शेयर बजारकाे काराेबार ३ महिना यताकै सबै भन्दा न्युन
आर्थिक परिवेश१७ पुष काठमाडौँ । नेपाली शेयर बजारकाे काराेवारमा बुधवार विगत ३ महिना महिनायताकै न्यून कारोबार भएको छ । बुधवार नेप्से परिसूचक पाँच दशमलव १० अङ्कले बढेर दुई हजार पाँच सय ८१ दशमलव ६० को बिन्दुमा पुग्दा कारोबार रकम भने साढे तीन अर्ब हाराहारीमा खुम्चिएको हो । यस दिन तीन सय नौ कम्पनीहरुका ९४ लाख ३४ हजार नौ कित्ता शेयर ४३ हजार सात सय २९ पटक खरिदबिक्री हुँदा तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार तीन सय ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम गत असोज अन्तिम सातायताकै सबै भन्दा न्यून हो । मङ्गलबारको कारोबारमा…
शेयर बजारमा परिसूचक र काराेवार रकम उच्च अङ्कले घट्याे
आर्थिक परिवेश०१ पुष काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जकाे परिसूचक नेप्से साेमवार उच्च अङ्कले गिरावट देखि घटेको छ । यस दिन परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको गिरावट हो । साेमवार तीन सय चार कम्पनीहरुको एक करोड २७ लाख ४५ हजार सात सय ७७ कित्ता शेयरहरु पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार आठ सय ४७ रुपैयामा किनबेच भएका छन् । यसदिन सबै समूहको उपसूचक रातो देखिएका थिए । सबैभन्दा धेरै वित्त समूह चार दशमलव ४१ र व्यापार समूह तीन दशमलव ५५…
शेयर बजारकाे काराेवार उच्च अङ्कले घट्याे
आर्थिक परिवेश२३ मंसिर काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ८९ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव ६७ प्रतिशतको गिरावट हो । आज तीन सय २१ कम्पनीको एक करोड ७३ लाख ९२ हजार दुई सय ४४ कित्ता शेयर ८१ हजार चार सय चार पटक खरिदबिक्री हुँदा सात अर्ब ४७ करोड तीन लाख पाँच हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा दुई सय १४ कम्पनीको शेयर मूल्य घटेको छ । सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी जीवन बिमा…
आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ८० कम्पनी
आर्थिक परिवेश२२ मंसिर काठमाडौँ । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपिओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कूल रू ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार पाँच सय ९६ बराबरको आइपिओ पाइपलाइनमा छ । विभिन्न क्षेत्रका ८० वटा कम्पनीको ३४ करोड १९ लाख एक हजार ८० कित्ता शेयर आईपिओका लागि बोर्डको प्रक्रियामा छ । होटल तथा पर्यटन क्षेत्रका सात वटा कम्पनीले रु तीन अर्ब ३१ करोड १० लाख बराबरको…
११ महिना पछि धितोपत्र बोर्डले अध्यक्ष पायाे
आर्थिक परिवेश१० मंसिर, काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेकाे छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सन्तोषनारायण श्रेष्ठलाइ अध्यक्षमा नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता पृथिवि सुब्बा गुरुडले जानकारी दिनु भयाे । यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका उनी व्यावसायिक पृष्ठभूमिका हुन् । उनले एमबीएसम्मको अध्ययन गरेका छन् । धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन रहँदै आएको थियो । पूर्वअध्यक्ष रमेश हमालले कार्यकाल पूरा गरेसँगै गत वर्ष पुस २१ देखि बोर्ड अध्यक्ष पद खाली थियो। ११ महिनापछि सरकारले बल्ल रिक्त पदपूर्ति गरेको हो। पहिले नै रिक्त पदपूर्ति गर्न खोजे पनि नियुक्ति प्रक्रिया गिजोलिन पुगेको थियो। छनोटमा परेकामध्ये…