नयाँ आर्थिक वर्ष सुरु भएकै दिन शेयर बजारकाे परिसूचकमा उच्च वृद्धि
आर्थिक परिवेश०१ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएकै दिन सोमवार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ४७ दशमलब शून्य सात अङ्कले बढेर दुई हजार एक सय ४४ दशमलब १६ मा पुगेको हो । यस दिन कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमवार १२ उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने एक उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । यस दिन कूल ७६ लाख ३४ हजार एक सय ९० कित्ता शेयरहरु दुई अर्ब ५६ करोड एक लाख ९१ हजार दुई सय रुपैयामा कारोबार भएको छ । बैंक तथा वित्तीय…
नेप्से परिसूचक २५ अङ्कले बढ्यो
आर्थिक परिवेश२७ असार, काठमाडाैं । बुधवार नेपाल स्टक एक्सचेञ्जकाे (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । यस दिनकाे कारोबारमा नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ अङ्कमा कायम भएको हो । बुधवार विभिन्न दुई सय ८९ कम्पनीका ८५ लाख चार हजार तीन सय ७८ कित्ता शेयर तीन अर्ब १८ करोड ७६ लाख ९५ हजार सात सय ७४ मा किनबेच भएका छन् । यस दिन वित्त र होटल तथा पर्यटन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । बुधवारकाे कारोबारपछि वित्त समूह ३९ दशमलव २० र होटल तथा पर्यटन समूह ५१ दशमलव ०८…
साेमवार नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
आर्थिक परिवेश११ असार, काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमवार पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार एक सय २९ दशमलव ४२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६६ अङ्कले उकालो लागेर तीन सय ९९ दशमलव ११ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने आठ उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ । नेप्सेका अनुसार कूल एक करोड १९ लाख तीन हजार छ सय ८७ कित्ता शेयर…
सेयर बजारमा ६ महिना यताकै उच्च कारोबार बजारमा उत्साह
आर्थिक परिवेश१० असार, काठमाडौं। आइतबार नेपाली सेयर कारोबारमा ६ महिना यताकै सबै भन्दा उच्च कारोबार भएको छ। बजारमा काराेवारकाे रफ्तारमा बढ्दा कारोबार रकममा पनि उल्लेखनीय सुधार भएको हो। आइतबार ६ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ। जुन करिब ६ महिना यताकै उच्च कारोबार हो। यसअघि गत पुस २६ गते ७ अर्ब ६५ करोड बराबरकाे कारोबार भएको थियो। उक्त दिन सेयर बजार २२७७ विन्दुमा पुगेको थियो। त्यसयता बजारसँगै कारोबार पनि निरन्तर घट्दा वैशाख २८ गते ५७ करोड रुपैयाँको मात्र कारोबार भएको थियो। जेठ १ गते नेप्से परिसूचक १८०७ विन्दुमा आइपुगेको थियो। तथापि जेठ २ गतेबाट निरन्तर बढ्न सुरु गरेको नेप्से परिसूचक…
शेयर बजारमा दोहोरो अंककाे वृद्धि पुष यताकै उच्च रकमको कारोबार
आर्थिक परिवेश३१ जेठ, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाली शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । यस दिन काराेवारकाे सुरुवातबाट नै लगातार बढेको नेप्सेमा अन्तिम आधा घण्टामा तीव्र उतारचढाव देखिएको थियो । उतारचढाव बीच नेप्से १६.४२ अंकले वृद्धि हुँदा २०३७.०६ अंकमा पुगेको छ । बुधबार नेप्से १० फागुन यताकै उच्च विन्दुमा पुगेको हो । १० फागुनमा २०८०.३८ अंकमा बन्द भएको नेप्से त्यसपछि घटेर १ जेठको ‘इन्ट्रा–डे’ मा १८०७.५३ अंकसम्म झरेर पुनः उकालो लागेको थियो । पछिल्ला ७ कारोबार दिनमा नेप्से लगातार वृद्धि हुँदा नेप्सेमा १३५ अंक भन्दा बढीको वृद्धि भइसकेको छ । ‘इन्ट्रा–डे’ मा नेप्से मंगलबारको क्लोजिङ विन्दुबाट…