नेप्सेमा उच्च अङ्कको वृद्धि परिसूचक २९ सय अंक नजिक
आर्थिक परिवेश१९ फागुन ,काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ । नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० को विन्दुमा कायम भएको छ । जुन दुई दशमलव ६७ प्रतिशतको वृद्धि हो । आज विभिन्न तीन सय दुई कम्पनीका दुई करोड ९१ लाख ६६ हजार छ सय ५६ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ९६ पटक खरिदबिक्री हुँदा १४ अर्ब २५ करोड चार लाख ७५ हजार सात सय ३६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक एक दशमलव २७ प्रतिशतले घटेको…
परिसूचक बढेर २८ सय माथि काराेवार रकम पनि बढ्याे
आर्थिक परिवेश१५ फागुन, काठमाडाै । साताको अन्तिम कारोबार दिन बिहिवार नेपाली शेयर बजारकाे नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ७ कारोबार दिनदेखि बढीरहको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । यस दिन शेयर बजारमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको सकारात्मक प्रभाव परेको हो । केन्द्रिय बैंकले बैंकहरुले भविष्यमा गर्नुपर्ने कर्जा नोक्सानी बापत छुट्याउनु पर्ने रकम घटाउनुका साथै लघुवित्तको आधार दर अनुसार कर्जा दर तय गर्न पाउने व्यवस्था गरेको थियो। जसको सकारात्मक प्रभावले यस दिन नेप्से र कारोबार रकम दुबै बढ्न पुगेको हो। बिहीबार नेप्से परिसूचक ४९.१५ अंक बढेर २८१५.०४ विन्दुमा पुगेको छ। नेप्सेसँगै…
नेपाल स्टकमा प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति प्रकृया शुरू
आर्थिक परिवेश११ फाल्गुन,काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ । उपप्रधानमन्त्री एवं अर्थ मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहनुभएको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल हुनुहुन्छ । नेपाल स्टक एक्सच्यानजका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीकाे पदावधी
नेप्से २९ दशमलव ८७ अङ्कले बढेर काराेवार
आर्थिक परिवेश०५ फाल्गुन काठमाडौँ । यो साताकाे कारोबारको लगातार दोस्रो दिन पनि नेपाली शेयर बजारकाे परिसूचक (नेप्से) बढेर काराेवार भएको छ । आज नेप्से २९ दशमलव ८७ अङ्कले बढेर दुई हजार सात सय २७ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो । आज तीन सय दुई कम्पनीको एक करोड ८० लाख ८१ हजार एक सय ६८ कित्ता शेयर एक लाख दुई हजार आठ सय ६१ पटक खरिदबिक्री हुँदा १० अर्ब चार करोड ९६ लाख ५४ हजार आठ सय ३२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैङ्किङ दुई दशमलव १६, होटल तथा…
नेप्से परिसूचक आइतबार दोहोरो अङ्कको घट्याे
आर्थिक परिवेश२७ माघ काठमाडौँ । नेपाली शेयर बजारकाे परिसूचक नेप्से आइतवार दोहोरो अङ्कको घटेको छ । यस दिन नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर दुई हजार छ सय ८८ दशमलव ३१ को बिन्दुमा कायम भएको हो । आइतवार तीन सय पाँच कम्पनीको एक करोड ५८ लाख ५५ हजार छ सय १० कित्ता सेयर ८४ हजार दुई सय ८० पटक खरिदबिक्री हुँदा आठ अर्ब ३९ करोड ८६ लाख ६० हजार छ सय २८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह शून्य दशमलव ८०, उत्पादन तथा प्रशोधन शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव २५ र व्यापार समूह एक दशमलव…