औपचारिक चीन भ्रमणका क्रममा कुनै ऋणसम्बन्धी सम्झौता हुँदैन : प्रधानमन्त्री
आर्थिक परिवेश

  १०म‌सिर काठमाडौँ  ।   प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट गर्नुभएको छ । आसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गर्नुभयो । “हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन । चीनसँग हाम्रो लामो र मित्रवत सम्बन्ध छ । दुई देशको मित्रतालाई…

४० मेगावाट बिजुली शुक्रबारबाट बङ्गलादेश निर्यात हुने
आर्थिक परिवेश

  ३० कार्तिक, काठमाडौँ ।   नेपाल विद्युत् प्राधिकरणले अाज शुक्रबारबाट  ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली बििकी गरेकाे  यो पहिलो पटक हो । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले क्षेत्रीय विद्युत् व्यापारमा ऐतिहासिक कोशेढुङ्गा कायम हुन लागेको राससलाई प्रतिक्रिया दिनुभयो । भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबार प्राधिकरणले मध्यान्न विद्युत् निर्यात गर्नेछ । विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको थियो ।…

महासंघले गरयो राजदुतहरुसंग छलफल आर्थिक कुटनीतिमा जोड
आर्थिक परिवेश

२८ कार्तिक, काठमाडौ ।  नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसंग नेपालमा लगानी,पर्यटन निर्यात र आर्थिक कुटनीतिको प्रवद्र्धन जस्ता विषयमा छलफल गरेको छ । छलफलमा सहभागि नवनियुक्त राजदूतहरुले नेपालको अल्पविकसितबाट स्तरोन्नति भएपछि पनि न्युन प्रभाव पर्ने गरि काम गर्न आवश्यक रहेको वताउनुभयो । यसैगरि निजी क्षेत्रको विश्वास आर्जन हुन सके विदेशी लगानी आकर्षित हुने वताउनुहुँदै नेपालको नीजि क्षेत्रसंग सहकार्य गर्ने बताउनु भयो । छलफलमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी,पर्यटन तथा निर्यात प्रवद्र्धनका लागि विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिवद्धता जनाउनु भयो । अध्यक्ष ढकालले महासंघले विदेशी लगानी सहायता…

जलवायु परिवर्तनको समस्या विकसित देशहरूमा आउँदैछ भनेर राष्ट्रसंघले सम्झाइदिनु परयाे : राष्ट्रपति पौडेल
आर्थिक परिवेश

२८ कार्तिक, बाकु अजरबैजान ।   राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा  विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गर्नुभएको छ । उहाँले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशहरूबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गर्नुभएको छ । सोमबारदेखि अजरबैजानको बाकुमा जारी कोप २९ को सम्मेलन अन्तर्गत संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र/सरकार प्रमुखहरूसँग आज यहाँ गर्नुभएको सामूहिक भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो आग्रह  गर्नुभएको हो । “जलवायु परिवर्तनले उत्पन्न समस्या अहिले नेपालजस्ता मुलुकले भोगिरहे पनि पछि विकसित देशमा पनि आउनेछ । यो कुरा राष्ट्र सङ्घमार्फत विकसित देशले बुझुन्, “ राष्ट्रपति पौडेलको भनाई उद्धृत…

नेपालका चार संस्था असोसियो २०२४ डीएक्स पुरस्कारबाट सम्मानित
आर्थिक परिवेश

२५ कार्तिक,काठमाडाै ।   सुचना पविधिसग सम्बन्धीत नेपालका चार संस्था असोसियो २०२४ डीएक्स (ASOCIO 2024 DX) पुरस्कारबाट सम्मानित भएका छन् । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (ASOCIO) को आयोजनामा जापानको टोकियोमा नोभेम्बर ६ देखि ८ सम्म भएको ‘असोसियो डिजिटल शिखर सम्मेलन २०२४’ मा यी संस्थाहरूलाई पुरस्कारबाट सम्मानित गरिएको हो । यसअन्तर्गत इरासफ्ट सोलुसन प्रालिले आउटस्ट्यान्डिङ टेक अर्गनाइजेसन अवार्ड, इन्फोडेभलपर्स प्रालिले डिजिटल गभरमेन्ट अवार्ड, डाइनामिक टेक्नोसफ्ट प्रालिले एडटेक अवार्ड र नेपाल इन्टरनेट फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड प्राप्त गरेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनु भये । असोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधि संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ…