
अरुण तल्लो जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा रकम वितरण सुरु
आर्थिक परिवेश१४ कार्तिक, काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकालाई मुआब्जा दिनका लागि प्रक्रिया अघि बढाएको हो । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले पाँच लाखदेखि ३४ लाखसम्म जग्गाको मूल्याङ्कन गरी वितरण सुरु गरिएको जानकारी दिनुभयो । तल्लो अरुण जलविद्युत् आयोजना बन्ने क्रममा तीन सय ३८ घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन् । जसमा १६ घर पूर्णरुपमा विस्थापित हुनेछन् । आयोजना निर्माणका लागि करिब ६५ दशमलव ९६ हेक्टर निजी जमिन अधिग्रहण गरिनेछ । प्रभावित…

औद्योगिक क्रान्तिमा सुदूरपश्चिमले अब फड्को मार्नेछ उद्योगमन्त्री भण्डारी
आर्थिक परिवेश०७ कार्तिक कञ्चनपुर । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्रान्तिमा सुदूरपश्चिमले अब फड्को मार्ने दाबी गर्नुभएको छ । कञ्चनपुर पुग्नु भएका मन्त्री भण्डारीले बुधबार कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सुदूरपश्चिमको कञ्चनपुरमा दोधाराचाँदनी सुक्खा बन्दरगाह र दैजीछेला औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता दिइनुका साथै चीनसँग जोडिएका दार्चुलास्थित तिङ्कर नाका र बझाङस्थित ताक्लाकोट नाका पुनः सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको बताउनु भयो । उहाँले सुदूरपश्चिममा साना, मझौला तथा ठुला उद्योगहरूको विकास गरी त्यसबाट रोजगारी सिर्जना गर्ने योजना सहित निजी क्षेत्रसँग समेत सहकार्य गरिरहेको सुनाउनु भयो । मन्त्री भण्डारीले बुधबार नै दोधाराचाँदनीस्थित प्रस्तावित…

आगामी तीन साताभित्रमा विद्युत् उत्पादन थाल्ने गरी मर्मत संभारको काम शुरु
आर्थिक परिवेश०३ कार्तिक, काठमाडाैं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आगामी तीन साताभित्रमा विद्युत् उत्पादन थाल्ने गरी मर्मत संभारको काम शुरु भएको छ । आयोजनाको मर्मत संभारको अवस्थाको अवलोकन गर्नका लागि उच्चस्तरीय टोली आयोजनास्थलमा पुगेको छ । स्थलगत अवलोकन पछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मतसम्भार यथाशीघ्र सकेर बिजुली उत्पादन गरिने बताउनु भयो । उहाँले आयोजनामा भएको क्षतिका कारण राज्यले अकल्पनीय घाटा व्यहोर्नु परेको बताउनु भयो । मन्त्री खड्काले आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत् उत्पादन गर्न सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता दोहोर्याउनु भएको उहाँको निजी सचिवालयले जनाएको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले…

विकास आयाेजनाहरूमा प्रक्रियागत ढिलाइका कारण निर्धारित लक्ष्य हासिल नहुने अवस्थाकाे अन्त्य गर्न प्रधानमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश२२असाेज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्को क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा साेमवार विभिन्न मन्त्री र उच्चाधिकारीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट क्षमताको विद्युत् उत्पादन गराउन कानुनी, नीतिगत, संस्थागत एवं प्रक्रियागत सुधारका साथै उत्पादन, पूर्वाधार, व्यापार र वित्तीय स्रोतको व्यवस्थापनका कार्यक्रमलाई छिटो छरितो रुपमा अघि बढाउने निष्कर्ष निकालिएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, मुख्यसचिव एकनारायण अर्याल लगायत सहभागी छलफलमा ऊर्जा र सिँचाइ क्षेत्रका पूर्वाधार विकास आयोजना…

काठमाडाैमा शुरू भयाे हिमालयन इन्टरनेशनल एक्स्पो
आर्थिक परिवेश१७ असाेज , काठमाडौँ । चाड पर्वलाइ लक्षित गरेर नेपाली हस्तकलाका सामग्रीको बजार प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडाैकाे भृकुटीमण्डपमा आजदेखि हिमालयन इन्टरनेशनल एक्स्पोको अायाेजना गरिएकाे छ । ‘ह्याण्डीक्राफ्ट, मेड इन नेपाल, मेक इन नेपाल’ भन्ने मूल नाराका साथ हस्तकलाका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तीन दिने हिमालयन इन्टरनेशनल एक्स्पोको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गर्नु भयाे । उद्घाटन समाराेहलार्इ सम्वाेधन गर्दै उदध्याेग मन्त्री भण्डारीले कृषकले उत्पादन गरेका वस्तुहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनु भयाे । उद्घाटन समारोहमा उहाँले नेपाली कृषकले उत्पादन गरेका हरेक वस्तुको बजारीकरणका लागि वाणिज्य मन्त्रालयबाट छिट्टै कार्यविधि बनाएर खरिद…