भर्चुअल सम्पत्ति सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन–२०२५ सार्वजनिक
आर्थिक परिवेश

१७ पुष, काठमाडौँ ।    नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन–२०२५ सार्वजनिक गरेको छ । प्रतिवेदनमा नेपालमा भर्चुअल सम्पत्ति तथा सोसम्बन्धी गतिविधिबाट उत्पन्न हुनसक्ने सम्पत्ति शुद्धीकरण, आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी, साथै विनाशकारी हतियार निर्माण वा विस्तारसम्बन्धी जोखिमको विस्तृत विश्लेषण गरिएको छ । वित्तीय जानकारी एकाइद्वारा सञ्चालित ‘गो–एएमयल’ प्रणालीमा सन् २०२१ जनवरीदेखि २०२५ जुलाईसम्म दर्ता भएका शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोतबाट प्राप्त तथ्याङ्क र रणनीतिक विश्लेषणका आधारमा उक्त प्रतिवेदन तयार गरिएको हो । प्रतिवेदन कुनै विशेष व्यक्ति, संस्था वा मुद्दामा केन्द्रित नभई भर्चुअल सम्पत्तिको दुरुपयोगका विधि, प्रवृत्ति, ढाँचा र…

चाँदी आयातका लागि विदेशी मुद्रा सटही सुविधामा हेरफेर
आर्थिक परिवेश

१३ पुष, काठमाण्डौ ।    नेपाल राष्ट्र बैँकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सटही सुविधामा हेरफेर गरेको छ । नेपाल राष्ट्र बैँकले आइतवार एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातका लागि महिनामा उद्योगले २० लाख अमेरिकी डलर र अन्य व्यवसायीले चार लाख अमेरिकी डलर बराबर सटही सुविधा पाउने जनाएको छ । यसअघि उद्योगले एक पटकमा ५ लाख र अन्य व्यवसायीले १लाख अमेरिकी डलर बराबरको चाँदी आयातका लागि मुद्रा सटही सुविधा पाउने गरेका थिए । राष्ट्र बैँकले नयाँ व्यवस्थामार्फत मासिक कोटा तोकिदिएको हो ।

सुन र चाँदीको मुल्यले नयाँ रेकर्ड निर्माण
आर्थिक परिवेश

१३ पुष, काठमाण्डौ ।    आइतवार पनि नेपाली बजारमा सुन र चाँदीको मुल्यले नयाँ रेकर्ड निर्माण गरेको छ । विगत केही दिनदेखि बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । आज छाप भएको सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६०० र त्यति नै चाँदीको मोल ४ हजार ८३५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आइतवार एक औँस सुन चार हजार ५३० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा किनबेच भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सुनचाँदीकाे मूल्यमा फेरि ‘रेकर्ड ब्रेक’
आर्थिक परिवेश

 ११ पुस काठमाण्डौँ ।   पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। शुक्वार  छाप भएकाे सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल  चार हजार ५८५ कायम भएको  छ   । दुवै धातुको मूल्य हालसम्मको उच्च मुल्य हो । गत बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६८ हजार १०० मा र चाँदी चार हजार ४२० रुपैयामा कारोबार भएको थियो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला सुन  दुई लाख ६७ हजार ५०० र चाँदी चार हजार ४०० मा कारोबार भएको थियो । अमेरिकी…

तरलता निष्क्रिय अवस्थामा थुप्रिँदै गएको पृष्ठभूमिमा संरचनात्मक सुधार अपरिहार्य : सुझाव प्रतिवेदन
आर्थिक परिवेश

   ०८ पुष,  काठमाडौँ ।   सुस्त अर्थतन्त्र, उच्च तरलता, बढ्दो निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिका कारण बैङ्किङ क्षेत्रमा देखिएका जटिल समस्या समाधान गर्न गठित बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदलले सुधारका सुझावसहित बुझाएको प्रतिवेदन नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैङ्कको सञ्चालक समितिले २०८२ गत जेठ ३० गते डा रेवत बहादुर कार्कीको संयोजकत्वमा गठन गरेको कार्यदलले बैङ्किङ नीति, नियमन, कर्जा प्रवाह, ग्रामीण अर्थतन्त्र, मर्जर, ग्रे–लिष्ट र पुँजीबजारसम्म फैलिएका सुधारका एजेन्डा अघि सारेको छ । कार्यदलले अर्थतन्त्र पूर्ण चलायमान हुन नसकेको, बैङ्किङ क्षेत्रमा लगानी प्रवाह कमजोर रहेको र तरलता निष्क्रिय अवस्थामा थुप्रिँदै गएको पृष्ठभूमिमा संरचनात्मक सुधार अपरिहार्य रहेको निष्कर्ष…