शेयर बजार बढेर बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा
आर्थिक परिवेश२७ भदाै, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचक बुधवार ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा कायम भएको छ । यस दिन बजारमा दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको छ । बुधवारको कारोबारमा सबै समूहका उपसूचकहरूमा हरियाली देखिएको छ । जसमध्ये जलविद्युत् समूहको उपसूचक सबैभन्दा धेरै तीन दशमलव ६२ प्रतिशत र वित्त समूहको उपसूचक तीन दशमलव २० प्रतिशतले बढेको छ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर…
नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट
आर्थिक परिवेश२६ भदौ,काठमाडौँ । सोमबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अङ्कको विन्दुमा कायम भएको हो । मंगलवार दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता शेयर २६ हजार तीन सय दुई पटक खरिदबिक्री हुँदा एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यस दिन म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।…
नेपाल धिताेपत्र विनिमय लिमिटेडले ११ वटा धितोपत्र दलाल व्यवसायीलाई सदस्यता प्रदान
आर्थिक परिवेश२० भदौ, काठमाडौं । नेपाल धिताेपत्र विनिमय लिमिटेड (नेपाल स्टक एक्सचेञ्ज )ले ११ वटा धितोपत्र दलाल व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता प्रदान गरेको छ । नेप्सेले नेपाल धितोपत्र बोर्डले १० साउन २०८० मा इजाजत दिएको धितोपत्र व्यवसायी (धितोपत्र व्यापारी तथा धितोपत्र दलाल) कार्य गर्न अनुमतिपत्र प्राप्त कम्पनीलाई सदस्यता प्रदान गरेको हो । नेप्सेले गरिमा सेक्युरिटिज कम्पनीलाई ब्रोकर नम्बर ७८, पाही इन्भेष्टमेन्ट प्रालिलाई ब्रोकर नम्बर ७९, इन्दिरा सेक्युरिटिज प्रालिलाई ब्रोकर नम्बर ८० को धितोपत्र कारोबार सदस्यता प्रदान गरेको हो । यस्तै आकाश भैरव सेक्युरिटिज लिमिटेडलाई ब्रोकर नम्बर ८१, एनएमबी सेक्युरिटिज लिमिटेडलाई ब्रोकर नम्बर ८२ र सानिमा सेक्युरिटिज लिमिटेडलाई ब्रोकर नम्बर ८३ को…
नेपाली सेयर बजारकाे परिसूचक नेप्से आइतबार २९.८१ अंकले घट्याे
आर्थिक परिवेश१७ भदाै, काठमाडाैं । साताको पहिलो दिन काराेबार दिन आइतबार नेपाली सेयर बजारकाे परिसूचक नेप्से २९.८१ अंकले घटेको छ। बजारकाे परिसूचक नेप्से २९.८१ अंकले घटेर १९६०.७८ बिन्दुमा झरेको छ। बजारमा अाइतवार नेप्से परिसूचक घटेकाे भए पनि कारोबार रकम भने अघिल्लाे दिनकाे तुलनामा बढेको छ। आइतबार नेप्सेमा १ अर्ब १८ करोडको कारोबार भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) नेप्सेमा १ अर्ब १० करोडको कारोबार भएको थियो। कारोबारमा आएका मध्ये ८ कम्पनीको सेयरमूल्य बढ्दा २१२ कम्पनीको घटेको छ। ८ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ। आइतबार थ्री स्टार हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन सोल्टी होटलको सर्वाधिक ३ करोड ८८ लाखको…
शेयर बजारमा बुधवार सूचक र रकम पनि घट्याे
आर्थिक परिवेश३१ साउन,काठमाडौं। नेपाली शेयर बजारकाे सूचक बुधबार २०.३१ अंकले घटेको छ। एक प्रतिशतले घटेर नेप्से सूचक २०२५ अंकमा ओर्लिंदा होटल तथा पर्यटन समूहमा भने लगानीकर्ताको आकर्षण बढेको छ। १३ वटै उपसमूहमा गिरावट आएको छ। सात वटा उपसमूह १ प्रतिशतभन्दा धेरैले घटेका छन्। होटल तथा पर्यटन उपसमूह भने ०.०१ प्रतिशत मात्रै घट्यो। गत आर्थिक वर्षको सुधारोन्मुख व्यवसायले चन्द्रागिरी हिल्स र कालिन्चोक दर्शन दुवै कम्पनीको सेयर मूल्य बढेको छ। होटल तथा पर्यटन समूह अन्तर्गतको ब्लू चिप मानिने सोल्टी होटलको मूल्य अन्तिम समयमा बढ्यो। कम्पनीको कारोबार पनि उल्लेख्य भएको छ। मूल्य प्रतिकित्ता ४८ रुपैयाँ घटेको हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै ८ करोड ४१ लाख रुपैयाँको…