चामलको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा : एफएओ
आर्थिक परिवेश

२३ भदौ, पेरिस, फ्रान्स।  प्रमुख निर्यातक भारतले केही धानको विदेशी बिक्रीमा प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा विश्वव्यापी धानको मूल्य १५ वर्षयताकै उच्च बिन्दुमा पुगेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले शुक्रबार जनाएको छ । एफएओले एक मासिक प्रतिवेदनमा भनेको छ, “अगस्टमा विश्वव्यापी खाद्य पदार्थको मूल्यमा कमी आए पनि चामलको मूल्य अघिल्लो महिनाको तुलनामा ९.८ प्रतिशतले बढेको छ । जसले भारतले इन्डिका सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारमा आएको अवरोधलाई प्रतिबिम्बित गर्दछ ।” संयुक्त राष्ट्र एजेन्सीले भनेको छ, “प्रतिबन्धको अवधिको बारेमा अनिश्चितता र निर्यात प्रतिबन्धहरूको चिन्ताको कारण आपूर्ति–श्रृङ्खलामा प्रमुख निर्यातकहरूले भण्डारणलाई बलियो बनाउन, पुनः वार्ता गर्न वा मूल्य प्रस्तावहरू गर्न बन्द सम्झौताहरू…

कन्याममा चिया चाख्ने अनुसन्धान केन्द्र निर्माण
आर्थिक परिवेश

२१ भदाै, इलाम ।  इलामको सूर्योदय नगरपालिका कन्याममा ’टी टेस्टिङ्’ अनुसन्धान केन्द्र निर्माण भएको छ । कन्याममा ’टी टेस्टिङ्’ सहितको अनुसन्धान केन्द्र निर्माण भएपछि चिया क्षेत्रमा लामो समय देखी सक्रिय किसान उद्योगी र यस बारेमा अध्ययन अनुसन्धान गर्न चाहने सबैलाई राहत मिलेको छ । अब भौतिक संरचना पूर्णरूपमा तयार भएको छ । तयार भएको भवनहरू एउटै कमाउण्ड भित्र ५ वटा बल्क रहेका छन् जहाँ प्रशासन कक्ष चियाको टेस्टिङ तथा खरिद बिक्री कक्ष, चियाको अध्ययन अनुसन्धान कक्ष, चियाका विभिन्न कुराको संग्राहलय, सभाहल र ११ वटा कोठा रहेको सुविधा सम्पन्न गेष्ट हाउस पनि रहेको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको…

बाह्रैमास सिँचाइ हुने क्षेत्र भनेको १७/१८ प्रतिशतभन्दा धेरै छैन : कृषि मन्त्री
आर्थिक परिवेश

१७ भदौ, काठमाडौं ।  कृषि तथा पशुपक्षी विकास मन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रको सबैभन्दा ठूलो सिँचाइको समस्या चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आयोजना गरेको कार्यक्रममा कृषि मन्त्री भुषालले कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्याको रुपमा सिँचाइको असुविधा नै रहेको बताउनु भयो । मन्त्री भुषालले हालसम्म ४८ प्रतिशत जमिनमा मात्रै सिँचाइ भएको र त्यो पनि बर्खा आसपासमा मात्रै, बाह्रैमास सिँचाइ हुने क्षेत्र भनेको १७÷१८ प्रतिशतभन्दा धेरै नभएको उल्लेख गर्नु भयो । उहाँले सबैभन्दा पहिला सिँचाइको व्यवस्थापन गरेपछि मात्रै उन्नतशील बीउको विकास गर्ने, मलको अभाव पूरा गर्ने, यान्त्रिकीकरणमा जाने, बजारको व्यवस्थापन गर्ने र आधुनिकीकरणमा जान…

चिया श्रमिकले चिया बगान र प्रशोधन कारखानाको काम बन्द गर्ने
आर्थिक परिवेश

१७ भदाै,भद्रपुर, झापा ।  पूर्वी नेपालका चिया श्रमिकले भोलिदेखि चिया बगान र प्रशोधन कारखानाको काम बन्द गर्ने भएका छन् । ज्याला वृद्धि गर्नुपर्ने प्रस्ताव चिया उद्योगीले अस्वीकार गरेपछि श्रमिकले बगान र प्रशोधन कारखानाको काम बन्द गर्ने घोषणा गरेका हुन् । आज नेपाली कांग्रेस झापा जिल्ला पार्टी कार्यालयमा जिल्लाका चिया श्रमिक र श्रमिक नेताहरूको भेलाबाट सम्पूर्ण चिया बगान बन्द गर्ने निर्णय गरिएको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका राष्ट्रिय संयोजक सन्तकुमार राईले जानकारी दिनु भयो । ज्याला वृद्धिको माग गर्दै झापालगायत पूर्वी नेपालका चिया श्रमिकहरू विगत दुई महिनादेखि आन्दोलनरत छन् । उनीहरूले भदौ ७ गतेदेखि नै बन्दको कार्यक्रम घोषणा गरेका…

कृषि उत्पादनमा क्रान्ति नभएसम्म मुलुकको परिवर्तन सम्भव छैन : प्रधानमन्त्री
आर्थिक परिवेश

१० भदाै, काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनमा क्रान्ति नभएसम्म मुलुकको परिवर्तन सम्भव नरहेको बताउनु भएको छ । पार्टी  केन्द्रीय कार्यालय पेरिस डाँडामा हरियाली प्राकृतिक कृषि अभियानले आयोजना गरेको केन्द्रीय कार्यशाला गोष्ठीको उद्घाटनमा प्रधानमन्त्री दाहालले कृषि उत्पादनमा देखिने गरी परिवर्तन गर्नुपर्ने बताउनुभयो । कार्यशाला गोष्ठीमा ३४ जिल्लाबाट प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ । प्रधानमन्त्री दाहालले भन्नुभयो, “हरित अभियानको अर्थपूर्ण र दीर्घकालीन रणनीतिक महत्त्व छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियानका रूपमा यो अभियानलाई सुरु गरिएको हो ।” सो अवसरमा हरियाली प्राकृतिक कृषि अभियान चलाउन…