व्यापारीले टुक्रा टुक्रा पार्नबाट बचेको एक सरकारी कारखाना
आर्थिक परिवेश

काठमाण्डौ । वीरगंजमा रहेको सरकारी स्वामित्वको कृषि औजार कारखाना सञ्चालनका लागि ३ उपसमिति गठन भै काम शुरु भएको छ । समितिलाई १ महिना भित्रमा प्रतिवेदन वुझाउने जिम्मेवारी दिइएको छ । यो संगै सरकारी स्वामित्वको वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनको प्रक्रिया सुरु भएको छ । कारखाना सञ्चालनका लागि अर्थ मन्त्रालयद्धारा गठित समितिको यही कार्तिक ६ गते वीरगञ्जमा बसेको बैठकले कारखाना सञ्चालनका लागि आवश्यक तयारी अघि बढाउने निर्णय गरेको छ । बैठकले ३० वर्षदेखि बन्द रहेको कृषि औजार कारखानाको सम्पत्तिको लगत तयार गर्ने, सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्ने, र भएका पूर्वाधार, मेसिन औजार मर्मत संभार गर्ने, मेसिनको अवस्था बुझ्न…

आलुका लागि चर्चित मुडे अब किबीका लागि चिनिन थाल्यो
आर्थिक परिवेश

खोटाड । विसं २०६८बाट किबीको व्यावसायिक खेती सुरु गरिएको खोटाड जिल्लामा अहिले अधिकांश क्षेत्रका कृषकले आ–आफ्नो क्षेत्रमा व्यवसायिक फार्म दर्ता गरेर किबी खेती सुरु गरेका छन् । लामो समय विदेश बसेका तथा गाउँमा बेरोजगार बसेका युवा आफ्नो खाली रहेका तथा भाडामा लिएको जग्गामा व्यावसायिक किबी खेती गर्नेको लहर नै चलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाउनुभएको किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ । उहाँले उत्पादन गर्नुभएको किबी दिक्तेलबजार,हलेसी,धरान, काठमाडौँलगायतका ठाउँमा बिक्री हुने गरेको छ । केपिलासगढी गाउँपालिका–१ फेदीका युवा कृषक धनकुमार राईले यसवर्ष करिब चार हजार ५००…

विद्युत निर्यात बढेर १ अर्ब ३० लाख युनिट पुग्यो, ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ आम्दानी
आर्थिक परिवेश

काठमाडौं । हाल नेपालबाट भारतर्फ हुने विद्युतको निर्यात बढेर १ अर्ब ३० लाख युनिट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । त्यसपछि मंगलबारसम्म अर्थात २५ असोजसम्ममा १ अर्ब ३० लाख युनिट विद्युत निर्यात भएको हो । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘ विद्युत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोशेढुंगा हो’, उहाँले भन्नुभयो…

कास्कीका २ तालको पानी पम्प स्टोरेज गरी नेपाल १ सय ५० मेगावाट विद्युत् निकाल्ने
आर्थिक परिवेश

कास्की । नेपालमा पहिलो पटक दुई तालको पानी पम्पिङ गरेर बिजुली निकालिने भएको छ । कास्कीका २ तालको पानी पम्प स्टोरेज गरी नेपाल विद्युत् प्राधिकरणले १ सय ५० मेगावाट विद्युत् निकाल्ने आयोजना अघि सारेको छ । नेपालमै पहिलो पटक पम्पप स्टोरेजमार्फत रामसार सूचीमा समावेश कास्की बेगनास र रुपा तालको पानी पम्प स्टोरेजबाट जलविद्युत निकाल्न प्रक्रियाअघि बढेको हो । कास्कीका ९ तालमध्ये रुपा र बेगनास तालको भौगोलिक बनावट हेर्दा समथर देखिए पनि दुई तालबीचको सतह करिब ६० मिटर तलमाथि छ । बेगनास ताल भन्दा रुपाताल ६० मिटर होचो स्थान रहेको छ । यस्तो अवस्थामा नेपाल विद्युत् प्राधिकरणले बेगनास तालको पानी रुपमा…

४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, मधेश प्रदेशमा सबैभन्दा बढी र कर्णालीमा सबैभन्दा कम विद्युतीकरण
आर्थिक परिवेश

काठमाडौ । नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका  छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन । प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ,२०७९ अनुसार, कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ । विद्युतको पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत पाएका छन् । सबैभन्दा बढी मधेश प्रदेशमा ९९.९५ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ । १ नं प्रदेशमा ९१.२३ प्रतिशत, बागमतीमा ९७.४७, गण्डकीमा ९७.७६…