मधेस प्रदेशमा चालू आर्थिक वर्षमा दुई लाख पाँच हजार दुई सय ५१ मेट्रिकटन बढी धान उत्पादन
आर्थिक परिवेश

 २२ मंसिर  जनकपुरधाम ।   मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा भने १२ लाख ९६ हजार छ सय ७ मेट्रिकटन धान उत्पादन भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा दुई लाख पाँच हजार दुई सय ५१ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले बताउनुभयो । रोपाइँ र त्यसपछिको समयमा पानी परेको थियो भने मल र बीउ समयमा नै उपलब्ध भएकाले उत्पादन बढेको उहाँको तर्क छ । गत वर्षको तुलनामा यस वर्षमा पाँच हजार दुई सय हेक्टर बढी जमिनमा धानखेती गरिएको…

सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेर ताेक्याे
आर्थिक परिवेश

 १४ मंसिर,  काठमाडौँ । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेर ताेकेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रति क्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । जस अनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ रकम उखु मिलबाट पाउने छन् । सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकम पछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।…

रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

  ११ म‌सिर काठमाडौँ ।    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिने बताउनुभएको छ । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्व वृद्धि गरेर न्यायोचित वितरण गर्न आफूहरूले नयाँ ढङ्गले काम गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले आफ्नै समयमा देशमा परिवर्तन ल्याउनुपर्ने भएकाले परिवर्तनको भार भावी सन्ततिलाई जिम्मा नदिने बरु त्यसको अनुभूति दिने बताउनुभयो । नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले एमाले गफ गर्नेभन्दा काममा विश्वास गर्ने पार्टी भएकाले जिफन्टकै अग्रसरतामा मुलुकमा सफल मजदुर आन्दोलन भएको र…

कृषि विकास रणनीतिलाई समय अनुकूल परिमार्जन गर्न छलफल
आर्थिक परिवेश

 ०६ मंसिर,  काठमाडौँ ।   कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकूल परिमार्जन गर्न जरुरी रहेको बताउनु भएको छ । कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि आज काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मुलुक सङ्घीयतामा जानू अघि लागु गरिएको रणनीतिलाई सङ्घीयता अनुकूल परिमार्जन गरिनुपर्छ भन्नुभयो । जीविकोपार्जनका लागि कृषि कर्म गर्नेहरूलाई पनि व्यावसायिक कृषिमा ल्याउन सक्ने गरि कृषि विकासको  रणनीति परिमार्जन आवश्यक रहेकोमा  मन्त्री अधिकारीले जोड दिनुभयो । मन्त्री अधिकारीले सङ्घीयता लागू भइसकेपछि कृषिको  प्राविधिक क्षमतामा विकास हुनुपर्ने  अपेक्षा थियो तर किसानले  आवश्यकतामा  समयमै कृषि प्राविधिक पाउन  सकिरहेका छैनन्– भन्नुभयो । कृषि क्षेत्रमा…

कफी उत्पादक संस्था किसान र उद्यमी काठमाडौँमा जुट्दै
आर्थिक परिवेश

 ०४ म‍सिर  काठमाडौँ ।  राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग गर्ने गराइन लागेको हो । कफी सहकारी सङ्घहरूबाट सञ्चालित कफीसम्बन्धी गतिविधिको प्रदर्शनी गर्ने उक्त दिवसमा नेपालको कफी क्षेत्रको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आगामी कार्यदिशा विषयक प्रस्तुतीकरण एवं अन्तक्र्रिया कार्यक्रम गरिने बोर्डका कार्यकारी निर्देशक वेनुपराज प्रसाईँले जानकारी दिनुभयो । कफी उत्पादक संस्था तथा किसान र उद्यमी, जिल्ला कफी सहकारी सङ्घ, प्रारम्भिक कफी सहकारी संस्थालाई विशेष सम्मान र पुरस्कृत गरिने छ…