सी जिनपिङ र जो बाइडेन बीच सानफ्रान्सिस्कोमा भेटवार्ता सम्बन्ध सुधारकाे संकेत
आर्थिक परिवेश

३० कात्तिक, काठमाडौं ।  अमेरिका र चीनका राष्ट्रपतिबीच अमेरिकाकाे क्यालिफोर्नियामा भेटवार्ता भएको छ । अमेरिकाको क्यालिफोर्नियामा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच सनफ्रान्सिस्कोस्थित फिलोली एस्टेटमा भेटवार्ता भएको हो । बाइडेन र सीबीचको यो भेटवार्ता लामो समयदेखिको दुइ देश बीचकाे तिक्तता घटाउन सहयोगी बन्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । भेटवार्ता पछि  पत्रकार भेटघाटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र चीन बीच सैन्य सम्पर्क फेरि स्थापित हुने बताउनु भएकाे  बीबीसीले जनाएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले दुवै देशले संयुक्त रुपमा सही धारणा विकसित गर्नुपर्ने…

अझै २ र ३ महिनासम्म आइपिओ जारी नगर्ने क्रम लम्ब्याउने तयारी रहेको छ : अध्यक्ष हमाल
आर्थिक परिवेश

२९ कार्तिक, काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले हाल मुुलुकको अर्थतन्त्र र धितोपत्र बजारको अवस्थालाई ध्यानमा राखि आइपिओ तथा एफपिओहरुलाई स्वीकृती दिने क्रमलाई केही सूस्त बनाएको छ । बजारमा आइपिओ तथा एफपिओ निष्काशनका लागि आवेदन दिने कम्पनीहरु धेरै रहेको अवस्था हाल रहेको छ । बजारको घटदो अवस्था तथा लगानीर्ताहरुको कमजोर मनस्थिति जस्ता कुरालाई आधार मानेर स्वीकृती प्रदान गर्ने क्रमलाई केही समयका लागि सुस्त बनाएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताउनु भयो । बोर्डले विगत दुई महिनादेखि यो क्रमलाई सुस्त बनाएको र अझै २ र ३ महिना सम्म यस क्रममालाई लम्ब्याउने तयारी रहेको अध्यक्ष हमालले बताउनु भयो । आइपिओ तथा…

भाई मसला तथा अन्य फलफूल गरी झण्डै २ अर्ब बराबरको फलफूल भित्रियाे
आर्थिक परिवेश

२८ कार्तिक , वीरगंज ।    तिहारलाई लक्षित गरी मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय आईसिपीबाट सुख्खा फलफूल, ड्राई फ्रुट्स, भाई मसला तथा अन्य फलफूल गरी झण्डै २ अर्ब बराबरको फलफूल भित्रिएको छ । एकिकृत सुरक्षा जाँच चौकी आईसिपी तथा वीरगंज भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार तिहारलाई लक्षित गर्दै यस नाकाबाट झण्डै  ९५ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ आयात भएको छ । यस अवधीमा केरा, स्याउ, अनार लगायतका फलफूलहरू झण्डै ९० करोड भन्दा बढीको भित्रिएको छ । नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुने गरेको र भाइटिकामा दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा दिने भएकाले…

नेपाल चीन व्यापारिक कोरला नाका साढे तीन वर्ष पछि पुनः सञ्चालनमा
आर्थिक परिवेश

२७, कात्तिक, काठमाडौं ।  मुस्ताङ जिल्लामा  रहेको नेपाल चीन व्यापारिक कोरला नाका साढे तीन वर्ष पछि पुनः सञ्चालनमा आएको छ । कोभिड महामारी सुरु भएपछि २०७६ चैतमा उक्त नाका बन्द गरिएको थियो । सोमबार नेपाली समय अनुसार बिहान १० बजे र चिनियाँ समयअनुसार दिउँसोको पौने २ बजे नेपाल चीन नाका दुईतर्फी खुल्ला भएको हो । नाका रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई स्वागत गरेर चिनियाँ पक्षले नाका खुलेको औपचारिक घोषणा गरेको थियो । प्रमुख जिल्ला अधिकारीसहित, गाउँपालिका अध्यक्ष र स्थानीय  केही व्यक्तीहरू साेमवार तीन वर्ष ७ महिनापछि कोरालानाकाबाट चीनतर्फ प्रवेश गरेर…

संसदीय क्षेत्र विकास कार्यक्रमको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुृननिर्माणमा खर्च गर्ने
आर्थिक परिवेश

२७ कार्तिक, काठमाढौं ।  सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड रुपैयाँ रकममा १ अर्ब ७५ करोड समेत थप गरी विपद् व्यवस्थापन कोषमार्फत भूकम्पपछिको पुर्नस्थापना र पुर्ननिर्माणमा खर्च गर्ने निर्णय गरेकाे छ  । साेमवार प्नधानमन्त्री निवास बालुवाटारमा बसेकाे   मन्त्रिपरिषद बैठकले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय पनि गरेको हो । भूकम्पबाट प्रभावित परिवारको स्वाघोषणा र सम्बन्धित वडाको सिफारिसका आधारमा लाभग्राहीले अस्थायी आवास निर्माण बापत पाउने रकम खाताबाटै प्राप्त गर्न सक्नेछन् । बैठकले नेपालको भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा व्यक्तिको…