परियोजनाहरूको प्राथमिकीकरण गरी सूची अद्यावधिकसहित कार्यान्वयन गर्ने
आर्थिक परिवेश३१ बैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको लगानी बोर्डको बैठकले परियोजनाहरूको प्राथमिकीकरण गरी सूची अद्यावधिकसहित कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको ६२औँ बैठकले २०८१ वैशाखमा सम्पन्न लगानी सम्मेलनका क्रममा लगानी गर्न एवं परियोजनाको सूची तयार गरी बोर्डसमक्ष पेस गर्न उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सार्वजनिक–निजी साझेदारी परियोजना प्राथमिकीकरण समिति गठन गरेको छ । बैठकबाट सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह वा मातहतका सार्वजनिक निकायले सार्वजनिक– निजी साझेदारी तथा निजी लगानीका परियोजनाको कार्यान्वयन गर्न–एकरूपता कायम हुनेगरी आवश्यक कार्यविधि तर्जुमा गरी पेस…
नागरिकलाई आयआर्जनसँग जोड्न स्थानीयस्तरमै रोजगार सिर्जना गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे
आर्थिक परिवेश२८ वैशाख,ढोरपाटन (बागलुङ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गरिने बताउनुभएको छ । आइतवार बागलुङमा आयोजित गण्डकी प्रदेशस्तरीय न्यायिक सम्मेलनमा उहाँले नागरिकलाई आयआर्जनसँग जोड्न स्थानीयस्तरमै रोजगार सिर्जना गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । मुख्यमन्त्री पाण्डेले अब प्रदेशभित्रका पालिकामा बढी उत्पादन हुने वस्तुलाई प्राथमिकता दिएर जनशक्ति परिचालन गरिने बताउनुभयो । “आगामी वर्षदेखि स्थानीय र प्रदेश सरकारको सहकार्यमा नागरिकलाई गाउँमै आयआर्जनसँग जोड्ने कार्यक्रम ल्याउँछौँ, रोजगारी सिर्जना गर्छौं । कुन पालिकामा के उत्पादन हुन्छ त्यसलाई प्राथमिकता दिएर काम गर्ने र जनशक्ति परिचालन गर्ने हाम्रो योजना छ”, उहाँले भन्नुभयो । प्रदेश सरकारले गाउँमा ठूलो लगानी गरेर…
यार्सागुम्बा सङ्कलकहरूका लागि पाटनहरू खुल्ला गरिंदै
आर्थिक परिवेश२५ बैशाख, डोल्पा । डोल्पा जिल्लाका सबै यार्सागुम्बा पाटनहरू यही जेठ ५ गतेदेखि आम सङ्कलकहरूका लागि खुला गरिने भएका छन् । जिल्लाको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णय अनुसार यो निर्णय कार्यान्वयनमा ल्याइने भएको हो। शेर-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले पनि पाटनमा प्रवेशका लागि विशेष सर्तहरू लागू गर्ने निर्णय गरेको छ। समितिका अध्यक्ष नरबहादुर बस्नेतका अनुसार यार्सा सङ्कलन गर्न चाहने व्यक्तिहरूले ‘क’ र ‘ख’ वर्गको पहिचान खुल्ने कागजात अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ। ‘क’ वर्ग: निकुञ्ज क्षेत्रका स्थानीय नागरिक, प्रवेश शुल्क ५००, सय ‘ख’ वर्ग: डोल्पा जिल्लाका अन्य नागरिक, प्रवेश शुल्क २,००० हजार ‘ग’ वर्ग: अन्य जिल्ला…
विद्युत् प्रसारण लाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई
आर्थिक परिवेश१९ बैशाख काठमाडौँ । सरकारले विद्युत् प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने नीति लिएको छ । आज सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा अन्तरदेशीय प्रसारणलाइन निजी क्षेत्रलाई निर्माण गर्न दिन सकिने उल्लेख गरिएको छ । “निजी क्षेत्रको समेत सहभागितामा राष्ट्रिय तथा अन्तरदेशीय उच्च क्षमताका प्रसारण लाइनहरूको विस्तार गरिनेछ । विद्युत् प्रसारण संरचना निर्माण गर्न ‘ट्रान्समिसन’ एवं ‘ह्विलिङ’ चार्ज निर्धारणसहित अन्य आवश्यक नीतिगत र नियामकीय व्यवस्था मिलाइनेछ”, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ । आधुनिक तथा नवीकरणीय ऊर्जामा सबै नागरिकको पहुँच कायम गरिने जनाइएको छ । ‘ऊर्जा विकास मार्गचित्र, २०८१’ कार्यान्वयन गर्न कानुनी, नीतिगत, संस्थागत र…
ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीकाे आग्रह
आर्थिक परिवेश१८ बैशाख, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई पनि आग्रह गर्नुभयो । “पूर्वाधार निर्माण भइसकेको समय भएकाले ढुक्कले लगानी गर्न सक्नुहुन्छ । लगानीका लागि सरकारका तर्फबाट कुनै समस्या पर्न दिइन्न । कोशी प्रदेश पूर्वाधार विकास र सडक सञ्जालसँग जोडिएको छ । लगानी गरेर उत्पादन बजारमा लाने समयसम्म एसियालीस्तरको छ…