लामो समयपछि शेयर बजारको कारोवार ५ अर्ब माथि , लगानीकर्ता उत्साहित
आर्थिक परिवेश

काठमाडौँ । नेपाली शेयर बजारको कारोवार रकमममा बिहिवार उच्च वृद्धि भएको छ । यस दिन शेयर कारोबार मापक नेप्से परिसूचक पनि दोहोरो अंकले बढेको छ । बिहिवार नेप्से परिसूचक १८ दशमलब शून्य नौ अङ्कले उकालो चढेर दुई हजार एक सय ४३ दशमलब ९३ मा अंकमा पुगेको छ । बिहिवारको कारोबारमा ठूला कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ५१ अङ्कले बढेर चार सय ११ दशमलब २३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा घटेको छ भने ११ उपसमूहको शेयर मूल्य बढेको छ । यस दिन कारोवारमा आएका कम्पनीहरु मध्ये एक सय ४७ कम्पनीहरुको…

शेयर बजारकाे परिसूचक  दोहोरो अङ्कले उकालो लाग्याे
आर्थिक परिवेश

काठमाडौँ । नेपाली शेयर बजारमा अ।इतवार  कारोबार मापक नेप्से परिसूचक  दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव शून्य दुईमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको भने शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल कम्पनीमध्ये एक सय २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ८७ कम्पनीको…

नयाँ सरकार गठनपछिको दुई दिनमै नेप्से पिरसूचक करिब ११७ अंकले बढ्याे
आर्थिक परिवेश

 काठमाडौं । नयाँ सरकार गठनपछिको लगातार दोस्रो कारोबार दिन पनि नेपाली सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से ५९.८७ अंक (३.११ प्रतिशत) ले वृद्धि हुँदा १९८३.९५ अंकमा बन्द भएको छ । सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने करिब निश्चित हुँदा नेप्से ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको थियो । पौडेल अर्थमन्त्री भएसँगै मंगलबार लगातार दोस्रो दिन पनि ३ प्रतिशत माथिको वृद्धि भएको छ । नयाँ सरकार गठनपछिको दुई दिनमै नेप्से करिब ११७ अंकले बढेको छ । नेप्सेसँगै सबै उपसूचकमा हरियाली छाउँदा लगानी उपसूचक सर्वाधिक…

परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्च पेस गर्न निर्वाचन आयोगको निर्देशन
आर्थिक परिवेश

काठमाडौँ । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४) बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने जनाएको हो । विवरण पेस गर्दा तोकिएको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद,…

 धितोपत्र बजारमा शेयर कारोबार मङ्गलबार मात्रै हुने
आर्थिक परिवेश

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ । शुक्रबार कारोबार बन्द हुने रशनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबार समेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सरकारले निर्वाचनलाई केन्द्रमा राखेर ४ र ५ गते बिदा सार्वजनिक बिदा दिएको छ । त्यसकारण शेयर कारोबार पनि ती दिनमा नहुने भएको हो । पछिल्ला दिनमा निर्वाचनको माहोल बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव बजारमा परेको थियो । वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भएको, शोधनान्तर नाफामा रहेको तथा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भए…