तातोपानी नाकाबाट सर्वसाधारणकाे आवतजावत खुल्ने
आर्थिक परिवेश

१४ भदाै,सिन्धुपाल्चोक ।  महाभूकम्प २०७२ पछि पहिलो पटक मानव आवतजावतका लागि तातोपानी नाका खुला हुने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले ८ वर्षपछि सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो । लामो समय आवतजावत बन्द गरेको उक्त नाकामा चीनले शुक्रवारबाट आवतजावत खुला गर्न लागेको हो । गत मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीहरू बीच भएको बैठकले नाकाबाट स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले नाका खुलाउन नेपालकाे  तर्फबाट गरिने तयारी सबै गरेकाे जानकारी  दिनु भयाे  । २०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा…

स्पष्ट परराष्ट्र नीतिले आर्थिक क्षमता वृद्धि हुन्छ : अर्थमन्त्री डा. महत
आर्थिक परिवेश

१४ भदाै,काठमाडौं ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले  परराष्ट्र सम्बन्धलाई सशक्त ढंगले प्रस्तुत गर्ने क्षमता नेपालले विकसित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीबार इन्स्टिच्युट फर स्टाटेजी एन्ड सोसियो इकोनोमिक रिसर्चले आयोजना गरेको साना राज्यको क्षमतासम्बन्धी गोष्ठीमा नेपालमा नेभिगेटिङ प्रतिस्पर्धा र परराष्ट्र नीतिका प्राथमिकताहरुबारे सम्बोधन गर्दै मन्त्री डा. महतले राज्यको क्षमता, राष्ट्रिय संरचनाको क्षमता, आर्थिक, सामाजिक नीतिलाई सशक्त ढंगबाट कार्यान्वयन गर्ने क्षमताकाे विकासमा पिन जाेड दिनु भयाे । अर्थमन्त्रीले ‘प्रतिस्पर्धाको बीचमा हामीले कसरी हाम्रो प्राथमिकता सेट गर्नुभन्दा अगाडि क्षमता वृद्धि गर्नुपर्ने आवश्यक भएकाेमा जाेड दिनु भयाे  । ‘सानो वा ठूलो देशले आफ्नो देशलाई केन्द्रविन्दूमा राखेर परराष्ट्र नीति सञ्चालन गरेका हुन्छन् ।…

चीनले प्रकाशित गरेकाे नयाँ नक्शाकाे विराेध गर्दाै बालेनकाे चीन भ्रमण स्थगित
आर्थिक परिवेश

१४ भदौ, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो निर्धारित चीन भ्रमण रद्द गर्नु भएकाे छ  । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङतर्फ जाने तय भएको थियो । तर चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गर्नु भएकाे हाे  । ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय  गरेको छु’, सामाजिक सञ्जालमा बालेनले लेखेकाे…

एमसीसी परियोजनाको कार्यान्वयन शुरु ५ बर्षमा सम्पन्न गर्ने पदाधिकारीहरुको प्रतिवद्धता
आर्थिक परिवेश

१३ भदौ, काठमाडौ ।  अमेरिकाको सहयोगमा संचालन हुने मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अर्न्तगतकाे एमसिसि कम्प्याक्ट परियोजना आज भदौ १३ गते बुधबारदेखि कार्यान्वयन शुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गर्नु भयो । यो सँगै पाँच वर्षको समय तोकिएको एमसीसी परियोजना कार्यान्वयनमा आएको हो । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजना अन्र्तगत नेपालमा प्रमुख दुई पूर्वाधारहरु निर्माण गरिने भएकोले त्यसले नेपालको आर्थिक तथा पूर्वाधार क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो । उहाँले एमसीसी कम्प्याक्ट नेपाल आयोजना मार्फत भरपर्दो सडक…

युरोपियन युनियन राजदूत नोना डिप्रेजले गरीन विदाई भेटवार्ता
आर्थिक परिवेश

२२ साउन, काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग युरोपियन युनियन राजदूत नोना डिप्रेजले विदाई भेटवार्ता गर्नु भएको छ । सोमवार मन्त्रालयमा भएको विदाई भेटवार्तामा राजदूत डिप्रेजको कार्यकालमा भएको नेपाल प्रतिको सहयोगको लागि मन्त्रि रिजालले धन्यवाद व्यक्त गर्नु भयो । खासगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित विभिन्न कार्यक्रममा रहेको संलग्नता र सहयोग प्रति मन्त्रि रिजालले प्रशंसा व्यक्त गर्नु भयो । लगानी तथा व्यापारको क्षेत्रमा युरोपियन युनियनले नेपाललाई पुर्याएको सहयोग प्रति विशेष धन्यवाद व्यक्त गर्नु हुदै मन्त्रि रिजालले नेपाल व्यापार एकीकृत रणनीतिको कार्यान्वयनका लागि भविष्यमा युरोपियन युनियनवाट अझ सहयोग प्राप्त हुने अपेक्षा समेत व्यक्त गर्नु भयो । त्यसैगरी…