विश्व बैंकले परिर्वतन गरयाे नेपाल निर्देशक डेभिड सिस्लेन नियुक्त, जर्भोसको बिदाइ
आर्थिक परिवेश०३ असार, काठमाडाै । विश्व बैंकले नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ। डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्न अाउनु भएकाे हाे । अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट सहरी व्यवस्थापन र विपद् जोखिम न्यूीकरणसम्बन्धी व्यवस्थापकका रुपमा कार्यरत हुनुहुन्छ। उहाँ सँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, शहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ। नवनियुक्त निर्देशक डेभिडले नेपाल, माल्दिभ्स र श्रीलंकामा सञ्चालित कार्यक्रमको संयोजन गर्नु हुनेछ।…
विश्वका लगानीकर्तालाई नेपालमा लगानीका लागि अध्यक्ष ढकालकाे आग्रह
आर्थिक परिवेश३० जेठ, काठमाडाै । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनीतिक बजारका कारण लगानीको वातावरण बन्दै गएकाले यसबाट लाभ लिन आग्रह गर्नुभयो । नेपालका रोजगारदाता श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेका र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । सम्बोधनका क्रममा उहाँले सामाजिक सुरक्षा, लैङ्गिक समानता र दिगो…
युराेप भ्रमणका लागि राष्ट्रपति रामचन्द्र पौडेल जेनेभा प्रस्थान
आर्थिक परिवेश२९ जेठ काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाल सरकारका उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा नेपाल सरकारका उच्च अधिकारीहरुले बिदाई गर्नुभयो । राष्ट्रपति पौडेल यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा राष्ट्रपति पौडेल…
१० महिनासम्म करिब १२ खर्ब विप्रेषण रकम भित्रियाे
आर्थिक परिवेश२८ जेठ, काठमाडाै । आर्थिक वर्षको १० महिनासम्ममा करिब १२ खर्ब रुपैया बराबरकाे विप्रेषण रकम नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भए ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव चार प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने…
राष्ट्रपति पौडेलले युरोपेली देशहरु स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्नु हुने
आर्थिक परिवेश२७ जेठ, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल युरोपेली देशहरु स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्नु हुने भएकाे छ। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर राष्ट्रपतिको भ्रमणबारे जानकारी दिएको हो। राष्ट्रपति पौडेल मंगलबार स्वीट्जरल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेकाे छ । जहाँ उँहाँले ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागिता जनाउनु हुनेछ। सम्मेलनमा उहाँले समाजिक न्याय सम्बन्धी एक बहस सत्रमा सम्बोधन पनि गर्ने कार्यक्रम रहेकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता समेत गर्ने कार्यक्रम रहेकाे छ। त्यसपछि उहाँ बुधबार जर्मनी प्रस्थान गर्नु हुने भएकाे छ। राष्ट्रपति पौडेल जर्मनीका राष्ट्रपतिको निमन्त्रणमा त्यहाँ जान लाग्नु भएकाे हाे । पौडेलले जर्मनीका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नुहुनेछ ।