शेयर बजारकाे काराेवार दाेहाेराे अंकले घट्याे
आर्थिक परिवेश

७ असोज, काठमाडौं ।   बुधबार नेपाली सेयर बजारका सबै सूचकहरू घटेका छन् । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३६. २५ अंक (१.३६ प्रतिशत) ले घटेको छ । यो कमीपछि नेप्से परिसूचक २६१८ अंकमा कायम भएको छ । यस दिन बजारकाे कारोबार रकम पनि खस्किएको छ । अघिल्लो दिन ७ अर्ब ४ करोडको कारोबार भएको बजारमा बुधवार ६ अर्ब ३५ करोडको काराेवार भयो । यस दिनकाे काराेवारमा जीवन बीमा समूह सबैभन्दा धेरै २.०४ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ १.२२, विकास बैंक १.३६, फाइनान्स १.०९, होटल तथा पर्यटन ०.९८, जलविद्युत् १.६६, लगानी १.४९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.३१ प्रतिशत घटे ।…

पूँजी बजार सुधार कार्ययोजनाको प्रभाव : शेयर काराेवारमा उच्च अंककाे वृद्धि
आर्थिक परिवेश

३० भदौ, काठमाण्डौ ।    सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाको प्रभाव स्वरुप मंगलवार नेपाली सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । यस दिन बजार परिसूचक नेप्से ४८.५७ अंक अर्थात १.८७ प्रतिशतले बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६३३ अंकमा कायम भएको छ । नेप्सेको मंगलवारको परिसूचक अंक भदौ १ यताकै उच्च हो । सोमवार अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत लाभकर हालको भन्दा आधा घटाउनेसहित बजार सुधारको कार्यायोजना सार्वजनिक गरे संगै बजारमा सुधार भएको देखिएको हो कारोबार खुलेको एक मिनेटमै नेप्से २६७९ अंकसम्म पुगेकोमा त्यसपछि सम्हालिँदै १ बजेपछि अन्तिम समयसम्म बजारले फेरि वृद्धिको लय समातेको थियो । यस दिन बजारको…

सरकारले जारी गरयाे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३
आर्थिक परिवेश

 ३० भदाै, काठमाडौँ ।    धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक २१ बुँदे कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी विस्तार, ऋणपत्र बजारको विकास, नेप्सेको पुनर्संरचना गर्ने याेजना समेटिएकाे छ । गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणालीमा सुधार तथा बैंक तथा वित्तीय संस्थाको पुँजी बजारसम्बन्धी लगानीको पुनरावलोकनलगायतका विषय समेटिएका छन् । अर्थ मन्त्रालयका अनुसार पछिल्ला केही वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलताको प्रभाव बैंक तथा वित्तीय क्षेत्र, उद्योग, वाणिज्य, पूर्वाधार विकास, लगानी र पुँजी बजारमा समेत…

शेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले बढ्याे
आर्थिक परिवेश

२२ भदौ, काठमाण्डौ ।    साताको पहिलो कारोबार दिन सोमवार नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । गत साताको पछिल्लो तीन कारोबार दिनदेखि बढिरहेको नेप्सेले सोमवार पनि बढने क्रमलाई निरन्तरता पाएको छ । सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा पुगेको छ । नेप्सेसँगै यस दिन बजारको कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गत बिहीबार ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयरको किनबेच भएको बजारमा यस दिन ३५२ कम्पनीहरुका ९२ लाख ९८ हजार कित्ता शेयरहरु ३ अर्ब ८३ करोड १६ लाखरुपैयाँमा किनबेच भएका छन् । यस दिन पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा…

६ दिन पछि शेयर बजारमा सामान्य अंककाे सुधार
आर्थिक परिवेश

१६ भदौ,काठमाण्डौ ।    अघिल्ला ६ कारोबार दिन लगातार घटेको नेपाली शेयर बजारको कारोवार मंगलवार भने केही बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन बजार परिसूचक नेप्से ९.१६ भदौ,काठमाण्डौ । अघिल्ला ६ कारोबार दिन लगातार घटेको नेपाली शेयर बजारको कारोवार मंगलवार भने केही बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन बजार परिसूचक नेप्से ९.२४ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५२२ अंकमा कायम भएको छ । परिसूचक बढे पनि बजारको कारोवार रकम भने यस दिन घटेको छ । अघिल्लो दिन ३ अर्ब ६४ करोडको कारोबार भएकोमा मंगलवार २ अर्ब ८९ करोडरुपैयाको मात्र कारोवार भएको छ । …