गण्डकी प्रदेशमा व्यावसायिक कृषि उत्पादनका लागि किसान चक्लाबन्दी खेतीतर्फ आकर्षित
आर्थिक परिवेश०६भदाै, काठमाडाैं । सरकारले कृषिमा अनुदान र प्राेत्साहन का विभिन्न सुविधा दिएपछि गण्डकी प्रदेशका किसानहरू व्यावसायिक कृषि उत्पादनका लागि चक्लाबन्दी खेतीतर्फ आकर्षित भएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० स्थानमा पाँच हजार चार सय ७७ रोपनी जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । गत आवमा मात्र तनहुँ र नवलपुरमा गरी पाँच सय ३२ रोपनी जग्गालाई चक्लाबन्दी गरिएको मन्त्रालयको भूमि स्रोत नक्साङ्क महाशाखाका प्रमुख गङ्गालाल पोखरेलले बताउनुभयो । “लागत अनुमानका आधारमा चक्लाबन्दीका लागि ९० प्रतिशतसम्म अनुदान मन्त्रालयले दिन्छ, १० प्रतिशत लगानी किसान आफैले गर्नुपर्छ”, उहाँले भन्नुभयो, “चक्लाबन्दी खेतीका लागि ५० रोपनीभन्दा बढी जग्गा हुनुपर्छ…
इन्फोडेभलपर्स प्रा. लि र जिल्ला सहकारी संघ, काभ्रे बीच रणनीतिक साझेदारी
आर्थिक परिवेश०५भदौ , काठमाडाैं । विगत २१ वर्षदेखि सहकारीलाई सफ्टवेयर लगायत सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रा. लि र जिल्ला सहकारी संघ, काभ्रे बीच रणनीतिक साझेदारी हुने भएको छ। सानेपास्थित इन्फोडेभलपर्सको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट कर्मचारी निर्देशक प्रविन सुवेदी, राष्ट्रिय सहकारी महासंघका तर्फबाट महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ्ग सुब्बा र काभ्रे जिल्ला सहकारी संघका तर्फबाट कोषाध्यक्ष राजन शाक्यले साझेदारी पत्रमा हस्ताक्षर गर्नु भएकाे छ । सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पुर्याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा संघका कोषाध्यक्ष राजन शाक्यले खुशी लागेको बताए । यसैगरी राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ्ग सुब्बाले साझेदारले…
भदौ १ गते सम्ममा देशभर ९२ प्रतिशत मात्र रोपाइ सम्पन्न अझैपनि रोपाइ जारी
आर्थिक परिवेश०४ भदौ, काठमाडौ । देशभर भदौ १ गतेसम्म ९२ प्रतिशत क्षेत्रफलमा धानको रोपाई सम्पन्न भएको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले यस अवधीमा कर्णाली, सुदुरपश्चिम लुम्बिनी र गण्डकी कोशी प्रदेशमा क्रमश ९९,९९,९५र ९४ प्रतिशत क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको छ । त्यसै गरी यस अवधीमा बाग्मतीमा ९३ प्रतिशत र कोशी प्रदेशमा ९७ प्रतिशत क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ भने मधेश प्रदेशमा सबै भन्दा कम ८२ प्रतिशत क्षेत्रफलमा मात्र र धान रोपाई सम्पन्न भएको छ । यस अवधीमा देशभरको १४ लाख ८८ हजार ४९ हेक्टर धान रोपाइ हुने क्षेत्रफल मध्ये १३ लाख ७५ हजार १ सय ३४ हेक्टर क्षेत्रफलमा…
कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान मात्र १३.४५ प्रतिशत
आर्थिक परिवेश०१ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा मुलुककको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४.१२ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैकले शुक्रवार प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा उद्योग क्षेत्रको योगदान १३.४५ प्रतिशत भएको देखाइएको छ । गत आर्थिक बर्षमा कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान भने ६२.४३ प्रतिशत पुगेको छ । गत आर्थिक बर्षमा कृषि क्षेत्रको वृद्धि २.७३ प्रतिशत,उद्योगक्षेत्रको ०.५९ प्रतिशत र सेवा क्षेत्रको वृद्धि २.३३ प्रतिशत रहने अनुमान राष्ट्र बैकले गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा मुलुकको आर्थिक वृद्धि उत्पादकको मूल्यका आधारमा १.८६ प्रतिशत रहने अनुमान गरिएको छ । आर्थिक…
१२ साउनसम्म कुल धान रोपाइँ हुने भू-भागमध्ये ७७ प्रतिशतमा मात्र राेपाइँ
आर्थिक परिवेश१५ साउन, काठमाडौं । देशभर ७७ प्रतिशत धान रोपाइँ सकिएको छ । १२ साउनसम्म नेपालमा कुल धान रोपाइँ हुने भू-भागमध्ये ७७ प्रतिशत भू-भागमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गत वर्षको यही अवधिमा ९० प्रतिशत भू-भागमा धान रोपाइँ भएकोमा चालुआर्थिक वर्षमा ढिला गरी मनसुन सुरु भएको र मनसुन सुरु भएपनि पर्याप्त वर्ष नहुँदा धान रोपाइँ कम भएको हो । नेपालमा कुल १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको मन्त्रालयले जनाएको छ । जसमध्ये १२ साउनसम्म १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । प्रदेशगत रुपमा सुदूरपश्चिम प्रदेशमा…