सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ६५ हजार रुपैयामा काराेवार
आर्थिक परिवेश

०४ कार्तिक  काठमाडौँ ।   नेपाली बजारमा बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएर काराेवार भएकाे छ । आइतवार सुनको मूल्य प्रतितोला छ सय रुपैयाले  वृद्धि भई एक लाख ६५ हजार रुपैया कायम भइ काराेवार  भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे  छ । महासङ्घका अनुसार शुक्रबार छाप भएकाे सुन प्रतितोला  एक लाख ६४ हजार चार सय रुपैयामा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा  ९५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयामा  कारोबार भएको चाँदीको मूल्य आइतावारका लागि भने  दुई हजार ७५ रुपैया  निर्धारण भएको महासङ्घले जनाएको छ ।  

सुनको मूल्यमा नयाँ कीर्तिमान ताेलामै दुई हजारले वृद्धि
आर्थिक परिवेश

२ कार्तिक काठमाडौँ ।   सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आज शुक्वारकाे  वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । यस दिन छाप भएकाे  सुनको मूल्य आज प्रतितोला  दुई हजार रुपैयाले वृद्धि भएको छ । बिहीबार प्रतितोला  एक लाख ६२ हजार चार सय रुपैयामा कारोबार भएको छाप भएकाे  सुन आजका लागि भने  एक लाख ६४ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा  ३० ले बढेको छ । बिहीबार प्रतितोला  एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने  एक हजार नौ सय ८०…

साेमवारका लागि निर्धारित विदेशी मुद्राकाे विनिमय दर
आर्थिक परिवेश

२१ असाेज ,काठमाडौँ।   नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।…

मेलम्ची खानेपानी भ्रष्टाचार प्रकरणमा पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जना दोषी ठहर
आर्थिक परिवेश

  ०७ असाेज, काठमाडौँ ।  विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको छ । अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको हो । अदालतले गत भदौ २५ उक्त खानेपानी आयोजनाको भ्रष्टाचार गरेको प्रकरणमा पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो  । आज सो फैसलाको सजाय निर्धारण गर्दै पूर्वसचिव ठाकुरसहित चार जनालाई जनही आठ वर्ष कैद ठहर गरेको हो । अदालतले सजाय निर्धारण गर्दा पूर्वसचिव तथा मेलम्ची खानेपानी समितिका तत्कालीन अध्यक्ष…

नेपालको अर्थतन्त्र सुधार हुँदै : आइएमएफ उपनिर्देशक
आर्थिक परिवेश

६ असोज,काठमाडौं ।   अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपादत्त गुप्ताले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलस‌ँग  आइतवार  शिष्टाचार भेटवार्ता गर्नु भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताउनुभयो। उहाँले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गर्नुभयो । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराउनु भएको थियो ।