अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै
आर्थिक परिवेश

१९ कार्तिक,काठमाडौँ ।   पछिल्लाे समय  अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो भने आव २०७८/०७९मा ७२ मेट उत्पादन गरी नौ करोड ६० लाख रूपैयाको  मात्र निर्यात गरिएको थियो । बोर्डले आव २०८०/०८१ को विस्तृत तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ । आव २०७८/०७९मा देशभर ४५० मेट कफीको आयात गरी  ३२ करोड खर्च गरिएकामा आव २०७९/०८० मा  १० करोड रूपैयाको मात्र आयात गरिएको थियो । यो करिब २२ करोडले आयात न्यूनीकरण भएको बोर्डका निर्देशक दिपक खनालले जानकारी दिनुभयो । उहाँले…

धानबालिमा पुगेकाे क्षतिले  यस वर्ष धान उत्पादन कम हुने अनुमान
आर्थिक परिवेश

१९ कार्तिक , काठमाडौँ । करिव धान थन्काउने बेलामा भएकाे बर्षा र बाढी पिहराेकाे कारण धानबालिमा पुगेकाे क्षतिले  यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ । केही दिनयता धानका लागि मौसम अनुकूल देखिएको छ । मुलुकका विभिन्न स्थानमा परेको हल्कादेखि मध्यमसम्मको वर्षाका कारण धानलाई केही असर गरेको मन्त्रालयले जानकारी गराएको छ ।…

व्यावसायिक मौरीपालनबाट बर्सेनि ३५ लाख आम्दानी
आर्थिक परिवेश

१८ कार्तिक, कुश्मा ।    पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाले अहिले व्यावसायिक मौरीपालनबाट बर्सेनि ३५ लाख आम्दानी गर्न थाल्नुभएको छ । कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिनुभएका उहाँ सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित हुनुभएको हो । घर अगाडिको बगैँचामा तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाउनुभएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि समस्यामा पर्नुभएको थियो । सुन्तलामा भविष्य नदेखेपछि उहाँ मौरीपालनतर्फ आकर्षित हुनुभएको हो । विगत २४ वर्षदेखि व्यावसायिक रूपमा मौरीपालन व्यावसाय गर्दै आउनुभएका तिमिल्सिनाले वार्षिक ३५ लाखसम्म आम्दानी हुने जनाउँदै अहिले एक सयभन्दा बढी मौरीका घार रहेका बताउनुभयो । विसं…

कर्णालीको टिमुर अन्तर्राष्ट्रिय बजारसम्म
आर्थिक परिवेश

१७ कार्तिक, सुर्खेत ।   कर्णालीमा उत्पादित टिमुरको माग युरोपबाट आउन थालेको छ । कृषिसँग सम्बन्धित विभिन्न संघ संस्थाले कृषकलाई प्राविधिक तथा आर्थिक सहयोग गरेपछि कर्णालीको टिमुरले अन्तर्राष्ट्रिय बजार पाएको हो । अहिले प्रदेशका सुर्खेत, सल्यान, दैलेख र जाजरकोट लगायतका कृषकले उत्पादन गरेको टिमुरको माग भारतलगायत युरोपेली मुलुकका साथै जापान, दक्षिण कोरिया, अमेरिकाबाट आउन थालेको छ । ती देशका विशेषगरी नेपाली रेस्टुराँ र डिपार्टमेन्ट स्टोरबाट टिमुरको माग आउने गरेको जडीबुटी व्यवसायीले रमेश वलीले बताउनुभयो । अहिले विदेशबाट माग आउन थालेपछि टिमुर खेतीमा संलग्न कृषकसँगै निकासीकर्ता उत्साहित भएका छन् । कर्णालीबाट मात्रै बर्सेनि करिब १५ करोडको टिमुर भारतलगायत विभिन्न तेस्रो मुलुकमा निर्यात…

यो वर्ष जुम्ला  जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन
आर्थिक परिवेश

   १६ कार्तिक, जुम्ला ।  यो वर्ष जुम्ला  जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको छ । यहाँका आठवटै स्थानीय तहको स्याउ विक्रिबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो । जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ । ट्रक, बस, जिप तथा हाइस र जहाजबाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले भन्नुभयो, “बसबाट…