स्थानीय उत्पादनलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने तयारी छः अर्थमन्त्री
आर्थिक परिवेश

३२ जेठ,काठमाडौं ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताउनुभयो । बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायी कृषक संघ, म नेपाली किसान लगायत कृषकहरुसंगको सामूहिक भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो –‘ज्येष्ठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन…

नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुने
आर्थिक परिवेश

३१ जेठ,काठमाण्डौ । नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुने भएको छ । सम्मेलन २–५ असारसम्म काठमाडौं नयाँ बजारमा हुने भएको हो । नेपाल कफी व्यवसायी महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युरोपियन युनियनको सहयोगमा सञ्चालित व्यापार तथा लगानी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त सम्मेलन तथा प्रदर्शनीको आयोजना गर्न लागिएको हो । नेपाली कफीको माग स्वदेशी तथा विदेशी बजारमा व्यापक रूपमा बढ्दै गए पनि यसको उत्पादन तथा निर्यात बढाउन नसकिएको अवस्थामा यस क्षेत्रको समग्र…

नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाण्डौमा सम्पन्न
आर्थिक परिवेश

३० जेठ , काठमाण्डौं । “स्वच्छ र स्वस्थ आहार एवं दिगो खाद्य प्रणालीका लागि खाद्य विज्ञान र नवप्रवर्तन“ मूल नाराका साथ आयोजना गरिएको नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाण्डौमा सम्पन्न भएको छ । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (नेफोस्टा), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार धरान,फिड द फ्युचर फुड सिस्टम फर न्युट्रेसन इनोभेसन ल्याब एट टफ्ट युनिभर्सिटीको संयुक्त आयोजनामा जेठ २९ सोमबारदेखि सुरु भएको थियो । नवौं खाद्य विज्ञान तथा प्रविधि सम्मेलन तथा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध्यक्ष अतुल उपाध्यायले नेपालले विश्व खाद्य प्रणाली शिखर सम्मेलनमा जाहेर गरेका प्रतिवद्धता प्राप्त गर्न…

थोरै सहकारीकाे बदमासीले राम्रा सहकारीहरु पनि समस्या
आर्थिक परिवेश

२४ जेठ काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले केही सहकारीमा आएको अनुशासन हिनताले सम्पूर्णसहकारीलाई शंकाको दृष्टिले हेरिएको बताउनु भएको छ । थोरै सहकारी संस्थाले गरेको बदमासीको कारण सदस्यले सबै सहकारीमाथी अविश्वास गर्दा राम्रा सहकारीहरु समस्यामा परेको सचिव रेग्मीले बताउनु भयो । गतल काम गर्ने सहकारीलाई संघ, महासंघले संरक्षण दिने भन्दा पनि कारबाहीको लागि प्रकृया अगाडि बढाउन सहयोग गर्न सचिव रेग्मीले आग्रह गर्नु भयो । बुधबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र संघीय सहकारी विभागले संयुक्त आयोजनामा भएको कार्यक्रममा सचिव रेग्मीले गलत काम गर्नेलाई कारबाही गर्दा संघ, महासंघले साथ दिनु पर्नेमा जोड दिनु भयो…