शेयर बजारमा दोहोरो अंककाे वृद्धि पुष यताकै उच्च रकमको कारोबार
आर्थिक परिवेश

३१ जेठ, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाली शेयर बजार दोहोरो अंकले वृद्धि  भएको छ । यस दिन काराेवारकाे  सुरुवातबाट नै लगातार बढेको नेप्सेमा अन्तिम आधा घण्टामा तीव्र उतारचढाव देखिएको थियो । उतारचढाव बीच नेप्से १६.४२ अंकले वृद्धि हुँदा २०३७.०६ अंकमा पुगेको छ । बुधबार नेप्से १० फागुन यताकै उच्च विन्दुमा पुगेको हो । १० फागुनमा २०८०.३८ अंकमा बन्द भएको नेप्से त्यसपछि घटेर १ जेठको ‘इन्ट्रा–डे’ मा १८०७.५३ अंकसम्म झरेर पुनः उकालो लागेको थियो । पछिल्ला ७ कारोबार दिनमा नेप्से लगातार वृद्धि हुँदा नेप्सेमा १३५ अंक भन्दा बढीको वृद्धि भइसकेको छ । ‘इन्ट्रा–डे’ मा नेप्से मंगलबारको क्लोजिङ विन्दुबाट…

नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, चार अर्बभन्दा बढी कारोबार
आर्थिक परिवेश

३० जेठ, काठमाडाैं ।  यो साता लगातार उकालो लागिरहेको नेपाली शेयर बजारकाे परिसूचक नेप्सेमा मंगलवार उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचक मंगलवार ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको छ। यस दिन कारोबार रकम पनि बढेको छ । विभिन्न दुई सय ७० कम्पनीहरूका एक करोड आठ लाख एक हजार छ सय ९३ कित्ता शेयरहरू चार अर्ब १२ करोड ६६ लाख ९६ हजारमा किनबेच   भएका छन् । मंगलवारकाे कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ भने अरु सबै कम्पनीको मुल्य बढेको छ । यस दिन नेप्सेका सबै समूहको…

शेयर बजारमा चार महिना यताकै सर्वाधिक कारोबार
आर्थिक परिवेश

२८ जेठ, काठमाडौं।  आइतबार शेयर बजारमा ४२.२४ अंकको उतारचढाव आउँदा चार महिना यताकै सर्वाधिक कारोबार भएको छ। आज ३ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको हो । पहिलो शत्रबाटै शेयर बजार उत्साहजनक रुपमा बढ्न थालेपछि कारोबार ह्वात्तै बढेको हो। सूचक ४०.४८ अंक उक्लिएको छ। आइतबार विगत तीन महिना यताको उच्च विन्दु कायम भएकाे छ । यस  दिन  नागरिक लगानी कोषको मात्रै ११ करोड ४७ लाखको शेयरहरूकाे कारोबार भयो। मूल्य १८८.५ रुपैयाँ बढेको छ। यस दिन शिवम् सिमेन्टको १० करोड ८७ लाखको सेयर कारोबार हुँदा मूल्य १५ रुपैयाँ बढेको हो । बजार २ प्रतिशत बढ्दा फाइनान्स समूह सबैभन्दा बढी उक्लियो।…

५६ लाख लगानीकर्ताको सुरक्षामा कसर बाँकी रहदैनः अर्थमन्त्री
आर्थिक परिवेश

 २५ जेठ, काठमाडौं ।  अर्थ मन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले भन्नुभयो– ‘सेयर बजारमा आम मानिसहरुको लगानी र आयआर्जनको माध्यमका रुपमा ठूलो आकर्षण छ । त्यसकारण बोर्डको जिम्मेवारी र दायित्व बढेको छ । ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु यसको दायित्व र जिम्मेवारी हो । यो जिम्मेवारीलाई उच्च महत्व दिएर धितोपत्र बोर्डले काम गर्नेछ । यसलाई अझ उचाइँमा पुर्याउने छ ।’ धितोपत्र बोर्डले नियमनको कामलाई अत्यन्त महत्वका साथ निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउदै डा. महतले शेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित…

सेयर बजारमा गरिने लगानी, प्रबृत्ति ‘शेयरपुर’ सार्वजनिक
आर्थिक परिवेश

२३ जेठ,काठमाण्डौ ।  शेयर बजार र लगानी सम्बन्धि भोगाइ र कल्पनका आधारमा नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व अध्यक्ष नारायण सापकोटाले लेख्नु भएको ‘शेयरपुर’ नामक उपन्यास सार्वजनिक भएको छ । मंगलवार काठमाण्डौमा आयोजित संक्षिप्त कार्यक्रमका बीच आर्थिक पत्रकारहरुले सामुहिक रुपमा पुस्तकको विमोचन गर्नु भएको छ । लामो समय नेपालमा पत्रकारिता गरेका सापकोटा एक दशकयता अमेरिकामा बसोबास गर्दै आउनु भएको छ । नेपालमा छँदा शेयर बजार, बित्त र बैंकिङ सम्बन्धि रिपोर्टिङ गरेका साप्कोटाले अहिले अमेरिकामा त्यहाँको सेयर बजारमा लगानी गर्नु हुन्छ । २६० पुष्ठ लामो उपन्यासमा उहाँले सेयर बजारमा गरिने लगानी, प्रबृत्ति, नाफा÷घाटा, लगानी पछि लगानीकर्ताको मनोविज्ञानका विषयलाई कथानक रुपले पुस्तकमा…