शेयर बजारकाे परिसूचक तथा काराेबार रकम दुवैमा उच्च वृद्दि
आर्थिक परिवेश

१० मंसिर, काठमाडौँ । नेपाली धितोपत्र बजारकाे  कारोबार मापक नेप्से परिसूचक आइतवार  उच्च अङ्कले उकालो लागेको छ । यस दिन परिसूचकका साथै काराेवार रकममा पनि उच्च अंकले वढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतवार  नेप्से परिसूचक ४७ दशमलब ७५ अङ्कले उकालो लागेर एक हजार नौ सय सात दशमलब ९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ८३ अङ्कले उकालो लागेर तीन सय ६४ दशमलब ८१ म पुगेको छ । नेप्सेका अनुसार कूल ६५ लाख ३० हजार छ सय ४३ कित्ता शेयर र दुई अर्ब एक करोड १७ लाख ६३ हजार तीन…

मंगलबार घटेको सेयर बजार बुधबार २०.६७ अंकले बढ्याे
आर्थिक परिवेश

६ मंसिर, काठमाडौं ।  मंगलबार २३ अंकले घटेको सेयर बजार बुधबार भने २०.६७ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १८५० विन्दुमा कायम भएको छ । सेयर बजार बढ्दा कारोबार रकम पनि बढेको छ । मंगलबार ९५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार १ अर्ब ८ करोडको कारोबार भयो । कुल १९५ कम्पनीहरूको मूल्य बढ्दा ४० को मात्रै घट्यो भने ३ को स्थिर रह्यो । यस दिन सबै उपसमूहका सूचकहरू बढेका छन् । होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.४९ प्रतिशत बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूह २.३ प्रतिशत बढेकाे छ  । अंकका आधारमा वाणिज्य बैंक समूह…

मंगलवार पनि शेयर बजार दाेहाेराे अंकले घट्याे
आर्थिक परिवेश

०५ कार्तिक, काठमाडौँ ।  नेपाली शेयर बजारकाे परिसूचक नेप्से  मंगलबार पनि २३.८२ अंकले घटेको छ । बजारकाे काराेवार रकम पनि यस दिन  ठूलाे अन्तरले  घटेकाे छ  । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समय सम्ममा १.२८ प्रतिशतको घटेसँगै १८२९ अंकमा आइपुगेको छ । परिसूचक निरन्तर घटेर बन्द हुँदा मंगलवार ३१ वटा कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै २०१ कम्पनीहरूको सेयर मूल्य घट्दा ५ कम्पनीको मूल्य भने स्थिर छ । यसक्रममा मंगलवार  ९५ करोड ४ लाख ७९ हजार रुपैयाँ बराबरको ३६लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ । सेयर बजार घटेपनि आज मेन्छियान हाइड्रोपावरको सेयर…

अझै २ र ३ महिनासम्म आइपिओ जारी नगर्ने क्रम लम्ब्याउने तयारी रहेको छ : अध्यक्ष हमाल
आर्थिक परिवेश

२९ कार्तिक, काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले हाल मुुलुकको अर्थतन्त्र र धितोपत्र बजारको अवस्थालाई ध्यानमा राखि आइपिओ तथा एफपिओहरुलाई स्वीकृती दिने क्रमलाई केही सूस्त बनाएको छ । बजारमा आइपिओ तथा एफपिओ निष्काशनका लागि आवेदन दिने कम्पनीहरु धेरै रहेको अवस्था हाल रहेको छ । बजारको घटदो अवस्था तथा लगानीर्ताहरुको कमजोर मनस्थिति जस्ता कुरालाई आधार मानेर स्वीकृती प्रदान गर्ने क्रमलाई केही समयका लागि सुस्त बनाएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताउनु भयो । बोर्डले विगत दुई महिनादेखि यो क्रमलाई सुस्त बनाएको र अझै २ र ३ महिना सम्म यस क्रममालाई लम्ब्याउने तयारी रहेको अध्यक्ष हमालले बताउनु भयो । आइपिओ तथा…

नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ मा
आर्थिक परिवेश

१९ कातिर्क, काठमाडौँ ।  नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ५२ दशमलव ३९ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज एक उपसमूहको शेयर मूल्य उकालो लाग्दा १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३५ लाख ५८ हजार पाँच सय…