नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाण्डौमा सम्पन्न
आर्थिक परिवेश३० जेठ , काठमाण्डौं । “स्वच्छ र स्वस्थ आहार एवं दिगो खाद्य प्रणालीका लागि खाद्य विज्ञान र नवप्रवर्तन“ मूल नाराका साथ आयोजना गरिएको नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाण्डौमा सम्पन्न भएको छ । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (नेफोस्टा), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार धरान,फिड द फ्युचर फुड सिस्टम फर न्युट्रेसन इनोभेसन ल्याब एट टफ्ट युनिभर्सिटीको संयुक्त आयोजनामा जेठ २९ सोमबारदेखि सुरु भएको थियो । नवौं खाद्य विज्ञान तथा प्रविधि सम्मेलन तथा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध्यक्ष अतुल उपाध्यायले नेपालले विश्व खाद्य प्रणाली शिखर सम्मेलनमा जाहेर गरेका प्रतिवद्धता प्राप्त गर्न…
थोरै सहकारीकाे बदमासीले राम्रा सहकारीहरु पनि समस्या
आर्थिक परिवेश२४ जेठ काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले केही सहकारीमा आएको अनुशासन हिनताले सम्पूर्णसहकारीलाई शंकाको दृष्टिले हेरिएको बताउनु भएको छ । थोरै सहकारी संस्थाले गरेको बदमासीको कारण सदस्यले सबै सहकारीमाथी अविश्वास गर्दा राम्रा सहकारीहरु समस्यामा परेको सचिव रेग्मीले बताउनु भयो । गतल काम गर्ने सहकारीलाई संघ, महासंघले संरक्षण दिने भन्दा पनि कारबाहीको लागि प्रकृया अगाडि बढाउन सहयोग गर्न सचिव रेग्मीले आग्रह गर्नु भयो । बुधबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र संघीय सहकारी विभागले संयुक्त आयोजनामा भएको कार्यक्रममा सचिव रेग्मीले गलत काम गर्नेलाई कारबाही गर्दा संघ, महासंघले साथ दिनु पर्नेमा जोड दिनु भयो…