शेयर बजारमा सोमवार हालसम्मकै उच्च रकमको कारोवार
आर्थिक परिवेश२८ साउन,काठमाण्डौ । नेपाली शेयर बजारमा सोमवार हालसम्मकै उच्च रकमको कारोवार भएर नयाँ रेर्कड निर्माण भएको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै २५ अर्ब ७७ करोड माथिको कारोबार भएको शेयर बजारमा सोमवार त्यो भन्दा बढी रकमको कारोबार भएर कारोवार २७ अर्ब नाघेको छ । यस दिन नेप्से परिसूचक ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४७ प्रतिशतको वृद्धि हो । समोमवार तीन सय ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार दुई सय १७ कित्ता शेयरहरु २७ अर्ब २४ करोड २० लाख…
शेयर बजारकाे काराेवार हाल सम्मकै उच्च बजार पूँजीकरणमा नयाँ रेर्कड
आर्थिक परिवेश२७ साउन काठमाडौँ । नेपाली शेयर बजारकाे काराेवारमा आइतवार दुइ नयाँ रेर्कड निर्माण भएका छन । याे हालसम्मकै उच्च रकमकाे कारोबार हाे । आइतवार नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो । यस दिन नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । यो तीन दशमलव ४१ प्रतिशतको वृद्धि हो । तीन सय ३० कम्पनीको छ करोड तीन लाख २१ हजार तीन सय २३ कित्ता शेयर दुई लाख ७५ हजार दुई सय सात पटक खरिद बिक्री हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार…
बजारमा तिब्र उतारचढाव १० कम्पनीका शेयर काराेवारमा सर्किट
आर्थिक परिवेश२३ साउन,काठमाडौँ । मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधवार उच्च अङ्कको सुधार देखिएको छ । यस दिन नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को विन्दुमा कायम भएको हो । यस दिन आज नेप्से परिसूचक चार दशमलव ०८ प्रतिशतले बढेको हो । तीन सय ३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार दुई सय ६७ कित्ता शेयर दुई लाख १२ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड नौ लाख १८ हजार छ सय २७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबै…
परिसूचक उच्च अंकले घट्दा काराेवार रकमले नयाँ रेकर्ड बनायाे
आर्थिक परिवेश२२ साउन, काठमाडौँ । नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमवार उच्च अङ्कले ओरालो लागेको छ । नेप्से उच्च अंकले घटे पनि यस दिन काराेवार रकमले भने नयाँ रेकर्ड बनाएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७ दशमलव २२ अङ्कले ओरालो लागेर चार सय ६४ दशमलव ५६ मा सीमित भएको छ । कुल पाँच करोड ३८ लाख…
नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढ्याे काराेवार २२ अर्ब नजिक
आर्थिक परिवेश२१ साउन, काठमाडौ । यो साताको कारोबारको पहिलो दिन सोमवार नेपाली शेयर बजारको परिसूचक (नेप्से)मा एक दशमलव ४७ प्रतिशतको वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको छ । सोमवार तीन सय २६ कम्पनीहरुका चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयरहरु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयामा किनबेच भएका छन् । सोमवार आठवटा कम्पनीहरुको शेयर मूल्य १०९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।…