समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता अर्थमन्त्री महत
आर्थिक परिवेश

१९ चैत्र,काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताउनुभएको छ । उहाँले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले आफू निजी क्षेत्रलाई साथमा लिएर समस्यामा परेको अर्थतन्त्रलाई निकास दिने बताउनुभयो । “तपाईँहरूको मनोबल घट्न दिन्न, तपाईंहरुसँग निरन्तर संवादमा रहन्छु”, उहाँले भन्नुभयो, “मैले अर्थतन्त्र सुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईँबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु ।” सो अवसरमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिङ्गो निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिनुका साथै अर्थतन्त्रको पछिल्लो अवस्थाबारेमा ब्रिफिङ…

नव नियुक्त अथर्मन्त्रीबाट पदबहाली राष्ट्र बैकसंग मिलेर समस्या समाधानकाे पहल गर्ने प्रतिवद्ता  व्यक्त
आर्थिक परिवेश

१७ चैत्र काठमाडौं । ​ नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने प्रतिवद्ता  व्यक्त गर्नु भएकाे छ  । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले मुलुकका देखिएको अर्थतन्त्र समस्याका लागि सम्पूर्ण राज्यसंयन्त्र लाग्ने र समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताएका हुन् । उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अर्थतन्त्रलाई सुधारको बाटोमा लैजाने धारणा राखे । वित्तीय क्षेत्रमा पनि विभिन्न समस्या रहेको भन्दै राष्ट्र बैंकसँग सहकार्य गरेर वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्ने उनको भनाइ छ । मन्त्री महतले मुलुकमा लगानी बढाउनका लागि अन्तर्राष्ट्रिय दातृ निकायसँग सहकार्य गर्ने धारणा राखे । उनले करदातालाई राजस्वको…

माैजुदा मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिबाट नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई शपथ
आर्थिक परिवेश

१७ चैत्र, काठमाडौं।    राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई शुक्रवार  पद तथा गोपनीयताको शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुख, वरिष्ठ सञ्चारकर्मी लगायतको सहभागिता थियो । प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । शपथ…

मन्त्रिपरिषद् विस्तारको विषयमा सैद्धान्तिक सहमति बिहिवार मन्त्रिपरिषद् विस्तारको संभावना
आर्थिक परिवेश

१५ चैत्र, काठमाडौं । सत्ता गठबन्धनका १०  दलको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा सैद्धान्तिक सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारको सन्दर्भमा सैद्धान्तिक सहमति गरेको जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा कांग्रेसलाई आठ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा (एस)लाई दुई–दुई र अन्य दललाई एक–एक मन्त्रालय दिने सहमति भएको र यो विषयमा ठोस निर्णय शीर्ष नेताले गर्ने नेता श्रेष्ठले बताउनुभयो । नेता श्रेष्ठले यसअघिको पाँचदलीय गठबन्धनको सहमतिको आधारमा १० दलको गठबन्धनलाई अगाडि बढाउने विषयमा छलफल भएको बताउनुभयो । उहाँले राष्ट्रिय जनमोर्चाबाहेक नौ दल अबको सरकारमा सहभागी हुने जानकारी दिनुभयो ।…

मन्त्रिपरिषद् बिस्तारलगायतका विषय छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक शुरू
आर्थिक परिवेश

१४ चैत्र, काठमाडौँ । मन्त्रिपरिषद् बिस्तार सरकारकाे साझा नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको बैठकमा सत्ता साझेदार   दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ । बैठकमा मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउने प्रयास गरिने जनाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी हुनुहुन्छ । साथै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ,  राष्ट्रिय जनमोर्चाका…