राष्ट्रपति पौडेलले युरोपेली देशहरु स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्नु हुने
आर्थिक परिवेश

२७ जेठ, काठमाडाैं ।   राष्ट्रपति रामचन्द्र पौडेल युरोपेली देशहरु स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्नु हुने भएकाे छ। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर राष्ट्रपतिको भ्रमणबारे जानकारी दिएको हो। राष्ट्रपति पौडेल मंगलबार स्वीट्जरल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेकाे छ ।  जहाँ उँहाँले ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागिता जनाउनु हुनेछ। सम्मेलनमा उहाँले समाजिक न्याय सम्बन्धी एक बहस सत्रमा सम्बोधन पनि गर्ने कार्यक्रम रहेकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता समेत गर्ने कार्यक्रम रहेकाे छ। त्यसपछि उहाँ बुधबार जर्मनी प्रस्थान गर्नु हुने भएकाे छ। राष्ट्रपति पौडेल जर्मनीका राष्ट्रपतिको निमन्त्रणमा त्यहाँ जान लाग्नु  भएकाे हाे ।  पौडेलले जर्मनीका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई पाँच अर्ब ५९ करोड  उपलब्ध गराउन बाँकी
आर्थिक परिवेश

२४ जेठ,  काठमाडौँ ।   अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रतिनिधि मण्डलले बिहिवार अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा टिडियान किन्डा नेतृत्वको  टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता गरेको हो । भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी– इसिएफ) अन्तरगतको चौँथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । आइएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई इसिएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो । जसमध्ये यसअघि नै तेस्रो किस्ता निकासा भइसकेको…

एमसीसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट
आर्थिक परिवेश

२२ जेठ, काठमाडाैं ।     मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेट गर्नु  भएकाे छ । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयउका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने उल्लेख गर्नु भयाे  । एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो । परियोजना कार्यान्वयनका क्रममा आउने जमिनको मुआब्जा, वन क्षेत्रको प्रयोगजस्ता समस्या एमसीए नेपालमार्फत…

दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन गर्न अध्यक्ष ढकालकाे आग्रह
आर्थिक परिवेश

२० जेठ, काठमाडौं ।   नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन गर्न आग्रह गर्नु भएको छ । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग भएको भेटमा अध्यक्ष ढकालले नेपालमा बेलायती लगानी आएमा नेपालको आर्थिक विकासमा निजी क्षेत्रले थप योगदान गर्न सक्ने बताउनु भयो । ढकालले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएकोले नेपालमा लगानीका विभिन्न अवसरका बारेमा जानकारी गराउदै जलविद्युत क्षेत्र, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताउनु भयो । भेटको क्रममा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई धन्यवाद ज्ञापन…

भूपू गोर्खा सैनिकको समान पेन्सनलगायतका विषयमा हुने सातौँ चरणको वार्तालाई परिणाममुखी तुल्याउन माग
आर्थिक परिवेश

  १९ जेठ, काठमाडौँ । ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले नेपाल सरकारसँग भूपू गोर्खा सैनिकको समान पेन्सनलगायतका विषयमा हुने सातौँ चरणको वार्तालाई परिणाममुखी तुल्याउन माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सत्याग्रह संयुक्त सङ्घर्ष समिति नेपालका संयोजक भीमबहादुर तावा लिम्बूले आगामी वार्तामा माग सम्बोधन नभएमा सडक आन्दोलन र न्यायालयको ढोका ढकढक्याउन बाध्य हुने चेतावनी दिए । समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले विगतका छवटा वार्तामा कुनमा के भयो र अब कसरी सकारात्मक नतिजा हासिल गर्न सकिन्छ भन्नेमा सरकारबाट आवश्यक वातावरण र पर्याप्त पूर्वतयारीको खाँचो औँल्याए । ब्रिटिस भूपू गोर्खा सैनिकका मागलाई सम्बोधन गर्न बेलायत सरकारसँग आवश्यक परामर्श गर्न प्रतिनिधिसभा…