खानीजन्य पदार्थबाट प्राप्त हुने रोयल्टी तत्काल असुल्न सरकारलाई निर्देशन
आर्थिक परिवेश१० जेठ काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने २३ करोड ७७ लाख ८८ हजार बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, एक वर्षभन्दा बढी अवधिसम्म उत्खननबापतको रोयल्टी नबुझाएको र अनुमति पाएकोभन्दा बढी परिमाण उत्खनन गरेको पाइएको छ । साधारण ढुङ्गाको रोयल्टी दर प्रतिघनमिटर २५ तथा नियमबमोजिम ३० प्रतिशत जरिवाना र १० प्रतिशत स्थानीय विकास शुल्कसमेतको रकम असुल गर्न भनिएको छ । खानी तथा खनिज पदार्थ नियमावलीअनुसार, खानीबाट निकालिएको खनिज पदार्थको परिमाणका आधारमा रोयल्टी रकम प्रत्येक महिना समाप्त भएको सात दिनभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ खानी तथा भूगर्भ…
विपक्षीदलकाे विराेधका बीच वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ बहुमतले पारित
आर्थिक परिवेश०७ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई सभाको बहुमतले पारित गरेको हो । यस्तै बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको तीन वटा विधेयकहरू स्वीकृत गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक २०८३, मतदाता नामावली पहिलो संशोधन विधेयक २०८३ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ बैठकको बहुमतले स्वीकृत गरेको हो । विधेयक स्वीकृतको समयमा प्रतिपक्षी दलका सांसदहरुले…
ग्रे लिस्टबाट बाहिर निस्कन सबै उपाय अवलम्बन गरिन्छ अर्थमन्त्री
आर्थिक परिवेश६ जेठ, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट (जुरिसडिक्सन्स् अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताउनुभएको छ। अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा मङ्गलबार भएको एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ (एपीजी) को इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजि) को कार्ययोजना सम्बन्धी छलफलमा उहाँले यस्तो धारणा राख्नुभएको हो । एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा. वाग्लेले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीको नेतृत्वमा नेपाल सरकार मुलुकमा सुशासन स्थापना गरेर विकासमा फड्को मार्न लागिपरेको उल्लेख गर्दै अर्थमन्त्री डा. वाग्लेले जनताको जनमतको एक प्रमुख सन्देश पनि यही…
नवनियुक्त प्रधानन्यायाधीशले शपथ खानु भयाे
आर्थिक परिवेश५ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई आज मङ्गलवार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति थियो । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मङ्गलवार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।
सुकुम्बासी बस्तीबाट विस्थापितलाई प्रतिपरिवार २५ हजार
आर्थिक परिवेश५ जेठ, काठमाडौं । सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनर्स्थापनाका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गर्ने निर्णय पनि गरेकाे छ । विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरेपछि प्रतिपरिवार पुनर्स्थापना खर्चबापत २५ हजार रुपैयाँ एकमुस्ट रुपमा प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । प्रवक्ता पोखरेलले जोखिमयुक्त जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहित गर्न पाँच सदस्य भएको प्रति परिवार राहत रकम १५ हजार प्रति महिनाको प्रदान गरिने जानकारी दिनुभयो…