानी हुने यो…

प्राविधिक शिक्षाका लागि लर्डवुद्ध र हिमालयन लाईफ इन्स्योरेन्सबीच सम्झौता
आर्थिक परिवेश२४ साउन, काठमाडौँ । मुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् । सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक एवं प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि फाउण्डेशन र इन्स्योरेन्स कम्पनीबिच सहकार्य गर्ने सहमति भएको हो । सहमति पत्रमा फाउण्डेसनका अध्यक्ष पङ्कज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गर्नुभयो । फाउण्डेशनमा सूचना प्रविधि तथा व्यवस्थापने विषयमा स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले हिमालयन लाईफ ईन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने सहमति भएको छ । यसबाट विद्यार्थीहरूले पढाइका साथै…

वाणिज्य बैंकहरुकाे खुद मुनाफा उल्लेख्यरूपमा बढे पनि वितरण योग्य मुनाफा घट्याे
आर्थिक परिवेश२२ साउन, काठमाडौं । ‘क’ वर्गका वाणिज्य बैंकहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढाएका छन् । उनीहरुको खुद मुनाफा उल्लेख्य रुपमा बढेको भए पनि वितरणयोग्य मुनाफा भने घटेको छ । ती बैकहरुले गत आर्थिक वर्ष २०७९÷८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । बैकहरको गत आवको तेस्रो त्रैमाससम्ममा निरन्तर बढ्दो क्रममा देखिएको खराब कर्जा चौँथौ त्रैमासमा भने केही घटेको देखिएको पनि पर्याप्त सुधार भने भइसकेको छैन । गत आव २०७९÷८० मा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड बराबर खुद नाफा कमाएका छन् । गत आवमा नबिल बैंक लिमिटेडको नाफा सात अर्ब ५२ करोड…

वित्तीय पहुँच वृद्धिका लागि सहयोग गर्न महासङ्घकाे आग्रह
आर्थिक परिवेश१६ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले वित्तीय पहुँच वृद्धिका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय वित्त निगमलाई आग्रह गरेको छ । आर्थिक मन्दिको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धिका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय वित्त निगमलाई आग्रह गरेको छ । साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत् लगायतका पूर्वाधार विकास एवम् लगानी प्रवद्र्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको महासङ्घको भनाइ छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग निगमका उपाध्यक्ष सुसन लनको मंगलवार भएको भेटमा उक्त आग्रह गरिएको हो । कोभिडपछिको तीव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा मूलतः आफ्नै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र सङ्कुचित हुँदा सरकार र सर्वसाधारण…

धिताेपत्र बजारकाे नियामक नेपाल धितोपत्र बोर्डले नीति कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
आर्थिक परिवेश१४ साउन, काठमाडाै । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले गत वर्ष गरेका समीक्षा गर्नुका साथै आउने दिनमा गर्ने कार्यक्रमहरू नीति तथा कार्यक्रम मार्फत आइतबार सार्वजनिक गरेको हो। बोर्डले आर्थिक वर्ष २०८०/८१ मा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमित तर्फ ४४ कार्यक्रम गरी कुल ४४ कार्यक्रम निर्धारण गरेको जनाएको छ। विकास तर्फ आउने वर्ष गैर आवासीय नेपालीलाई दोस्रो बजारमा खुला गर्न आवश्यक कानुन संशोधन गर्ने जनाएको छ। जुन यस अघिका कार्यक्रममा समेत हुने गरेको थियो। जुन कार्यक्रमले चालु वर्ष पनि निरन्तरता पाएको छ। त्यसैगरि धितोपत्र व्यवसायी का लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका जारी गर्ने…