बोर्डले ३ वटा धितोपत्र दलाल व्यवसायीलाई दियाे इजाजत
आर्थिक परिवेश

२६ साउन, काठमाडौं ।    नेपाल धितोपत्र बोर्डले ३ वटा धितोपत्र दलाल व्यवसायीलाई इजाजत दिएको छ । बोर्ड सञ्चालक समितिको २४ साउनमा बसेको बैठकले सीमित कार्य गर्ने तीन वटा सेयर ब्रोकरलाई लाइसेन्स दिएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिनु भयाे  । ब्रोकर लाइसेन्स  प्राप्त गर्ने कम्पनीहरूमा जेबीएनएल सेक्युरिटिज कम्पनी, आरबीबी सेक्युरिटिज कम्पनी र सीबीआईएल सेक्युरिटिज कम्पनी रहेका छन् । उनीहरूलाई सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रूपमा इजाजत दिएको हो । धितोपत्र दलाल व्यवसायीका लागि बोर्डमा आवेदन दिएका ४३ कम्पनीलाई बोर्डले पूर्व स्वीकृति दिएको थियो । जसमध्ये ३२ वटा दलाल व्यवसायीले इजाजात पाएको बोर्डका प्रवक्ता श्रेष्ठले बताउनु भयाे …

लगातार तीन दिनसम्म ओरालो लागेको शेयर बजार उच्च अङ्कले बढ्याे
आर्थिक परिवेश

२४ साउन,काठमाडाैं ।  यो साता लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्जको ( परिसूचकमा चौथो दिन भने उच्च अङ्कले वृद्धि भएको छ । बुधवार नेप्से परिसूचक ४१ दशमलव ०६ अङ्कले बढेर दुई हजार ६० दशमलव ९१ बिन्दुमा कायम भएको हो । बुधवार दुई सय ६५ कम्पनीहरुका ५० लाख १० हजार सात सय १८ कित्ता शेयर ७७ हजार पाँच सय एक पटक किनबेच हुँदा एक अर्ब ८८ करोड ८३ लाख २६ हजार बराबरको कारोबार भएको छ । यस दिन म्युचुअल फन्ड शून्य दशमलव ०६ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह…

शेयर बजारको कारोबार उच्च अंकले घटयो
आर्थिक परिवेश

२१ साउन, काठमाडौं ।  साताको पहिलो कारोबार दिन आइतवार नेपाली शेयर बजारको परिसूचक उच्च अङ्कले घटेको छ । आइतवार परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा कायम भएको छ । यस दिन विभिन्न दुई सय ६५ कम्पनीका ८० लाख सात हजार तीन सय ६१ कित्ता शेयरहरु दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार मूल्यमा किनबेच भएका छन् । यस दिन सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय ३७ दशमलव ९६ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ६० अङ्कले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै सानिमा बैंक लिमिटेडको १२…

धिताेपत्र बजारकाे नियामक नेपाल धितोपत्र बोर्डले नीति कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
आर्थिक परिवेश

१४ साउन, काठमाडाै । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले गत वर्ष गरेका समीक्षा गर्नुका साथै  आउने दिनमा गर्ने कार्यक्रमहरू नीति तथा  कार्यक्रम  मार्फत आइतबार सार्वजनिक गरेको हो। बोर्डले आर्थिक वर्ष २०८०/८१ मा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमित तर्फ ४४ कार्यक्रम गरी कुल ४४ कार्यक्रम निर्धारण गरेको जनाएको छ। विकास तर्फ आउने वर्ष गैर आवासीय नेपालीलाई दोस्रो बजारमा खुला गर्न आवश्यक कानुन संशोधन गर्ने जनाएको छ। जुन यस अघिका कार्यक्रममा समेत हुने गरेको थियो। जुन कार्यक्रमले चालु वर्ष पनि निरन्तरता पाएको छ। त्यसैगरि धितोपत्र व्यवसायी का लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका जारी गर्ने…

शेयर बजारमा यो साता परिसूचक घटे पनि कारोबार रकम बढ्याे
आर्थिक परिवेश

१३ साउन, काठमाडौं ।  यो साताको पहिलो कारोबार दिन(आइतबार) बजार ६३.२४ अंकले बढेर २२२७.१६ बिन्दुमा पुगको नेप्से परिसूचक ४ कारोबार दिन ओरालो लाग्दा २१२६.४८ बिन्दुमा झरेको छ । साउन ७ गते सार्वजनिक भएको मौद्रिक नीतिमा ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार घटाइने बताइएको थियो । त्यसपछि निरन्तर चार कारोबार दिन बजार घटेर२१२६.४८बिन्दुमा झरेको छ । गत साताको अन्तिम कारोबार दिन २१६३.९२ बिन्दुमा रहेको नेप्से यो साता १.६५ प्रतिशत अर्थात् ३७.४३ अंकले घटेर २१२६.४८ बिन्दुमा अडिएको छ । गत साताको तुलनामा यो साता परिसूचक घटे पनि कारोबार रकम बढेको छ । गत साता बजारमा १४ अर्ब ४७ करोडको कारोबार भएकोमा…