कर्णालीको टिमुर अन्तर्राष्ट्रिय बजारसम्म
आर्थिक परिवेश

१७ कार्तिक, सुर्खेत ।   कर्णालीमा उत्पादित टिमुरको माग युरोपबाट आउन थालेको छ । कृषिसँग सम्बन्धित विभिन्न संघ संस्थाले कृषकलाई प्राविधिक तथा आर्थिक सहयोग गरेपछि कर्णालीको टिमुरले अन्तर्राष्ट्रिय बजार पाएको हो । अहिले प्रदेशका सुर्खेत, सल्यान, दैलेख र जाजरकोट लगायतका कृषकले उत्पादन गरेको टिमुरको माग भारतलगायत युरोपेली मुलुकका साथै जापान, दक्षिण कोरिया, अमेरिकाबाट आउन थालेको छ । ती देशका विशेषगरी नेपाली रेस्टुराँ र डिपार्टमेन्ट स्टोरबाट टिमुरको माग आउने गरेको जडीबुटी व्यवसायीले रमेश वलीले बताउनुभयो । अहिले विदेशबाट माग आउन थालेपछि टिमुर खेतीमा संलग्न कृषकसँगै निकासीकर्ता उत्साहित भएका छन् । कर्णालीबाट मात्रै बर्सेनि करिब १५ करोडको टिमुर भारतलगायत विभिन्न तेस्रो मुलुकमा निर्यात…

यो वर्ष जुम्ला  जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन
आर्थिक परिवेश

   १६ कार्तिक, जुम्ला ।  यो वर्ष जुम्ला  जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको छ । यहाँका आठवटै स्थानीय तहको स्याउ विक्रिबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो । जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ । ट्रक, बस, जिप तथा हाइस र जहाजबाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले भन्नुभयो, “बसबाट…

कृषिमा आत्मनिर्भर हुने गरी सरकारले काम अघि बढाएको छ : कृषिमन्त्री
आर्थिक परिवेश

१० कार्तिक,काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा आत्मनिर्भर भइ अर्थतन्त्रको विकासमार्फत देशलाई गरिवीबाट मुक्त गर्न सरकार प्रयासरत रहेको बताउनु भएको छ । नेपाल चेम्बर अफ कमर्सको जडिवुटी तथा बनजन्य समितिद्धारा आयोजित कार्यक्रममा नेपालको कृषि विकासमा सरकारको १० बर्षे लगानी नीति, आत्मनिर्भर कृषिको सम्भावना र चुनौतीबारे निजी क्षेत्रका प्रतिनिधी सहित छलफलमा कृषिमन्त्री अधिकारीले पहिलो चरणमा कम्तिमा जिविकोपार्जन हुने गरी कृषिखेती गर्नका लागि सरकारले सहजीकरण गर्ने बताउनुभयो । मन्त्री अधिकारीले कृषि क्षेत्रमा आश्रित नागरिकको संख्या बढाएर बाँझो जमिनलाई खेतियोग्य बनाउन आफुले प्रयास गरिरहेको बताउनु भयो । कृषि क्षेत्रमा सरकारले दिने अनुदान र सहुलियतपूर्ण ऋण बास्तविक कृषकले पाउने गरी व्यवस्था…

माैसमकाे चार महिनाकाे प्रक्षाेपण हिउँदे बर्षा सरदर भन्दा बढी हुने
आर्थिक परिवेश

२२ असाेज, काठमाडौँ ।   जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ । अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको आकलन सार्वजनिक गरिएको विभागकी सूचना…

नेपालमा उत्पादित तरकारी  पहिलाे पटक कतारमा निर्यात सुरु
आर्थिक परिवेश

२७ भदाै, काठमाडौँ । नेपालमा उत्पादन गरिएको तरकारी  पहिलाे पटक बिहिवारबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेका छौँ ।” यसैगरी कृषि विभागका महानिर्देशक डा नरहरीप्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताउनुभयो । ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत…