
भारतले नेपालकाे १० हजार मेगावाट विजुली लैजाने सहमतीपत्रमा हस्ताक्षर नेपालमा ३ हजार ६ सय ८० मेगावाटका आयोजना भारतले बनाउदै
आर्थिक परिवेश१९ पुष, काठमाडौँ । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्व सहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठमा गर्नुभएको भारत भ्रमणका क्रममा सो सन्दर्भमा सहमति भएको थियो । प्रधानमन्त्री दाहालका भारतीय समकक्षी नरेन्द्र मोदीले सोही अवसरमा दीर्घकालीन रूपमा…

अरब संसारमा युएईले आर्थिक प्रतिस्पर्धी राष्ट्रको रूपमा सबैभन्दा बलियो स्थिति निर्माण गरयाे
आर्थिक परिवेश०७ पुष, अबुधाबी। संयुक्त अरब इमिरेट्स अरब मुद्रा कोषद्वारा जारी गरिएको नवीनतम अरब आर्थिक प्रतिस्पर्धा सूचकाङ्कमा शीर्ष स्थानमा पुगेको छ । अरब संसारमा युएईले आर्थिक प्रतिस्पर्धी राष्ट्रको रूपमा सबैभन्दा बलियो स्थिति निर्माण गरेको छ । एएमएफको अरब आर्थिक प्रतिस्पर्धा प्रतिवेदनको सातौं संस्करणमा विशेष जोड दिएको यो विषयले समग्र अर्थव्यवस्था, बढ्दो आकर्षक लगानी वातावरण, र बढ्दो आकर्षण सहित महत्त्वपूर्ण क्षेत्रहरूमा युएईको निरन्तर प्रगतिलाई देखाएको छ । प्रतिवेदनले युएईले सरकारी वित्तीय क्षेत्र सूचकाङ्कमा पनि शीर्ष स्थान सुरक्षित गरेको छ । साथै प्रतिवेदनमा सबै उप-सूचकाङ्कहरूमा उन्नत स्थानका कारण आर्थिक स्वतन्त्रता सूचकाङ्कमा पनि युएई लगानीको वातावरण र आकर्षणका हिसाबले अरब राष्ट्रहरूमध्ये पहिलो स्थानमा परेको…

नेपाल र श्रीलङ्काबीच व्यापार, लगानी वृद्धि, पारस्परिक हित र चासोका विषयमा छलफल
आर्थिक परिवेश०५ पुष,काठमाडौँ । नेपाल र श्रीलङ्काबीच व्यापार तथा लगानी वृद्धिका साथै पारस्परिक हित र चासोका सबै विषयमा छलफल भएको छ । नेपाल–श्रीलङ्का संयुक्त आयोगको आज भएको बैठकमा व्यापार तथा लगानी अभिवृद्धि, दुई देशबीच हवाई सम्पर्क विस्तार, संस्कृति, पर्यटन एवं शिक्षा क्षेत्रमा सहकार्य लगायतका विषयमा छलफल भएकाे छ । छलफलमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई सुदृढ गर्ने तथा क्षेत्रीय सहयोगका साथै बहुपक्षीय मञ्चमा सहकार्य गर्ने सम्बन्धमा विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्र मन्त्री नारायणप्रकाश साउद र श्रीलङ्काली पक्षको नेतृत्व त्यहाँका विदेश मन्त्री…

परराष्ट्र मन्त्रालयकाे सचिवमा पहिलाे पटक महिला नियुक्त
आर्थिक परिवेश२८ मंसिर, काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललाई सचिव पदमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो । बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो छ । आजै दिउँसो प्रधानमन्त्री कार्यालयमा बसेको सरकारको चौमासिक कार्य प्रगति समीक्षा बैठकका सम्बन्धमा सञ्चारकर्मीले साधेको…

उत्सर्जनमा नेपालको भूमिका शून्य भए पनि जलवायु परिवर्तनको हानिकारक असर भोगिरहेको छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश१६ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताउनुभएको छ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट, खडेरीजस्ता जलवायुजन्य सङ्कटबाट नराम्ररी प्रभावित भएका छन् ।” आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै उहाँले विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हाम्रा हिमाललाई यातना दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “तिनीहरूलाई पहिले बचाउनुहोस् ।” जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसिसी)ले दिएको प्रतिवेदनबाट…