वित्त आयोगबाट बजेटका लागि वित्तीय समानिकरण अनुदानको परिमाण सिफारिश 
आर्थिक परिवेश

१० चैत्र,काठमाडौ । राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक बर्षको संघीय बजेट मार्फत प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय समानिकरण अनुदानको परिमाण निर्धारण गरी सरकारलाई सिफारिश गरेको छ । आयोगले विभिन्न ११ वटा सूचकहरुको आधारमा मूल्याड.कन गरी आर्थिक बर्ष २०८१।२०८२ का लागि नेपाल सरकारले उपलब्ध गराउने वित्तीय समानिकरण अनुदान प्रदेशहरुको हकमा ६० अर्ब र ७५३ स्थानीय तहहरुको हकमा ८८ अर्ब गरी कुल १ खर्ब ४८ अर्ब रकम विनियोजन गर्न सरकारलाई सिफारिश गरेको हो । अनुदान रकम सिफरिश गर्दा आयोगले न्युनतम अनुदान र शुत्रमा आधारित अनुदान गरी कम्तीमा ६ करोड ५० लाख प्राप्त हुने गरी स्थानीय सरकारहरुको आन्तरिक राजस्वको…

राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्छ : गर्भनर अधिकारी
आर्थिक परिवेश

२९ फागुन, धुलिखेल ।   नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताउनु भएकाे  छ । राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगकाे सहकार्यमा आयोजित आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले अर्थतन्त्र र राष्ट्र बैंकसँग जोडिएका तथ्याङ्क र सूचनाहरू जटिल प्रकृतिका र प्राविधिक हुने भएकाले  त्यसलाई सर्वसाधारणले सहज ढंगले बुझ्ने  भाषामा प्रस्तुत गर्नु  आवश्यक छ भन्नु  भयो । गभर्नर अधिकारीले आर्थिक पत्रकारहरूलाई प्रदान गरिने यस्तो प्रशिक्षण नियमित गर्ने भन्दै प्रशिक्षणको लाभ उठाउन सहभागी आर्थिक पत्रकारहरूलाई आग्रह गर्नु भयाे  । अर्थतन्त्र र मौद्रिक नीतिका क्षेत्रमा दैनिक…

मुलुकको चालु खाता १६१ अर्ब ६९ करोडले बचतमा
आर्थिक परिवेश

२७ फागन,काठमाडौं ।  चालु आर्थिक बर्षको ७ महिनाको अवधीमा मुलुकको चालु खाता १६१ अर्ब ६९ करोडले बचतमा पुगेकाे  छ । नेपाल राष्ट्र बैकले आइतवार जारी गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी समीक्षा प्रतिवेदनमा अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २९.० प्रतिशतले घटेर .३ अर्ब ८० करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही…

नियामकीय संरचना र वित्तीय आधार बलियो भएका कारण कुनै पनि संस्था डुब्दैन : गभर्नर अधिकारीले
आर्थिक परिवेश

१४ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको नियामकीय अधिकारभित्र रहेका बैङ्क तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ । नेपाल बैंकर्स सङ्घले साेमवार काठमाडाैमा आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले बलियो नियामकीय संरचना र वित्तीय आधार भएका कारण कुनै पनि संस्था नडुब्ने दाबी गर्नुभयो । “राष्ट्र बैंकले कुनै संस्थालाई ढल्न नदिने तथा  बैङ्क वित्तीय संस्था फेल हुने अवस्थामा नभएकाे बताउनु भयाे  । साना संस्थामा केही समस्या आउन सक्छ । तर सर्वसाधारणको बचत रकम कुनै पनि हालतमा डुब्दैन”, गभर्नर अधिकारीले भन्नुभयो । “राष्ट्र बैंकले नियमन गरेका संस्थाहरू सजिलै डुब्दैनन् । हाम्रो प्रणाली धेरै हदसम्म…

बैंंकहरूसँग पर्याप्त तरलता रहेकाले बैंकिङ प्रणालीमा समस्या छैन : अध्यक्ष केसी
आर्थिक परिवेश

१२ फागुन,बनेपा ।  नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताउनु भएकाे छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले बैंकहरूसँग पर्याप्त तरल सम्पत्ति रहेको र निष्क्रिय कर्जा केही बढेको भए पनि व्यवस्थापन गर्नै नसकिने अवस्था नरहेको भन्दै बैंकिङ अहिलेको अवस्थामा कुनै पनि बैंक डुब्ने अवस्था नदेखिएको बताए । बैंकहरूसँग सरकारी ऋणपत्रमा गरेको लगानीका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात समेत गर्दा १७/१८ खर्ब तरल सम्पत्ति रहेकाले बैंकिङ प्रणाली मात्रै नभएर अहिले सबै कुनै पनि बैंकमा समस्या नरहेको बताए…